sujim advert

नेवारी संस्कृति टाकटुके संरक्षणमा महिला समूह

सुनील श्रेष्ठ     भदौ १७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

taaktuke jatra trishuli bazar nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट जिल्लाको त्रिशूलीका नेवार समुदायले मनाउने परम्परागत जात्रा मध्ये एक हो – टाकटुके । कृष्णाष्टमीको अवसरमा मनाईने टाकटुके जात्रा नेवार समुदायमा रहेको परम्परागत बाजा र भेषभुषाको प्रर्दशन गरिन्छ।

विदुर नगरपालिका त्रिशूलीका दुई महिला समुह नेवार समुदायको संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो संस्कार संस्कृति नयाँ पुस्तालाई सिकाउने तथा पुस्ता हस्तान्तरण गदै सोको जगेर्नाका लागि दक्षिणकाली महिला र बजरंगबलि महिला समुह नेवार समुदायको संस्कृतिको रुपमा धाः बाजा बजाउँदै नाचिने टाकटुके नाचलाई निरन्तता दिने अभियानमा सक्रिय भएर लागेका छन् ।

शनिबार साँघु बजार (त्रिशूली)को गणेश मन्दिरदेखि टाकटुक खेल्दै, नाच्दै सुरु हुने जात्रा स्थानीय क्षेत्र परिक्रम गरी ढुंगेमा रहेको महादेवस्थानसम्म पुग्ने गर्दछ ।

जात्रामा बालकदेखि वृद्धवृद्धासमेतको सहभागिता रहेको थियो । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पनि नाचमा सहभागिता जनाएका थिए । जात्रा हेर्न आएका विदुर, कोलेनी, बट्टार लगायतका अन्य स्थानका दर्शकहरुले पनि टाकटुके खेलेका थिए ।

पहिलेको तुलनामा अहिले महिलाहरुको बढी मात्रामा सहभागिता रहने र नाच्ने गरेको स्थानीय अजय शाक्यले बताए । जात्रामा पुरुषहरु जात्राको पङ्क्ति मिलाउने, बाजा बजाउने र भोजभतेर व्यवस्थापनमा लाग्ने गरेको उनले बताए ।

वि.सं २०२२ सालमा साँघु बजारमा मनाईएको टाकटुके नाच । फोटोः नारायण श्रेष्ठ ।

परापूर्वकालदेखि सुरु भएको टाकटुके नाच नेवारी लोकगीतको लयमा नाच्ने गरिएको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए । भोटजाने कालखण्डको वर्णन समेत रहेको उक्त गीतमा घरपरिवारको सदस्य, रहनसहन र खानपानको समेतको चर्चा रहेको मार्मिक कथालाई उठान गरिएको उनले बताए ।

“टाकटुके जात्रा पहिले पुरुषवर्गले व्यवस्थापन गर्थ्यो”, दक्षिणकाली महिला समुहका सचिव शान्ति श्रेष्ठले भनिन् “केहि वर्ष स्थगन भएको नाचलाई विगत २७ वर्षदेखि दुई महिला समुहले व्यवस्थापनको साथै निरन्तरता दिदैं आईरहेकाका छौं” ।

जात्रामा राधाकृष्ण, व्यङ्ग्यात्मक र मनोरञ्जनसहित मनाउने भएतापनि जात्रालाई गाईजात्रासँग जोडेर अन्य जातीय समुदायको भेषभुषा र समुदाय पनि समावेश भइ नाच्ने गरिएको श्रेष्ठले बताईन् ।

जात्राको सम्पूर्ण व्यवस्थापन गर्ने दक्षिणकालीमा २४ जना र बजरंगबलिमा २८ जना महिला सदस्यहरु छन् । दुई समुहले स्थानीयस्तरमै आर्थिक संकलन गरी जात्रालाई आवश्यक सामाग्री र भोजको व्यवस्थापन गर्दै आईरहेको दक्षिणकाली महिला समूहका अध्यक्ष अञ्जु शाक्यले जानकारी दिईन् ।

दुई लट्ठी जुदाउँदा जुन ट्वाक्क आवाज निस्कन्छ त्यसलाई प्रेमको प्रतिफलसँग तुलना गरिएको छ । यसलाई पुरुष र नारीको मिलनपछि आनन्दको रुपमा पनि लिने गरेको पाईन्छ । बिहे गरेर चेली माईतमा आएर यस जात्रामा नाच्ने गरेको कथन छ ।

गाँठेमंगल अर्थात घण्टाकर्णको पुजाका दिनदेखि शुरु हुने यो मेला अन्तरगत टाकटुके, गाईजात्रा, रोपाई जात्रा, हात्ती नाच र कृष्ण जन्माष्टमीमा कृष्ण जन्माई कंश अर्थात लाखे मारेपछि जात्रा सकिन्छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top