२ असोज, नुवाकोट । जेन-जी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा बुधबार बट्टार बजारमा दीप प्रज्वलन गरिएको छ ।
जेन-जी आन्दोलनका अगुवा पूर्णमान कुमार श्रेष्ठले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताए । साथै आन्दोलन विद्रोहको उपलब्धी रक्षा गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा आन्दोलनका प्रतिनिधीहरुको मात्र सहभागिता रहेको थियो ।
जेन-जीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए ।
आन्दोलनका क्रममा हालसम्म नुवाकोटका दुईसहित ७३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया