२८ साउन, नुवाकोट । ईनारपाटीमा भएको खुल्ला ६ ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधि तप्त युवा क्लबले जितेको छ ।
न्यु ईनारपाटी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा तप्तले नुवाकोट युनाइटेड फुटबल क्लबलाई ०-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
तप्तका राजाराम चित्रकारले गरेको निर्णायक गोलले जीत हासिल गरेको थियो ।
प्रतियोगिता विजेता र उपविजेताले २२ हजार २२२ रुपैयाँ र ११ हजार १११ रुपैयाँ नगद पुरस्कार सहित तक्मा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताभर नुवाकोट युनाइटेडका सन्तोष श्रेष्ठ उत्कृष्ट खेलाडी, तप्तका मनिष प्याकुरेल उत्कृष्ट गोलरक्षक र न्यु इनारपाटी युवा क्लबका प्रदीप हमाल उच्च गोलकर्ता घोषित भए ।
विदुर नगरपालिका-६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, वडा सदस्य रामचन्द्र पौडेल, रुपक कुमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया