२०८१, १६ बैशाख आईतवार

कोरोना भाईरस: संक्रमणबाट पूर्ण सतर्कता अपनाई समाचार संकलन गर्न पत्रकारलाई आग्रह

    चैत्र ८ २०७६ १८:१४

corona hand sanitizer use journalist nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले नोवेल कोरोना (कोभिड-१९) को संक्रमण फैलिइरहेको अवस्थामा समाचार  सङ्कलनमा पत्रकारले अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना गरेको छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटका जिल्ला अध्यक्ष कपिलदेव खनालले जिल्लास्थित सम्पूर्ण पत्रकारहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिहेको कोरोना भाईरसको संक्रमणबाट पूर्ण सतर्कता अपनाई समाचार संकलन गर्न र आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण  गर्न र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गर्नुपर्ने अध्यक्ष खनालले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जनार्दन सिलवालले नुवाकोट जिल्लामा कुनै पनि व्यक्तिमा कोरोनाको सङ्क्रमण नभएको जानकारी दिए । जिल्ला अस्पताल त्रिशुलीमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरूको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेसन वार्ड स्थापना गरिएको जानकारी दिए । त्यस्तै, जिल्ला अस्पताल त्रिशुली लगायत विदुर नपाको बट्टार, तादी गापाको खरानीटार, पन्चकन्या गापा, जिल्ला प्रवेश गर्ने कोल्पूटारमा फास्ट हेल्प डेक्स संचालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुलाई ह्याण्ड सेनिटाईजर लगाउने विधि र सर्जिकल मास्कको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराएको थियो । साथै पत्रकारहरुलाई मास्क समेत वितरण गरेको थियो ।

शंकास्पद बिरामी वा संक्रामक रोगको लक्षण देखिएमा तत्कालै जिल्ला अस्पतालका डा.अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ र स्वास्थ्य कार्यालयका जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै, काठमाडौं टेकुस्थित हटलाइन नम्बर १११५ मा फोन गर्न सकिने छ ।

पत्रकारहरुले कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

–    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं ।
–    सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
–    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
–    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं
–    समय समयमा साबुन पानीले हात धुने गरौं ।
–    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौ ।
–    भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।
–    सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔं ।
–    श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
–    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top