२५ भदौ, विदुर । नुवाकोटमा पनि कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले अाज एक सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेकाे छ ।
जेन-जी आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाटका घटना गरिरहेको हुनाले व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको कर्फ्यू अादेश जारी गरेको जनाएको छ ।
यसअघि नेपाली सेनाले देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी देशभर कर्फ्यू आदेश जारी गरेको थियाे ।
प्रतिक्रिया