मानिस आफू जन्मेको दिनलाई धुमधामसँग उत्सवको रुपमा मनाउने र बधाइ तथा शुभकामना दिने प्रचलन छ। धर्तिको अन्य जीवहरूमा आफ्नो जन्मदिन कहिले हो थाहा पनि हुदैन र जन्मदिनको उत्सव मनाउने कुरै भएन।
मानिसको जन्मदिन एउटा विशेष दिनको रुपमा मनाउनुको पछाडी केही न केही कारण पक्कै छ। अझ ठूला ठूला नेताहरूको जन्मदिन त विषेश उत्सवकै रुपमा मनाइने प्रचलन छ। नेपाली समाजमा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलालको जन्मदिन नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले विषेश रुपले सम्झने र मनाउने प्रचलन छ। छिमेकी देश भारतमा महात्मा गान्धीको जन्मदिन विषेश उल्लासपूर्वक मनाउने गरिन्छ।
देशका ठूला ठूला नेताहरूको जन्मदिन मनाए जस्तै राष्ट्रको जन्मदिन पनि मनाउने परम्परा छ। विभिन्न राष्ट्रले आफ्नो राष्ट्रको स्वतन्त्रता दिवसको रुपमा राष्ट्रको जन्मदिन मनाउने परम्परा छ । नेपालमा स्वतन्त्रता दिवस नभई प्रजातन्त्र दिवसको रुपमा फागुन ७ गते र गणतन्त्र दिवसको रुपमा जेठ १५ गते मनाउने गरिन्छ। प्रजातन्त्र दिवस पनि प्रजातन्त्रको जन्मदिन हो भने गणतन्त्र दिवस पनि गणतन्त्रको जन्मदिन हो। यसरी मानिसको जन्मदिन जस्तै राष्ट्र र प्रजातन्त्र र गणतन्त्र वा स्वतन्त्रता सबै मानिसको जस्तै जन्मने जीवको रुपमा उत्पति भएको दिनको सम्झनामा मनाइने एउटा उत्सव नै हो।
मानिसको जन्मदिन एउटा विशेष दिन हो। यो धर्तीमा मानव जाती जन्मेको दिन नै मानिसको वास्तविक जन्मदिन हो। यो धर्तीमा प्रत्येक पल लाखौं मानिस जन्मिरहेको हुन्छ। प्रत्येक पल जन्मने मानिससँगै चेतना पनि जन्मिरहेको हुन्छ। धर्तीमा मानिसको जन्म जस्तै प्रत्येक पल अरू जिवहरू, चराचुरुङ्गीहरू, वनस्पतिहरू, किराफट्याङ्याहरु, ब्याक्टेरीया, भाइरस पनि लाखौको संख्यामा जन्मिरहेका हुन्छन। मानिस बाहेक अरू कुनै जिवले आफ्नो जन्मदिन मनाएको देखिदैन। मानिस जन्मदा मानिसको शरीर मात्र जन्मदैन मानिसको शरीरसँगै चेतनाको पनि जन्म भएको हुन्छ। अरू जीवहरू जन्मदा चेतना शून्यस्थितीमा शरीर मात्र जन्मन्छ भने मानिस जन्मदा मानिसको शरीरसँगै चेतना पनि जन्मिएको हुन्छ। मानिसको शरीरमा चेतनाको अंग अदृश्य रुपमा मुटु, कलेजो, फोक्सो जस्तो पुर्ण रुपले विकसित अवस्थामा जन्म भएको हुदैन। मानिस जन्मदा सम्पूर्ण शरीर पूर्ण (Perfect) स्वरुपमा जन्म हुन्छ। यो धर्तीमा जन्मने सबै मानिस अपुर्ण जन्मने बाहेक सबै सिंगो शरीर लियर जन्मन्छ। मानिस मात्र होइन धर्तिमा जन्मने सबै जीवहरू जन्मदा पूर्ण वा पर्फेट शरिरसहित जन्मन्छ। अपूर्ण र शून्यस्थितीमा जन्मने चेतना मात्र हो।
मानिसले पूर्ण शरीर जन्मेकोमा खुश मनाएको होइन। मानिसको शरिरसँगै चेतनाको समेम जन्म भएकोमा खुशी मनाउने संस्कृति चलेको हो। मानिसको शरीर हुर्कदै र बढदै जाँदा उ हुर्कदै र बढदै गरेको परिस्थितिसँगै चेतना हुर्कदै गइरहेको हुन्छ। शरीर हुर्कदै वा बढ्दै जादाँ चेतना पनि शरीरको आकार बढे जस्तो हुर्कदैन। चेतना जन्मेको दिन शून्य रुपमा जन्मन्छ। मानिसको वरिपरीको परिस्थितिले चेतनालाइ हुर्काउने काम गरिरहेको हुन्छ। चेतनाको आहारा वरिपरीको वातावरण हो। बर्षौसम्म मानिसको वरिपरीको वातावरण स्थिर छ भने चेतना हुर्कदैन। बाजे जुन परिस्थितिमा हुर्कदै आयो बाउ जुन परिस्थितिमा हुर्कदै आयो छोरो पनि त्यही परिवेशमा हुर्किरहेको छ भने छोरोको चेतना बाजेको जस्तै हुन्छ।
मानिसको जन्मदिन मनाउने भनेको चेतनाको जन्मदिन मनाउने हो। मानिसको शरिरमा चेतनाले आफ्नो अधिकतम विकास गर्ने अवसर प्राप्त गर्दछ। धर्तिको अन्य जीवहरूमा पनी चेतनाको अंश नहुने होइन। तर धर्तीको अन्य जीवहरुमा रहेको चेतना वरिपरीको वातावरणको कारणले चेतनाको विकास हुदैन। मानिसको शरीरसँगै जन्मिएको चेतनाले वरिपरीको वातावरणवाट मात्रै हुर्कन सम्भव हुन्छ। मानव शरीरलाइ जन्मना साथ हुर्कनको लागी खाद्य वा पोषणको आवश्यकता भए जस्तै चेतना हुर्कन पनी बाहिरी वातावरण चेतनाको पोषण वा खाद्य पदार्थ हो। जन्मपछि मानव शरिरलाइ पोषण वा खाद्यपदार्थ उपलब्ध नगराउने हो भने शरिरको मृत्यु हुन्छ वा शून्यमा जान्छ। ठिक त्यसैगरी चेतनाको जन्मपछि वरिपरीको परिस्थिति नबदलिने हो भने चेतना पनी हुर्कन वा बढन सक्दैन।
मानिसको जन्म दिन चेतनाको जन्म दिन हो। राष्ट्रको जन्मदिन पनि मानिसको जन्मदिन जस्तै मुलुकभित्रका मानिसहरूको सामुहिक चेतनाको जन्मदिन हो। स्वतन्त्रता दिवस पनि मुलुकभित्र रहने मानिसहरूको सामुहिक चेतनाको जन्मदिन हो। प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र दिवसहरू सबै राज्यको चेतनाको जन्मदिन हो। मुलुकभित्रका सबै मानिसको चेतनालाइ स्वतन्त्रता, लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्रको चेतनामा पु-याउन महत्वपूर्ण योगदान गर्ने महत्वपूर्ण व्यक्तिहरूको चेतनाको जन्मदिन नै नेताहरूको जन्मदिन मनाउने संस्कृति हो।
प्रत्येक मानिस जन्मदा चेतना पनि सँगै जन्मिरहेको हुन्छ। प्रत्येक मानिस आफूजस्तै चेतनसिल मानिस हो (Self Realization) भन्ने चेतना नै चेतनाको विकासको युवा अवस्था हो। नेपाली समाज आज पनि प्रत्येक अर्को मानिसलाई चेतनशील मानिस देख्दैन। आफूलाई चेतनशील मानिस देख्ने र आफू अगाडिको अर्को मानिसलाई चेतनशून्य भौतिक वस्तु वा अन्य जीवसरह देख्ने र आफ्नो उपयोगको वा चाहनाको वस्तु देख्नु भनेको चेतना शून्यस्थिति नै हो।
प्रतिक्रिया