२३ भदौ, विदुर । राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल नुवाकोटले प्रथम जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आईतबार विदुरमा पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष प्रज्वल सापकोटाले दक्षता एवम् योग्यताको विकास भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हाजिरीजवाफ प्रतियोगितामा यहि भदौ २७ गते बट्टारमा हुने जानकारी दिए ।
प्रतियोगिताका प्रथमले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
प्रतियोगिताका संयोजनकर्ता काजी खाँकाअनुसार प्रारम्भिक चरणमा उत्कृष्ट १० विद्यालय छनोट गरिने छ। अन्तिममा उत्कृष्ट चार विद्यालयहरुबीच श्रव्यदृश्य, बजर र र्यापिड फायर लगायतका चरणमा प्रतिस्पर्धा हुने उनले बताए ।
प्रतिक्रिया