९ भदौ, विदुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले नुवाकोट जिल्ला कमिटिको आइतबार चाैथाे पूर्ण बैठक जिल्ला पार्टी कार्यालयमा भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले राष्ट्रपति संवैधानिक अङ्गको उच्च तहमा रहेको हुनाले राष्ट्र र राष्ट्रियता र संविधान अनुसार पुनः राजनीतिमा फर्कन नहुने बताए ।
“पार्टीलाई घेराबन्दी गर्ने खेल सुरु भएको छ । आन्तरिक र बाह्रय घेराबन्दीकाबीच एमाले अगाडि बढिरहेको छ”, डा. भट्टराईले भने, “राष्ट्रपति भइसकेको सम्मानित व्यक्ति संविधानत: उच्च तहका प्रधानमन्त्रि, प्रधान सेनापतिलगायतलाई सपथ खुवाइसकेको उच्च पदस्थ व्यक्ति पुनः राजनीतिमा फर्केर संविधानको भावना र मर्म विपरित कार्य हुनेछ।”
नेकपा जिल्ला कमिटी नुवाकोटका अध्यक्ष बद्री मैनालीले यहि भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा जिल्लाबाट समेट्नुपर्ने सुझावको विषयमा छलफलसहित सुझावहरू सङ्कलन भईरहेको जानकारी दिए ।
सङ्कलित सुझावहरु बागमती प्रदेश कमिटी संगठन विभाग, केन्द्रीय संगठन विभाग र विधान महाधिवेशन संसोधन समितिमा पठाउने निर्णय गरिएको अध्यक्ष मैनालीले बताए ।
विद्यान महाधिवेसनमा नुवाकोटबाट १९ जना प्रतिनिधि सहभागी हुन पाउने भएको सचिव शिवकुमार चित्रकारले जानकारी दिए ।
प्रतिक्रिया