१६ भदौ, नुवाकोट । प्याब्सन केन्द्रको आन्दोलन अन्तर्गत जिल्ला प्याब्सन नुवाकोटको आयोजनामा निजी विद्यालय सञ्चालकहरूले विदुर नगरपालिकामा स्कुल बसको र्याली निकालेका छन् ।
विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दिनहुँ दबाब दिइरहेका छन् ।
यसैक्रममा नुवाकोटमा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा नगरको सडक क्षेत्रमा र्याली निकालेका हुन् ।
र्यालीले नगरपालिका क्षेत्रमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।
प्रतिक्रिया