२७ भदौ, विदुर । जेनजी आन्दोलनको क्रममा जलेका नेकपा एमाले नुवाकोटको कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ ।
शुक्रबार बिहान पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्ताले सरसफाइ गरेको पार्टी सचिव शिवकुमार चित्रकारले बताए ।
गत २४ गते भएको जेन-जीको नाममा आक्रोशित प्रर्दशनकारीबीच अराजक समूहले कार्यालयमा तोजफोडपछि आगजानी गरेपछि आज पार्टीका कार्यकर्ताहरुले सरसफाई गरेको उनले बताए ।

जेनजी आन्दोलनको क्रममा कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना र त्यहाँ भएको दस्तावेज र सामाग्रीहरु जलेर नष्ट भएको कार्यालय सचिव बसन्त न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया