१४ असोज, नुवाकोट । दशैं-तिहार-छठमा सुजिम बजारमा विशेष छुट र उपहार योजना सुरु भएको छ ।
यस योजनाबाट सेवाग्राहीले कम्तिमा एक हजार रुपैँया बराबरको सामान खरिद गर्दा लक्की ड्रको लागि कुपन प्राप्त गर्न सकिने सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले बताए ।
ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै सामान खरीदमा ५ देखि ५० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था समेत रहेको छ ।
कोलेनी र त्रिशूलीमा रहेको सुजिम बजारको यो योजना असोज ११ गतेदेखि कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।
सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा कार्तिक १५ गते उपहारको घोषणा गरिने निर्देशक श्रेष्ठले बताए ।
प्रतिक्रिया