११ भदौ, नुवाकोट । नेपाल मोर्डन पेन्टाथलन सङ्घ नुवाकोटको अध्यक्षमा प्रज्ज्वल सापकोटा निर्विरोध चयन भएको छ ।
बुधबार भएको संस्थाको पहिलो अधिवेशनले सापकोटाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रुपक पौडेल, सचिवमा प्रसङ्ग थिङ्ग र कोषाध्यक्षमा अपेक्षा प्याकुरेल रहेका छन् ।
सदस्यमा सुबास पाण्डे, राजन प्रसाद अधिकारी र पुष्पा धमला चयन भएका छन् ।
यद्यपि सुबास पाण्डे विदुर नगरपालिकाको निजामती कर्मचारी हुन् । उनी नगरपालिकाको फाेहाेर मैला तथा वातावरण शाखामा रहेको वेबसाईटमा उल्लेख छ।
अधिवेशनमा नेपाल मोर्डन पेन्टाथलोन केन्द्रिय कमिटिकी उपाध्यक्ष इन्दिरा निरैला र नुवाकोट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष विजय गुरुङको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया