sujim bazar dashain tihar scheme

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

डबली खबर     भदौ १०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

cpnuml nepal head office building
advertisement placement

१० भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उनले बताए ।

एमालेले दोस्रो विधान महाधिवेशन तयारीका लागि बैठक बोलाएको थियो । “विधान संंशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी थियो, तर विधान संशोधनमाथिको सुझाव आउने क्रम रहेकाले बैठक स्थगित गर्नु परेको हो । चाँडै नै नयाँ मिति तोकिने छ”, प्रचार विभाग प्रमुख गौतमले भने ।

एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।

एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने जनाइएको छ ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top