१३ भदौ, विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घले शुक्रबार चार अलैँची किसान व्यवसायीलाई उपकरण हस्तान्तरण गरेको छ ।
सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थामा आबद्ध चार अलैँची व्यवसायीको सहजताको लागि पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा र अन्य कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा अलैँची सुकाउन प्रयोग हुने उपकरण (भट्टि सेट) हस्तान्तरण गरेका हुन् ।
करिब ६० हजार पर्ने उक्त उपकरणले अलैँची प्रशोधनमा सघाउ पुर्याउनुको साथै उत्पादनमा वृद्धि हुने अपेक्षा लिईएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए । उन्नत प्रविधि अपनाउँदा उत्पादन बढाउन सकिने र अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित सकुन् भन्ने हेतुले अलैँची सुकाउने भट्टी प्रदान गरिएको उनले बताए।
कार्यक्रममा बेलकोटगढी नगरपालिका-११ का चिनीमाया तामाङ (केएस अलैची तथा फलफुल फर्म), गुणबहादुर तामाङ (बिन कृषि तथा पशुपंक्षी फर्म), सुरेश तामाङ (डेरी टोल कृषि फर्म) र सुकबहादुर तामाङ (अलैची कृषि तथा पशुपंक्षी फर्म) लाई प्रति किसान अलैँची भट्टि सुकाउने सेट प्रदान गरिएको सङ्घका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।
प्रतिक्रिया