२०८१, १४ बैशाख शुक्रबार

गौरिबेंशीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

डबली खबर     श्रावण २१ २०७८ ०६:००

Inauguration of 83th BLB under Sunrise Bank Limited - Battar Branch
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोटसनराइज बैंकले विदुर नगरपालिका वडा नम्बर १२ गौरिबेंशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बुधबार शाखारहित सेवाको उद्घाटन विदुर नगरपािलका-१२ का वडाध्यक्ष सिताराम अर्यालले गरेका हुन् । उक्त सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने नुवाकाेटका लागि बैंकका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बताए । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने उनले बताए ।

बैंकले गौरीबेसिंमा शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा रविन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हाल सम्म सनराइज बैंकले १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top