२०८१, १४ बैशाख शुक्रबार

सातौं राष्ट्रिय कृषिगणना बैशाख ६ गतेदेखि हुदैं, नुवाकोटको लागि ८६ गणक

डबली खबर     चैत्र १३ २०७८ १६:३६

7th agriculture census nepal 2078
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – देशभर सातौं राष्ट्रिय कृषिगणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यसपटक आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुनेछ ।

आईतबार जिल्ला कृषिगणना नुवाकोटले विदुरमा आयोजना गरेको जिल्लास्तरीय कृषिगणना सचतेना गोष्ठीमा जिल्ला अधिकारी नारायणप्रसाद रिसालले कृषिगणनाबाट देशको कृषि क्षेत्रको समग्र अवस्थाबारे तथ्यांक प्राप्त हुने र कृषि क्षेत्रको विकासको नीतिगत निर्णयहरुलाई तथ्यांकीय आधार प्रदान गरिने बताए ।

कार्यक्रममा जिल्ला कृषिगणना अधिकृत नरेन्द्र शर्मा भट्टले नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहका दुईसय २१ गणना क्षेत्रहरुबाट करिब पाँचहजार ५२५ कृषक परिवारको छनौट गरी गणना गरिने जानकारी दिए । गणनाका लागि २२ जना सुपरिवेक्षक र ८६ जना गणक खट्ने छ । कृषक परिवार सूचिकरण, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली गरी तीन किसिमको लागत राखिने छ । प्रश्नावली १३ भागमा विभाजन गरी दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषिगणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने उनले जानकारी दिए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने उनले बताए ।

कृषिगणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवशयक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिएपनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिंदैन ।

राष्ट्रिय कृषिजनागना २०७८ को लोगो

देशभर ५ हजार २३ जना गणक कृषिगणनाका लागि खटिने छन् । उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिने भएका छन् । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०/१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।


कृषिजनगणना बारे थप जानकारीको लागि राष्ट्रिय कृषिगणनाको अधिकारिक वेबसाईट हेर्न सकिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top