२०८१, १४ बैशाख शुक्रबार

नेपालको व्यापार घाटाको चूनौती

उदय रानामगर     आश्विन २ २०७८ ०७:००


nepal business loss abstractly uday rana magar

विश्वभर नै कोभिड १९ को सङ्क्रमणको प्रभावले विश्वको अर्थतन्त्रमा सन् २०२० मा ३.३ प्रतिशतले संकुचन आएको छ । यसबाट विश्वको व्यापारिक गतिविधिमा समेत असर परेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रकाशित वर्ड इकोनोमिक वाउटलुक २०२० अनुसार विश्वको व्यापार सन् २०१८ मा ३.७ प्रतिशतले वृद्धि भएको विश्व व्यापार सन् २०१९ मा १.० प्रतिशतले मात्र वृद्धि भएको छ । यो सन् २०२० मा आउँदा ८ प्रतिशतले गिरावाट आएको छ । त्यसै गरी कोभिडको कारण विश्वमा १ मिलियन मानिसको मृत्यू भएको अनुमान छ भने ४.३ प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा कमि आएको छ जसको कारणले गर्दा १३० मिलियन मानिस गरिवीको चापमा परेको छ । कोभिडको कारण वस्तु व्यापार भन्दा सेवा व्यापारमा बढी प्रभाव परेको छ । त्यसैगरी वैदेशिक लगानीमा ४९ प्रतिशतले सन् २०१९ को तुलनामा गिरावट भएको भन्ने अध्ययनले देखाएको छ । रोजगारीमा ठूलो सख्यामा कटौती भएको छ ।

नेपालको वैदेशिक व्यापारको खेती सुरु भएको लामो समय भैसकेको छ तर यसको लागि सहज वातावरण छैन । नेपाल एकातिर भूपरिवेष्ठिकताको पिडामा छदैछ भने बर्तमानमा कोभिडको प्रभावको कारण अर्थतन्त्रमा समेत संकुचन ल्याइदिएको छ । नेपालको अर्थतन्त्रको आकार सानो थियो नै अझै यसको प्रभावले बढी संकुचित गराई दिएको छ । सन् २०२० मा नेपालको कुलग्रायस्थ उत्पादनको आकार ३४.४७ अरव अमेरिकी डलर हुन पुगेको छ । नेपालमा आर्थिक गतिविधिमा आएको संकुचनले गर्दा आर्थिक बृद्धिमा समेत असर परेको अवस्था छ । आ.व २०७७/७८ को आर्थिक बृद्धिलाई हेर्दा २.१२ प्रतिशतले ऋणात्मक हुन पुगेको छ । त्यसमा पनि कृषि क्षेत्रको योगदान २५.८ र गैर कृषि क्षेत्रको योगदान ७४.२ प्रतिशत रहेको छ । उत्पादनमूलक उद्योगको योगदान ३.८५ प्रतिशत मात्र रहेको अवस्था छ । तर लगानीको अवस्था केही मात्रामा बढेको अनुमान छ ।

यहां विश्व बैकका अनुसार कुल ग्रायस्थ्य उत्पादनमा व्यापारको हिस्सा करिव ५४.९ प्रतिशत रहेको छ । यो अंकलाई हेर्दा नेपालको अर्थतन्त्रमा व्यापारी क्षेत्रको योगदान अन्य क्षेत्रको तुलनामा अग्रभागमा रहेको देखिन्छ । व्यापारको प्रवृत्तिलाई केलाउदा विभिन्न कालखण्डमा फरक फरक भएको पाउदछौ । वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५.४ प्रतिशत रहेको थियो । नेपालले आर्थिक उदारीकरणको नीति अवलम्वन गरेपश्चात नेपालको निर्यात व्यापार क्रमिकरुपमा बढोत्तरी हुदै गएको देखिन्छ । आर्थिक वर्ष २०५६/५७ मा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत निर्यात व्यापार भएको थियो भने पचासको दशकमा औसतमा ९.९ प्रतिशत मात्र भएको पाउदछौ । तर वि.स. २०६० को दशकदेखि यो क्रम पुनश्चः घट्न थाल्यो र आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा २.८ प्रतिशत सिमित हुन पुग्यो ।

नेपालमा वैदेशिक व्यापारको सन्तुलनको अवस्था विगत केही बर्षदेखि निरन्तर विग्रदै आएको छ । आ.व २०७६/७७ को व्यापारको प्रवृत्तिलाई हेर्दा कुल व्यापार १२९४ अरव भएको छ । त्यसमा आयत ११९६ अर्व र निर्यात ९७ अर्व भई व्यापार घाटा १०९९ अर्व हुन पुगेको छ । व्यापारको मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रको कुलग्रायस्थ उत्पादनमा योगदन घट्दो रहेको छ । आ.व २०५६/५७ मा यो क्षेत्रको योगदान १६ प्रतिशत थियो भने आ.व २०७६/७७ मा आइपुग्दा यो घटेर १३.५ प्रतिशतमा सिमित हुन पुगेको छ । त्यसमा पनि उत्पादन क्षेत्रको योगदान १५ बाट ५ प्रतिशतमा झरेको छ । सोही अवधिमा निर्यात परिणामा कूल ग्रायस्थ उत्पादनको १३ प्रतिशत रहेकोमा यो घटेर ३ प्रतिशतमा आइपुगेको छ । त्यसैगरी निर्यात तथा आयतको अनुपात आ.व २०५६/५७ मा २ः२.३५ रहेकामा आ.व २०७६/७७ मा आइपुग्दा बढेर १४.४ पुगेको छ । कुल व्यापारमा निर्यातको अंश ७.५५ प्रतिशत छ भने आयतको अंश ९२.४५ प्रतिशत रहेको छ ।

भन्सार विभागले प्रकाशन गरेको तथ्याकं अनुसार नेपालले आर्थिक वर्ष ०७७/७८ मा कुल १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको देखिन्छ । जसमा कूल आयातको हिस्सा १५ खर्ब ३९ अर्बको हाराहारीमा रहँदा निर्यात १ खर्ब ४१ अर्ब हुन पुगेको थियो । आब ०७७÷७८ मा नेपालले कूल व्यापार घाटा १३ खर्ब ९८ अर्बको हाराहारी हुन पुगेको छ ।

निर्यात व्यापार तर्फ आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँ बराबरको मात्रै भटमासको तेल निर्यात गरेकोमा आव ०७७/७८ मा यसलाई झण्डै पाँच गुणाले बढेको छ । आ.व ०७७/७८ मा नेपालबाट ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात गरेको छ । दोस्रो ठूलो निर्यात हुने वस्तुको सूचीमा सिन्थेटिक यार्न धागो पर्दछ भने तेस्रोमा उनी गलैंचा छ । आव ०७६/७७ मा ७ अर्ब १९ करोड भन्दा धेरैको धागो निर्यात भएकोमा ०७७/७८ मा उक्त निर्यात बढेर ८ अर्ब ३६ करोड हाराहारी पुगेको छ । यस्तै ०७६/७७ मा ६ अर्ब १५ करोडको निर्यात रहेको उनी गलैंचा ०७७/७८ मा ७ अर्ब २४ करोड भन्दा धेरै छ । यस्तै अलैंची, रेडिमेड कपडा, जुट र यसबाट बनेका वस्तु, फलफूलको जुस क्रमशः निर्यात बढी मात्रामा हुने वस्तुहरुको सूचीमा रहेको छ । यस्तै जमोठ कपडा, चिया र विभिन्न प्रकारका अन्य कपडाहरु नेपालबाट प्रमुख निर्यात हुने १० वस्तुको सूचीमा पर्दछ ।

त्यसैगरी प्रमूख रुपमा आयत हुने बस्तुहरुमा डिजेल, एमएस ब्लेड, भटमासको कच्चा तेल, मोवाइल टेलिफोन, एलपि ग्यास, पट्रोल, रेडिमेट गार्मेन्ट, पोलिथिन दाना, चामल तथा सुन जस्ता बस्तुहरु आयत हुने गरेको छ । नेपालले आयत व्यापारबाट नै ठूलो परिमाणमा राजस्व संकलन गर्दै आएको छ ।

नेपालको वैदेशिक व्यापार घाटामा रहेकोे कारण निर्यात व्यापार बढाउनुको विकल्प छैन । निर्यात व्यापारलाई बढाउनको लागि नेपाल सरकारले अनुदानको व्यवस्था गरेको छ । यो व्यवस्था आ.व २०६७/६८ बाट नै सुरु गरिएको हो । उक्त व्यवस्था अनुसार उद्योगलाई निर्यातबाट प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणको आधारमा नगद अनुदान प्रदान गर्ने प्रावधान गरेको छ । यो व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ कार्यान्वयनमा छ । निर्यातमा मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान उपलब्ध गराउँदै आएको छ । तोकिएको वस्तुको मुल्य अभिवृद्धि ५० प्रतिशत वा सो भन्दा बढी भएमा कुल मुल्य अभिवृद्धिको पाँच प्रतिशत र ५० प्रतिशत भन्दा कम भएमा तीन प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । त्यसैगरी, वस्तुको मुल्य अभिवृद्धि ३० प्रतिशत वा सो भन्दा बढी भएमा कुल मूल्य अभिवृद्धिको ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन गरिएको भएता पनि निर्यात व्यापार उल्लेख्य रुपमा बढ्न सकेको छैन । यसवाट नेपालको वैदेशिक व्यापारको खेती घाटामा घरपेटी बन्न पुगेको छ ।

घाटा व्यापारलाई कम गर्नको लागि विनिमय दरले पनि भूमिका खेलेको हुन्छ भन्ने कुरा अर्जुन बहादुर पाठकले गरेको टे«ड इलास्टीसिटी एण्ड मार्सलः लर्नर कन्डीसन फर नेपाल नामक अध्ययनमा देखाइएको छ । उक्त अध्ययनमा विनिमय दर १ प्रतिशत घट्दा ०.९८ प्रतिशत निर्यात बढ्ने र २.१२ प्रतिशत आयत बढ्ने गरेको पाइएको छ । त्यसैगरी जियन आई मा १ प्रतिशतले बढोत्तरी हुदा ०.३४ प्रतिशतले आयत बढ्ने गरेको देखिन्छ । यो अध्ययलाई आधार मानेर हेर्दा नेपालको वैदेशिक व्यापारमा विनिमय दरको महत्वपूर्ण भूमिका रहीआएको छ । यसर्थ पनि विनियमय दरलाई समयसापेक्ष रुपमा व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

नेपालको निर्यात व्यापार बढाएर मात्र व्यापार सन्तुलन कायम गर्न सकिने भएको हुदा निर्यात बढाउने तर्फ आर्थिक गतिविधि सन्चालन गर्नु पर्छ । निर्यात व्यापार बढाई व्यापार घाटा कम गर्नका लागि व्यापार, लगानी र सेवाहरुमा द्धिपक्षीय सम्झौता गर्दा राष्ट्रिय हितलाई ध्यान दिनु पर्छ । व्यापारका लागि गरिने बार्तामा हाम्रो पक्ष खरो रुपमा उत्रन नसकेको विगतको अनुभवलाई हेर्दा बार्तामा सहभागि हुने जनशक्तिलाई तालिमको माध्यमद्धारा सक्षम बनाउनु पर्छ । यसबाट द्धिपक्षीय व्यापारमा नेपाली वस्तु निर्यातको आधार तयार गर्न सकिन्छ । साथै नेपाली बस्तुको प्याकेजिङ कमजोर भएकोले नेपाली उत्पादन राम्रो हुदा हुदै पनि विश्व बजारमा स्थान पाउन सकेको छैन । यस्तो अवस्थामा नेपाली बस्तुको प्याकेजिङमा सुधार गरी आकर्षक ढंगले प्याकेजिङ गर्नुपर्छ । नेपाली बस्तुको ब्रान्डिङ भएको छैन । यस्तो अवस्थामा नेपाली उत्पादनलाई विश्व बजारमा बढी भन्दा बढी विक्रि गर्नका लागि नेपाली बस्तुको ब्रान्डिङमा विशेष ध्यान दिनु पर्दछ । नेपाली बस्तु निर्यात गर्दा पोर्टमा बढी डकुमेन्टको आवश्यक पर्ने र जाचपारमा समेत र म्यानुयल कार्य प्रणाली नै रहदा कार्य ढिला हुने गरेको छ । यो अवस्थालाई सहज बनाउन पोर्टका अधिकांस प्रक्रियालाई आई.टिको प्रयोग गरी जाचपासको प्रक्रिया सरलीकरण गरिनुपर्दछ । नेपालको वैदेशिक व्यापारमा निर्यातयोग्य बस्तुहरुको बास्केटमा रहेका सूची कमि रहेकोले थप वस्तुहरुको पहिचान गरीनु पर्छ । नेपालमा उत्पादीत अर्गानिक वस्तुले विश्व बजार लिन सक्ने भएकोले त्यस तर्फ ध्यान दिनुपर्छ । साथै नेपालमा उपलव्ध प्राकृतिक स्रोतसाधनहरु जस्तो ढुंगा, माटो, पानीसँग सम्वन्धित वस्तुको उत्पादन गरी विश्वबजारमा निर्यात गरिनु पर्दछ । यी पक्षहरुलाई ध्यानमा राख्दै अगाडि बढेको खण्डमा नेपालको औद्योगिक उत्पादनमा बढोत्तरी भई निर्यात व्यापार बढ्न गई व्यापारको खेती घाटामा घरपेटी भन्ने उक्तिलाई चिर्न सकिन्छ ।

-लेखकः हङकङको लागि महावाणिज्यदूतको रुपमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top