sujim bazar advert

कोरोना भाईरस: संक्रमणबाट पूर्ण सतर्कता अपनाई समाचार संकलन गर्न पत्रकारलाई आग्रह

    चैत्र ८, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

corona hand sanitizer use journalist nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले नोवेल कोरोना (कोभिड-१९) को संक्रमण फैलिइरहेको अवस्थामा समाचार  सङ्कलनमा पत्रकारले अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना गरेको छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटका जिल्ला अध्यक्ष कपिलदेव खनालले जिल्लास्थित सम्पूर्ण पत्रकारहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिहेको कोरोना भाईरसको संक्रमणबाट पूर्ण सतर्कता अपनाई समाचार संकलन गर्न र आफू सुरक्षित रही समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ । संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण  गर्न र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गर्नुपर्ने अध्यक्ष खनालले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जनार्दन सिलवालले नुवाकोट जिल्लामा कुनै पनि व्यक्तिमा कोरोनाको सङ्क्रमण नभएको जानकारी दिए । जिल्ला अस्पताल त्रिशुलीमा कोरोना भाइरसको संक्रमण भएको शंका लागेका व्यक्तिहरूको चेकजाँच तथा उपचार गर्न सहज हुने भएकाले आइसोलेसन वार्ड स्थापना गरिएको जानकारी दिए । त्यस्तै, जिल्ला अस्पताल त्रिशुली लगायत विदुर नपाको बट्टार, तादी गापाको खरानीटार, पन्चकन्या गापा, जिल्ला प्रवेश गर्ने कोल्पूटारमा फास्ट हेल्प डेक्स संचालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुलाई ह्याण्ड सेनिटाईजर लगाउने विधि र सर्जिकल मास्कको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराएको थियो । साथै पत्रकारहरुलाई मास्क समेत वितरण गरेको थियो ।

शंकास्पद बिरामी वा संक्रामक रोगको लक्षण देखिएमा तत्कालै जिल्ला अस्पतालका डा.अमित कुमार श्रेष्ठ ९८४३७४२४१५ र स्वास्थ्य कार्यालयका जनार्दन सिलवाल ९८५१२०६३४८ सँग सम्पर्क राख्न हुन अनुरोध गरेको छ ।

कोरोनाभाइरस रोग सम्बन्धी थप जानकारीका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बरहरु ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै, काठमाडौं टेकुस्थित हटलाइन नम्बर १११५ मा फोन गर्न सकिने छ ।

पत्रकारहरुले कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

–    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं ।
–    सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
–    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
–    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं
–    समय समयमा साबुन पानीले हात धुने गरौं ।
–    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौ ।
–    भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।
–    सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔं ।
–    श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
–    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top