२० भदौ, काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रूपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ।
दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ५०० रूपैयाँसम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। ज्योति स्मार्ट एप्पबाट हवाई टिकट खरिद गर्दा ‘जेबीबीएल५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ। साथै, पहिलो ४०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।
अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट एप्प प्रयोग गरी पहिलो हवाई टिकट खरिदमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध रहेको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया