sujim bazar dashain tihar scheme

अचेत भएका एक यात्रुको मृत्यु

डबली खबर     अशोज २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

death body
advertisement placement

२१ असोज, ढुंगे । काठमाडौंबाट नुवाकोट आउने क्रममा अचेत भएका एक यात्रुको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नुवाकोटको किस्पाङतर्फ जाने क्रममा रहेको प्रदेश ३–०१००५ ख ९४६५ नम्बरको यात्रुवाहक बसमा अचेत भएका विदुर नगरपालिका-९ लामाटारका २५ वर्षिय अमृत विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

मृतक विश्वकर्मा विदुर नपा-१ ढुंगे आइपुगेपछि अचेत अवस्थामा फेला पारी उपचारको लागि त्रिशूली अस्पताल लगिएको थियो । उपचारको क्रममा विश्वकर्माको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवक विश्वकर्माले अत्याधिक मात्रामा लागूऔषध सेवन गरेको अस्पतालको कागजातबाट देखिएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top