२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

लम्पी स्किन रोगबाट २९२ भन्दा बढी चौपाया मरे

सुनील श्रेष्ठ     असार २७ २०८० १९:३२

Lumpy skin disease nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोटका १२ वटै स्थानीय तहमा लम्पी स्किन तीव्र गतिमा फैलिएको छ। एक लाख २० हजार गाई र गोरुको तथ्यांक रहेको नुवाकोटमा अहिलेसम्म ११ हजार भन्दा बढी पशुचौपाया संक्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा कुल २९२ चौपाया मरेका छन् । क्याप्री पक्स भाइरसको कारणले संक्रमण हुने यस किसिमको रोग फैलिएसँगै जिल्लामा लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार भने जिल्लामा छ हजार एक चौपाया सङ्क्रमित भएको तथ्यांक छ भने एक सय ७८ गाई मरेको छ । चार हजार आठ सय २५ गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाई सकेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भरत पाण्डेका अनुसार जिल्लामा संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको बताएका छन्। दिनहुँ लम्पी स्किन रोगकाकारण गाईवस्तुहरु सङ्क्रमित भइरहेका छन् । अहिलेसम्ममा जिल्लामा गाई, गोरु र भैसीं गरी करिब ११ हजारभन्दा बढी चौपाया सङ्क्रमित भइसकेको उनले जानकारी दिए । स्थानीय तहले पनि यकिन तथ्यांक नपठाउँदा र दिनहुँ यस रोगबाट सङ्क्रमित हुने चौपायाको संख्या बढ्नेक्रम रहेकोले पूर्ण तथ्यांक यकिन गर्न कठिनाई भएको उनले बताए ।

“यो रोगको लागि भेटेनरीले कुनै पनि औषधि प्राप्त भएको छैन” उनले भने “जिल्लामा सञ्चालित निजीस्तरीय भेटेनरीले उपलब्ध गराउँदै आईरहेको छ भने कोहि किसानले काठमाडौंबाट ल्याई पशुचौपायाको उपचार गरिरहेका छन् ।” लम्पी स्किन रोगकाकारण बिरामी भएका गाईको दुध खान हुन्छ तर दुधलाई अधिक मात्रामा उमालेर खाँदा मानिसमा नपर्ने सल्लाह दिए ।

विदुर नगरपालिकामा लम्पी स्किन रोगकाकारण एक हजारभन्दा गाईवस्तु सङ्क्रमित भएको पशु शाखाका प्रमुख विष्णुप्रसाद रिजालले जानकारी दिए । “लम्पी स्किन रोगकाकारण गाई मर्नेको क्रम रोकिएको छैन”, उनले भने “हालसम्म करिब दुईसयभन्दा बढी गाई मरिसकेको छ । अवस्था भयाभय बन्दै गईरहेको छ ।” सङ्क्रमित गाईको उपचारमा जटिल बन्दै गईरहेको छ । बिरामी गाईको घाउमा किरा पर्ने, घाउ निको नहुने समस्याले उपचारमा जटिलता थपेको उनले बताए ।

यसैगरी बेलकोटगढी नगरपालिकामा ६० चौपाया मरेको पशु शाखाका प्रशान्त राईले जानकारी दिए । किसानले पालिका वा प्राविधिकलाई जानकारी गराए मात्र अभिलेख राख्ने गरिएको बताए । शाखाबाट खटिगएका प्राविधिकले नगरका वडा नम्बर ६, ७, १०, १२ र १३ क्षेत्रका दुईसय किसानका ७५० चौपायालाई खोप लगाएको जानकारी दिए । जसमा वडा नम्बर १२ र १३ मा बढी गाई, गोरु र भैसीं सङ्क्रमित रहेको बताए ।

म्यागङ गाउँपालिकाका ८४० चौपाया सङ्क्रमित भएको छ । जसमा ३२ गाई र गोरु मरेको पशु शाखाका प्रमुख सुदर्शन सापकोटाले जानकारी दिए । पालिकाका कृषकहरुको १५० चौपायामा खोप लगाईए तापनि ६० प्रतिशतमा लम्पी स्किनको लक्षण देखिएकोले किसानले पनि आफ्नो वस्तुभाउलाई खोप लगाउन नमानेपछि खोप लगाउने कार्य बन्द गरिएको उनले बताए । पहिले दिनहुँ २० को हाराहारीमा चौपाया सङ्क्रमित हुने देखिएकोमा अहिले १२ वटा चौपायामा देखा पर्न थालेको उनले जानकारी दिए ।

नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ। शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो। नियन्त्रणको लागी उपचार थालिएपनि समस्या समाधान भएको छैन।

यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटरभन्दा ठूलो) देखिने, १ सय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छ । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छ । उड्ने किराले संक्रमण फैलाउने गरेका छन् । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ। यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ । 

लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्ने विशेषज्ञ बताउँछन् ।

भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो । 

लम्पी स्किन रोगबारे बारम्बार सोधिने प्रश्नहरु

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top