sujim bazar dashain tihar bumper offer

बट्टारदेखि भाङ्गे झरनासम्म साइकल यात्रा

श्रीराम श्रेष्ठ     भदौ २४, २०८०


shreeram shrestha cycling batter to bhange jharana (waterfall) rasuwa

शरीरलाई तन्दुरुस्त बनाइ राख्न नियमित व्यायामको आवश्यकता पर्दछ र व्यायामको उपयुक्त समय चाहिँ बिहानीको कलिलो घाम उदाएपछि मानिन्छ । विशेष गरी बिहानको समयमा गरिने पैदलयात्राले धेरैलाई आकर्षित गर्दछ । चढ्दो उमेर र अस्वस्थ्य खानपानले गर्दा हाम्रो शरीर भद्दा हुनका साथै विभिन्न रोगको पनि सिकार हुन्छ । जसका कारण धेरै मानिसहरू चिन्ताको सिकार पनि भएका हुन्छन् । चिकित्सकहरूले भने बिहान एकाध किलोमिटर हिँड्नु स्वास्थ्यका लागि राम्रो हुने सुझाव दिइरहेका हुन्छन् ।

मेरा लागि भने दिनहुँजसो पैदल हिँडाइ त्यति रूचिकर रहेन । सानै उमेरदेखि साइकल चलाउने बानी र रहरले गर्दा मैले साइकललाई नै व्यायामको साधन बनाएँ । समय बित्दै जाँदा बट्टार, विदुर, कोलनी जस्ता सहरी क्षेत्रमा साइकल चलाउने व्यक्तिहरूको जमात बाक्लै भयो । सङ्गठित रूपमा साइकल पारखीहरूको समूह बनाई अनुहार पुस्तिकामा समेत साइकल समूह बनायौँ र साइकल यात्रा पनि गर्न थाल्यौँ । दिनहँुजसो साइकलको यात्रा फरक फरक ठाउँमा हुने परम्परा जस्तै बसिसकेको छ । हप्तामा एक दिन प्रायः शनिवार जिल्लाका अतिरिक्त छिमेकी जिल्ला धादिङ र रसुवाको विभिन्न ग्रामीण बस्तीमा पनि यात्रा तय हुने गर्छ ।

भाद्र २ गते शनिबारका दिन रसुवा जिल्लाको मैलुङस्थित भाङ्गे झरनामा जाने तय भयो । सदैव साइकल यात्राको नेतृत्व कर्णबहादुर श्रेष्ठले गर्नुहुन्थ्यो । यसपालि पनि नेतृत्व उहाँकै थियो । यात्राको प्रारम्भ उनै कर्णबहादुर दाइको घरबाट बिहान ४ः३० बजे हुने कुरा अघिल्लो दिन नै तय भएको थियो । यात्रामा सम्मिलित हुन बेलुका चाँडै सुतियो । बिहान ४ः१५ मा मोबाइलमा अलामा बज्नासाथ उठेर तयारी भएर कर्णदाइको घरमा पुगेँ । त्यहाँ कर्णदाइसहित सुनिल श्रेष्ठ, कुमार श्रेष्ठ र हरिवंश ढकाल पनि भेटिए । हामी सबै आजको यात्रामा जोडियौँ ।

बट्टारबाट निस्किएर विदुर, ढुङ्गे हुँदैै अगाडि बढ्यौँ । शुभघाटमा माछापोखरी सिलट्याङ्कीका मित्र प्रधुम्न श्रेष्ठ पनि मिसिए हामीसँग । जम्मा ५ जना भयौँ । सुरूका दिनमा भन्दा पातलियौँ नि हामी ? भेट हुनेबित्तिकै प्रद्युम्न श्रेष्ठले भने । कर्णदाइले मुस्कुराउदै भन्नुभयो– ‘उहाँहरूको कार्य व्यस्तताले होला ।’

साइकल यात्राका सम्बन्धमा धेरै भन्दा थोरै भएको यात्र सुखद हुन्छ । समय र कुरा मिल्छ भन्दै बोलि थपे हरिवंश ढकालले । रात लामो भइसकेर होला पॉच बज्न लाग्दा पनि अँध्यारै छ । कर्णदाइको साइकलमा हेड लाइट थियो । अरूकोमा थिएन । उहाँकै लाइटको साहाराले हामी अघि बढ्यौँ । दुई नंम्बर पुलमा पुग्दा स्थानीयहरू एक समूह मर्निङ वाकमा सम्मिलित भएर हिँडेका देख्यौँ । गल्छी केरूङ राजमार्ग भएकाले पक्की पिचको चौडाले गर्दा साइकल चलाउन सजिलो भएको छ । भैँसेको पुल अर्थात् तिरतिरे भिरमा आइपुग्यौँ । त्यहाँ वर्षायाममा सदैव पहिरोका कारण यातायात अवरूद्व हुन्छ । पहिरोले गर्दा बाटो हिलाम्मे छ । ओरालो बाटो पैदल हिँड्नु पर्ने भएको छ । साइकल हातले डो¥याएर हामी हिँड्यौँ । आँखा माथिल्लो भिरमा थियो सबैको । कतै पहिरो आइहाल्छ कि भन्ने त्रास चाहिँ मनमा थियो । पानीका कारणले ससाना ढुङ्गा र माटो माटो झरिरहेको थियो । बाटोमुनि ठाडो भिर छ । तल उर्लेको त्रिशुली नदीले बर्खाको रौद्र रूप धारण गरिरहेको छ । होसियारीपूर्वक भिर छिचोल्यौँ मनमा डर लिईलिई कन । जुत्ता र साइकलका पाङ्ग्रा हिलाम्मे भएका छन् । बर्षायाम न हो । कुन बेला पानी पर्छ ठेगाना हुँदैन ।

यात्रालाई निरन्तर जोड्दै हामी अघि बढ्यौँ । वेत्रावती बजार सुरू हुनै लाग्दा पानीको छिटा पर्न सुरु भयो । आजको यात्रा बिथोल्ने हो कि भन्ने चिन्ता पलाएको थियो । मित्र सुनिलले शुभ साइत हो पानी नपर्ला भनेर सहानुभूतियुक्त धारणा राखे । वेत्रावती बजारको मुखैमा झरना जस्तो एउटा कुलो छ त्यसमा पानीको प्रवाह बाक्लो नै देखिन्छ । त्यो देखेर मनमा एउटा अनुमान आएर दिमागलाई झक्झक्यायो– राती परेको पानीले गर्दा पक्कै पनि भाङ्गे झरनामा पानीको बाहक बढ्दै नै छ सायद हेर्न लायक हुने छ ।

बेत्रावती बजार खुल्ने तर्खरमा छ । हामीले बिहानी पखको चिया बेत्रावती पुलवारि एक स्थानीय पसलमा पियौँ । भूगोलको हिसाबले एउटै भए पनि प्रशासनिक हिसाबले पुलावारि नुवाकोट र पुलपारि रसुवा । बिचमा फलाखु खोला निरन्तर बगिरहेको छ । कहिलेकहीँ त्यसले स्थानीयलाई नराम्रोसँग रुवाउने गर्छ । खोलो ठुलै छ ।

रसुवा प्रवेश गर्नेबित्तिकै बुद्धिबहादुर खड्का सर पिँढीमा बसेर लेखिरहनु भएको रहेछ । उहाँ लेख पढ्नमा बढी रूची राख्ने व्यक्ति हुनुहुन्छ । समय अभावका कारणले उहाँसँग भेट गरिन । पछि समय मिलाएर भेटघाट गर्ने सोच राखेर म आजका सहयात्रीहरूसँगै अगाडि बढेँ ।

वेत्रावतीको माथिल्लो बस्तीबाट दुईवटा बाटो छुटिन्छ । माथिल्लो धुन्चे जाने बाटो र तल्लो मैलुङ जानेबाटो । हामी तल्लो बाटो लाग्यौँ । वर्षातका समयका कारणले वरिपरि हरियाली छ । पक्की बाटोको कारणले वरिपरि ढलान घर थपिने व्रmम जारी छ । कैदलेटार हुँदै हामी नौबिसे फाँट पुग्यौँ । धान, मकै, आलु प्रशस्त मात्रामा उत्पादन हुने ठाउँ हो कैदलेटार । नामको टार हो तर काम चाहिँ फाँटको छ । सिँचाइको राम्रो प्रबन्धका कारण तरकारी खेती पनि राम्रै भएको छ । २०७२ को भुँइचालोबाट भौतिक क्षति पुगेका पहिरेबेसी गाउँका ७२ परिवारलाई नेपाल सरकारले जग्गा किनेर बसोवासको प्रबन्ध मिलाएको छ । लाइनै एकै किसिमको घर हेर्दा निकै आकर्षक लागिरहेको छ । पासाङल्यामू राजमार्गअन्र्तगत बनुवाको घुम्तीको पहिरोले गर्दा उक्त बस्ती जोखिममा थियो । सरकारले १०० मिटर जालि हालेर बस्ती जोगाएको पनि हामीले देख्यौँ । यसपालिको वर्षाले ठाउँठाउँमा जमिन चर्कन गई जालीनै बगाउने स्थिति त्यहाँ देखिएको छ । त्यसैले त्यहाँका बासिन्दाहरू त्रसित छन् । विशेषतः बस्तीको माथिल्लो आठ घरलाई प्रत्यक्ष क्षति पुग्ने अवस्थालाई हामीले पनि हे¥यौँ । स्थानीयले केन्द्र तथा स्थानीय सरकारलाई दुःखेसो पोख्दा पनि सुनुवाइ भएन भनेर गरेको गुनासोले मन चसक्क दुख्यो ।

भूकम्पबाट पीडित मैलुङ गाउँका स्थानीयलाई खाल्टेस्थित त्रिशूली नदीको किनारमा अस्थायी बसोबासको व्यवस्था गरिएको थियो । आजभोलि आधा जसोको घर निर्माण भई स्थान्तरण पनि भइसकेको छ । अविरल परेको पानीले गर्दा त्रिशुली नदीको पानीको बहाव उर्लँदो छ । झन्डै बस्तीमै पानी छिर्ला जस्तो छ । बस्ती नै जोखिमपूर्ण देखिँदै छ । प्रशासन, पालिका र विपद व्यवस्थापन समितिले जोखिमका कारण ठाउँ छाड्न सूचना गर्दा पनि स्थानीयले अटेर गरेको कुरा त्यहाँ पुगेपछि थाहा पायौँ । ज्यानको माया मारेर आफ्नो थातथलो कुरेर बसेका स्थानीयको स्वभाव देख्दा चकित प¥यौँ हामी ।

खाल्टे र सिउरेनी जोड्ने अस्थायी पुल । फलामै फलामले बनेको पुलमा पहेँलो रङ पोतेका कारण आकर्षक देखिँदैछ । पुल र पुलमुनि उर्लिएर बगेको नदीको आवाज र दृश्यलाई कैद गर्न तल्लीन भयौँ हामी । त्यहाँ पुग्ने प्रायःजसो सबैले फोटो तथा भिडियो खिच्ने गर्दछ । पुल क्रस गर्नासाथ निर्माणाधीन जलविद्युत केन्द्रका भवनहरू छन् । जनताको जलविद्युत कार्यक्रमअन्र्तगत निर्माणाधीन त्रिशूली ३ ए ६० मेवावाट र बी ३७ मेघावाट क्षमताका दुई आयोजनाको काम चलिरहेको छ । ती आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ । यी आयोजनाले नुवाकोट र रसुवालाई नै जोडेको पनि छ । विद्युत गृहको प्रायःजसो भूभाग भने नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा पर्दछ । चिनियाँ कम्पनी सूयकाएनएचई ग्रुप कम्पनीले सिभिल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन निर्माण जडान तथा सञ्चालन गर्दै आएको छ । अबको केही महिनापछि दुबै आयोजनाले उत्पादन दिने जनाइएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुद्रटार–त्रिशूली ३ बी हव प्रशारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । जलस्रोतको धनी देश नेपाल भन्ने भनाइ यहाँको भूगोलले प्रमाणित गर्दछ । राज्यले तदारूकता देखाएको खण्डमा हाइड्रोपावरको हब नै बन्न सक्ने सम्भावना प्रबल देखिन्छ यस ठाउँ ।

सिउरेनीसम्म पिच भएका कारणले यात्रा सहजै रह्यो । त्यसपछि कच्ची बाटोले गर्दा सजगतापूर्वक साइकल चलाउनु पर्ने भएको छ । पहिरेभिर आइपुग्यो । रातको वर्षाले गर्दा पहिरेभिरमा पहिरो गएको रहेछ । बाटो नै बन्द छ । साइकल बोकेर भए पनि अगाडि बढ्न कोसिस ग¥यौँ । भिरबाट निरन्तर माटो र ढुङ्गा खसिरहेको थियो । अगाडि बढ्न सम्भव भएन । वैकल्पिक बाटो रोज्नु प¥यो । मूलबाटोको मुनि अर्थात् त्रिशूली खोलाको किनारै किनार साइकल डो¥याउँदै हिड्यौँ । खहरे खोला तर्नका लागि फल्याक बिछ्याइएको रहेछ । साइकल डो¥याउँदै पार ग¥यौँ एक–एक गरेर । कहिले साइकल डो¥याउँदै कहिले साइकल बोक्दै सुकौरे खोलाको पुल पुग्यौँ । वर्षातको पानीले गर्दा बाटो बिग्रेको छ । साइकल चढ्न नमिल्ने छ कतैकतै । डो¥याउँदै यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । बल्ल आइपुग्यो । शान्ति बजार । १५÷२० वटा घरहरू रहेको शान्ति बजार स्थानीयहरूको व्यापारिक केन्द्र रहेछ । बजारमा स्थानीयहरूको भिडभाड देख्दै छौँ । शान्ति बजारबाट अगाडि बढ्ना साथ चारैतिर पहाडका कन्दराबाट झरिरहेका सेताम्ये झरनाहरू अनगिन्ति देखिए । बाटो छेउछाउमा विभिन्न प्रजातिका रङ्गीन फूलहरू देखियो । ती आफैँ उम्रेका प्रवृmतिका उपहार हुन् । भिन्न भिन्न रङ्गका फूलहरू टिप्न व्यस्त थिए हरिवंश ढकाल । फूल टिप्दाटिप्दै उनले प्रतिक्रिया दिइहाले–अध्ययन अनुसन्धान गर्ने र प्रयोगमा ल्याउने हो भने बहुमूल्य हुने थियो होला सायद यी फुलहरू । माल पाएर चाल नपाएका हामी नेपाली बाटोमा ढुङ्गै ढुङ्गा र रूख ढलेर काठ कुहिरहेको देखिन्छ । सदुपयोग देखिँदैन ।

कर्ण दाइ पनि के कम ! उहाँले पनि भनिहाल्नुभयो–निकुञ्ज वा वन उपभोक्ता समितिसँग अधिकार लिएर मात्र प्रयोगमा ल्याउन सकिन्छ यी सामग्रीहरू । कागजी अभ्यास झन्झटिलो हुनाले त्यति वास्ता गर्दैनन् गाउँलेहरू पनि ।
सिम्ले बजार आइपुग्यो । बस्ती छिटफुट देखिन्छ । यहाँ एउटा होटल छ तिलक होटेल एन्ड लज । खाना खाजाका लागि भिडभाड लाग्ने रहेछ होटलमा । होटलका सञ्चालक तिलक तामाङ मेरो चिनजानका मित्र हुन् । उनलाई चिनेको पनि एक दशकभन्दा बढी भइसकेकोे छ । सामान्य भलाकुसारीपछि उनीसँग छुट्यौँ । बाटो हिँड्ने व्रmममा देख्याँै चिया एन्ड कफीसप । आफू परियो कफीको पारखी । गाउँका क्याफे भए तापनि सरसफाइ राम्रै छ । कफीसपका साहुजीले वैदेशिक रोजगारबाट फर्केर व्यवसाय गरेका रहेछन् । उनले मान्छे अनुसारको कफी बनाउँदा रहेछन् । अर्थात् ग्राहकलाई सोधेर रेडिमेट कफी वा भुटेको कफीको गेडा धुलो पारेर । हामीले धुलो पारेको कफी पियौँ । कफी स्वदिष्ट भएको कारण पुनः एक कप कफी थप्यौँ ।

साइकल यात्रामा हिँड्दा ठाउँठाउँमा विश्रामका साथै भूगोलको बारेमा पनि जानकारी लिने मेरो स्वभावका कारण सबैभन्दा पछि मै पर्दो रहेछु । अरू सबै अघिअघि गइसकेका हुन्छन् । म पछि नै परिरहेको हुन्छु । तर मसँग कुमार श्रेष्ठ भाइ पनि सँगै हुन्छन् ।

कच्ची, ओरालो ओराला त्रिशूली नदी छेउमै बाटो । नदीमा पानीको बहाव निकै उर्लदो छ । घरका दलिनदेखि लुगाफाटा बगेको देखिन्छ । कतै वर्षातको पानीले गाउँनै बगायो कि भन्ने चिन्ता । भगवान भरोसा । खोलाको पानी धमिलो छ । बालुवा, ढुङ्गा बगिरहेको छ । हजारौं हजार टिप बालुवा बगेर भारत पुगेको छ । यसमा सुनिल श्रेष्ठमा ठुलो चिन्ता छ । उनी भन्दै छन्– ‘राज्यलाई कर तिरेर व्यवस्थित तवरले बालुका निकाल्न दिँदा हानी कसैको हुँदैन । यो जसरी पनि बगेरै जाने हो । गणेश तथा लाङटाङ हिमालबाट बग्ने पानीमा सुन, चाँदी तथा फलामका कणहरू प्रशस्त मात्रामा होलान् । ती बहुमूल्य वस्तुको प्रशोधन गर्न सकेमा राज्यको ढुकुटी पनि बलियो हुन जान्थ्यो’ ।

बाटो हिँड्दा पहराबाट खसेको पानीको शीकरले शरीरमा स्पर्श गर्दा छुट्टै आनन्द आउँछ । पहराको खोँचै खोँच हिँड्न पर्ने । कतै पहरा नै खसेर भौतिक क्षति त हुने होइन भन्ने डरले सताउँछ हामी सबैलाई ।

ऊः भाङ्गे झरना ! कठिन यात्राको बाबजुद आइपुग्यो गन्तब्य स्थल अर्थात् भाङ्गे झरना । शरीर शिथिल भएको छ । भोकले सताएको छ । भोक मेट्न झर्ना नजिक रहेको अस्थायी होटलमा छि¥यौँ । चाउचाउ कफी र काँव्रmो खायौँ थपी थपी ।

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा.नंं २ डाँडागाउँमा भाङ्गे खोलाबाट निर्मित हो भाङ्गे झरना । नेपाल चीनको अन्तराष्ट्रिय सडक वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत शान्ति बजार र सल्लेटारको बिच भागमा रहेको झरना १५० मिटरको उचाइमा रहेको छ ।

रसुवा जिल्लाकै उत्तरगया गाउँपालिकाको बर्ले पोखरीबाट बगेको निश्चल पानीमा वर्षातको पानीहरू मिसिएर भाङ्गे झरनामा परिणत हुन्छ । पहरामा ठोकिएर पानीका छिटाहरू फाटिएर छर्दाको दृश्य निकै आकर्षक देखिन्छ । दुधजस्तो सेतो रङको पानी फिँजिएर झर्दाको दृश्य र आवाजले स्फूर्ति दिलाएको अनुभव हुन्छ । झरनाको मुन्तिर पोखरी जस्तो बनाएको छ । जुन पोखरीमा डुबेर आनन्द लिनुका साथै पोखरीमा माथिबाट आएको छाँगाको बेगमा टाउको र ज्यान थापेर आफ्नो शक्ति प्रर्दशन गर्दछन्–यात्रीहरू । हामीले पनि त्यो मनोरञ्जन लियौँ । झरनाबाट उठेको शीकरले हामीलाई मायालु स्पर्श गरिरह्यो ।

झरना भनेको चट्टानको बिचबाट बग्ने नदी वा पानीको ठाडो रूप हो । झरनाहरू इरोसन भनिने प्रव्रिmयाबाट बनेको हुन्छ । पानी वा हावा जस्ता प्रावृmतिक शक्तिहरूले समयको अन्तरालमा पृथ्वीलाई नष्ट गर्दछ । झरनाले चुन ढुङ्गाहरूलाई पगालेर बगाउँछ तर ग्रेनाइट जस्ता कडा चट्टानलाई पगाल्न सक्दैन । झरना वास्तवमा पृथ्वीमा निर्मित वास्तुकलाका एक नमुना प्रतीकका रूपमा स्थापित छ । झरनाले नदीको प्रवाहको अनियमिततालाई सहज बनाउँछ । जलजिवीहरूलाई अक्सिजन उपलब्ध गराई बाँच्नका साथै झरनाको वरिपरि चिसो हुने भएकाले चिस्यानका कारण खेतबारीमा उत्पादन राम्रो हुन्छ । झरनाको अवलोकनले तनाव र डिप्रेसन कम हुनाका साथै मानव जातिमा सकारात्मक सोचको विकास हुन्छ भन्ने मान्यता कतिपय विद्वानहरू राख्छन् ।

झरना हेर्नका लागि यात्रा गर्ने परम्परा थालनी भएको सम्भवतः धेरै भएको छैन । सहरी सभ्यताले नै मानिसलाई झरनाप्रति आकर्षित गरेको होला सायद । १८ औ‘ शताब्दीदेखि झरना पर्यटन गन्तव्यका रूपमा चिनिन थाल्यो । नेपालमा झरना हेर्न जाने आम चासो भर्खर भर्खर मात्रै सुरु भएको हो । त्यसैले हामीले अझै झरनालाई पर्यटकीय हिसाबले व्यवस्थित गर्न सकेका छैनौ । झरनालाई जलविद्युतको स्रोत मानिन्थ्यो । २० ऑैं शताब्दीको मध्येदेखि नयाँ झरनाको खोजी र पर्यटनको विकासका लागि अनेक किसिमले कामहरू अघि बढिरहेका छन् । यो भाङ्गे झरना पनि भर्खर भर्खर मात्रै चर्चामा आउन थालेको हो ।

झरना प्राचीन संस्वृmतिमा पनि एक पवित्र गन्तव्य मानिन्छ । झरनाको पानीमा शुद्वता हुन्छ । मानव जातिका लागि झरनाको पानी उत्तम मानिन्छ । पानी भूमिगत जलासयमा लुकेको हुन्छ । पृथ्वीमा ७० प्रतिशतको सङ्ख्यामा पानी रहेको छ । संसारको सबैभन्दा अग्लो झरना भेनेजुएलाको एन्जेल फल्स हो र यसको लम्बाई ८०७ मिटर छ । नेपालमा मुख्यतया पाचल झरना, पोकली झरना, रूपसे झरना, भोटेकोशी झरना र अन्नपूर्णको रोडसाइड झरना प्रख्यात छन् । झरना बारहमासी, रूकावट र मानव निर्मित गरी तीन किसिमको हुन्छ ।

भाङ्गे झरना रूकावटमा पर्दछ । भाङ्गे झरनाले वर्षमा चार महिना मात्र निरन्तरता पाउँदछ । झरनाको शिर डाँडागाउँमा ठुलो पोखरी बनाएर वर्षाको पानी जम्मा गर्न सकेमा अन्य समयमा पनि यो झरना सुचारू गर्न सकिन्छ र पर्यटकीय स्थलको रूपमा यसलाई विकास गर्न सकिन्छ भन्ने लाग्यो । सायद त्यस किसिमको सोचको विकास भएको पनि होला स्थानीय सरोकारवालाहरूका बिचमा । सबै वस्तुस्थिति नियालिसकेपछि यो स्थान आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्छ भन्ने लाग्यो ।

उत्तरगया गाउँपालिकाले भाङ्गे झरनाको भौतिक पूर्वाधार विकासका लागि डिपिआर तयार गरिसकेको र निकट भविष्यमा चरणबद्व रूपमा पूर्वाधार निर्माण गरिने जानकारी हामीले त्यहीँ पुगेपछि प्राप्त ग¥यौँ ।

टिकटकलगायत अन्य सामाजिक सञ्जालमा भाङ्गे झरना भाइरल भएपछि आन्तरिक पर्यटकहरू आउने सङ्ख्यामा वृद्वि भएको छ भन्ने स्थानीयको भनाइ छ । विशेषगरी रसुवा, नु्वाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुरबाट हजारौं सङ्ख्यामा यहाँ आउने गर्दछन् । यस झरनालाई मैलुङ, बाहुबली आदि नाम नदिन स्थानीयको आग्रह छ ।

वरिपरि सुविधायुक्त बासस्थानको अभाव रहेको छ । कोही टेन्ट टाँगेर रात बिताउने पनि गर्दछन् । झरना वरिपरि प्लाष्टिक र बियरका बोतलहरू यत्रतत्र देखिन्छ । यो चाहिँ एक प्रकारले हाम्रो संस्कार जस्तै बनिसकेको छ । ती वस्तुहरू उपयुक्त ठाउँमा विर्सजन गर्दा सफा सुघर देखिन्थ्यो तर हाम्रो सोच यसतिर जाँदैन खै कुन्नि किन हो ! भाङ्गे झरनाको नजिकै सानातिना झरनाहरू धेरै छन् । यहाँ रहेका झरनाहरूको पानी त्रिशुली नदीमा मिसिन्छ ।

भाङ्गे झरनाको दृश्य अवलोकनका लागि दक्षिणतिर पहाडको डिलमा बारले बारेर विश्राम स्थलको निर्माण गरिएको छ । उक्त ठाउँमा जान शान्तिबजारबाट अगाडि बढ्ने क्रममा बायॉ तर्फको गोरेटो बाटोको यात्रा गर्नुपर्छ । पैदल वा मोटर साइकलको माध्यमबाट पनि पुगिन्छ त्यहाँ । विश्रामस्थल उच्च ठाउँमा रहेको छ । चारैतिर पहाडले घेरिएको भूगोल छ । क्षणभरमै वातावरण बदलिन्छ । कालो निलो परिवेश हुन्छ । झमझम पानी पर्छ । उज्यालो घामको प्रकाश छरिन्छ । बाक्लो कुहिरोको दौडादौड हुन्छ । यस्तै घटनासँगको साक्षतकार गर्दाको अनुभूति बिछिटट्ै रमाइलो हुन्छ ।

त्यहाँ जानका लागि छिँडीको निर्माण गरिएको छ । भाङ्गे झरना आउनेहरूमध्ये प्रायःजसो युवायुवतीहरू त्यहाँ जान्छन् । फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन् जसका कारण यहाँको लोकप्रियता बढ्दै गएको छ ।
०००

भाङ्गे झरनाको निश्चल पानीसँग आत्मीयता साट्दै हामी फर्किने तर्खरमा छौ‘ । फर्कँदा सिम्लेस्थित तिलक होटल एण्ड लजमा खाना खायौँ । पहिरेबेसीमा पहिरो हटाउन दुई वटा डोजर प्रयोगमा ल्याएको थियो । सयौँको सङ्ख्यामा यातायातका साधन रोकिएको थियो । हिँडेर भएपनि आन्तरिक पर्यटकहरू गन्तव्य स्थलसम्म अघि बढिरहेका थिए । हिलाम्मे बाटो भएकाले हामीले साइकल काँधमा राखेर निकै कठिनताका साथ पहिरो छिचल्यौँ । दिनको १ः०० बजे हामी बट्टारस्थित आ–आफ्नो घरमा आइपुग्यौँ । हामीले साइकल यात्रा धेरै ग¥यौँ तर आज बट्टारदेखि भाङ्गे झरनाको यात्रा अविष्मरणीय रह्यो । घरमा आइपुगेर थकाइ मर्दा पनि झरनाको झरझर आवाज भने सङ्गीत बनेर कानमा गुञ्जिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top