१० भदौ, विदुर । नुवाकोट र रसुवामा ११ हजार ४४८ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाईएको छ ।
भदौ १ गतेदेखि ७ गतेसम्म भएको साताव्यापी अभियानमा पशुचौपायालाई उक्त खोप लगाइएको पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटका सात हजार ७२४ र रसुवाका तीन हजार ७२४ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाईएको छ ।
खोप अभियानमा ८३ जना भ्याक्सिनेटरलाई खटाईएको थियो ।
प्रतिक्रिया