२३ भदौ, नुवाकोट । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
जेन-जी पुस्ताको प्रदर्शनमा डेड दर्जनभन्दा बढी नागरिकको निधन भएपछि सो घट्नाको नैतिक जिम्मेवार लिँदै पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकअघि लेखकले कांग्रेस पदाधिकारी बैठकमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।
प्रतिक्रिया