sujim bazar dashain tihar scheme

नगरपालिकाद्वारा बजार अनुगमनलाई तीव्रता, उपभोक्ता हित सुनिश्चित

डबली खबर     अशोज १०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

advertisement placement


१० असोज, नुवाकोट। नेपालीहरुको चाड दशैँ पर्वलाई लक्षित गर्दै विदुर नगरपालिकाले उपभोक्ताको हित सुनिश्चित गर्न र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तरता दिएको छ।

सोही कार्यलाई निरन्तरता दिँदै आज शुक्रबार समितिका अन्य सदस्यहरूको उपस्थितिमा बजार निरीक्षण तथा अनुगमन कार्य सम्पन्न गरिएको हो ।

नगरपालिकाले बजारमा बिक्री-वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम, मूल्यसूची, तौल र व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गर्ने कार्यलाई नियमित बनाएको विदुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा अनुगमन समितिका संयोजक गणेश कुमार नेपालले बताए ।

अनुगमन वडा नम्बर १ को ढुङ्गे, त्रिशूली बजार, वडा नम्बर २ को बट्टार बजार, र वडा नम्बर ९ को कोलनी बजारका विभिन्न पसलहरूमा केन्द्रित थियो।

यस कदमले दशैँका बेला उपभोक्ताहरूले स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा सामान खरिद गर्न पाउने विश्वास नगरपालिकाले लिएको छ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top