२०८१, १४ बैशाख शुक्रबार

कठिनाईको बीच हङकङ निर्यात व्यापार

उदय रानामगर     चैत्र १५ २०७७ ०७:२४

udaya rana mager china trade ambassador nuwakot new
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिश्वको अथतन्त्र व्यापारको जगमा अडेको छ । व्यापारमा उत्पादन कार्यले मात्र सफलता प्राप्त गर्न नसकिने कुरा विश्वका बैदेशिक व्यापारमा अब्बल ठहरिएको देशको अनुभवले बताउँदछ । व्यापारमा मुलतः बस्तु व्यापार तथा सेवा व्यापार अझ बढी महत्वपूर्ण रहेकोछ । विश्वमा उन्नत प्रविधिको प्रयोगसंगै व्यापारलाई उच्च प्रतिस्प्रर्धामा पुरयाई दिएको छ । प्रतिस्प्रर्धामा सफल देशले मात्र बिश्व व्यापारको ठूलो अंश ओगट्दै आएको छ । यो प्रतिस्प्रधामा ठूला अर्थतन्त्र भएका देशहरु जस्तो अमेरिका, चीन, जपान जस्ता देशहरु अग्रस्थानमा रही आएको छ । यस प्रतिस्प्रर्धामा नेपालको अवस्था भने दयनिय नै छ । हुनत नेपालको अर्थतन्त्रको मुख्य स्रोत बैदेशिक व्यापारबाट असुल गर्ने राजस्व नै हो । तथापि अर्थतन्त्रको मुख्य स्रोत कृषि, पर्यटन, उर्जा तथा औद्योगिक उत्पादनलाई मानिन्छ । यो क्षेत्रको अधिकतम रुपमा उपयोगबाट मात्र देशको अर्थतन्त्रलाई उकास्न सकिन्छ । यो क्षेत्रहरुलाई चलायमान बनाउने दायित्व फेरीपनि सरकार, नीजि क्षेत्र, र सहकारी क्षेत्रको रहेको छ । यि तीन खम्वे अर्थनीतिको माध्यमद्धारा मात्र नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ ।

नेपालको वैदेशिक व्यापार सन् १९५० भन्दा अघि चीन (तत्कालिन तिब्बत) र भारतसँग मात्र सीमित थियो । पछिल्लो तथ्यांकलाई हर्ने हो भने नेपालले विश्वका १८१ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले १२७ देशहरूबाट वस्तु आयात गर्ने गरेको छ भने ४२ देशहरूसँग आयात र निर्यात दुवै गर्दै आएको छ । आ.व २०७४।७५ मा आउदा ८५ प्रतिशत देशबाट मुलुकले निर्यातभन्दा बढी आयात गर्दै आएको छ । तर पनि देशको राजस्व संकलनमा निर्यात व्यापारको भूमिका अव्वल रहीआएको छ । कुल राजस्वमा भन्सार राजस्वको अंश ४४ प्रतिशत रहेको अवस्था छ । यस्तो अवस्थामा यसको आकारमा गरिने फेरबदलले अर्थतन्त्रमा राजस्वको आकार घट्ने वा बढ्ने हुन्छ । देशको कुल व्यापारमा आयतको अंश ९२.५ र निर्यातको अंश ७.५ प्रतिशत रहेको कुरा आ.व २०७६।७७ को तथ्यले बताउछ । सो आ.वमा गत आ.व २०७५।७६ को तुलनामा निर्यात ०.६२ प्रतिशतले बढेको भएता पनि आयत घट्न नसकेको हुदा (–१६.८३) प्रतिशतले व्यापार घाटा हुन पुगेको छ । व्यापार घाटालाई कम गर्नको लागि निर्यात व्यापारलाई थप प्रोत्साहन गर्नुपर्दछ । यो दिशामा सरकारको पुरै पर्यास जारी भएतापनि निर्यात व्यापार आशातित् रुपमा बढाउन सकिएको छैन । नेपालको निर्यात व्यापार करिब ६० प्रतिशत भारतसंग छ भने बाकी चीन र तेस्रो मुलुकसंग रहेको छ । दुई ठूला अर्थतन्त्रका साथै ठूलो जनसख्या भएको देश चीन तथा भारतमा हाम्रा बस्तु तथा सेवा निर्यातका प्रसस्त संभावना हुदा पनि यसबाट नेपालले आशातित् रुपमा फाइदा लिन सकेको छैन । यि दुवै देशमा हाम्रा उत्पादनको ठूलो बजार छ तर त्यो बजार हाम्रो लागि उपयोगी भएन ।

चीनको बिशेष स्वशासित क्षेत्रको रुपमा रहेको हङकङको अवस्थालाई हेर्दा यो सानो क्षेत्र भएतापनि आर्थिक गतिविधिका हिसावले ठूलो आर्थिक क्षेत्रको रुपमा रहीआएको छ । नेपालको लागि यो क्षेत्र चीनको अन्य क्षेत्रको तुलनामा दुरीको हिसावले टाडा छ । यसको साथै निर्यात व्यापारको लागि सतह मार्गको उपलव्धता छ तर यो मार्ग सजिलो छैन । हबाई मार्ग छ तर हबाई भाडाको कारण निर्यात व्यापार तर्फ व्यापारिक बर्गको रुची कम छ । नेपालको हङकङसंगको व्यापार विगतको तुलनामा बढ्नुको साटो घट्दो रहेको छ । जसले गर्दा आ.व २०७६।७७ मा नेपालको निर्यात व्यापार हङकङसंग घाटामा रहीआएको छ । नेपालको हङकङ निर्यात हेर्दा आ.व २०७६।७७ मा ३३ करोड मात्र छ भने आयत ३३० करोड हुन पुगेको छ । यसको विबिध कारणहरु रहेको पाइन्छ । हङकङसंग व्यापारको लागि सहज मार्ग नहुनुको साथै हङकङ सरकारबाट विगतमा दिदै आएको अनएरावल भिसालाई सन् २००५ बाट बन्द गरेको छ जस्ले गर्दा व्यापार थप जटिल बनेको छ । नेपालबाट निर्यात हङकङ निर्यात हुने बस्तुहरुमा कृषिजन्य उत्पादन, हयान्डिक्रयाफ्ट, चिया, जडिबुटी आदी छन् त्यसको मात्र हेर्ने हो भने साह्रै न्यून छ । हवाई भाडा महगो छ प्रति के.जि ४० देखि ५० हङकङ डलर भाडा लाग्ने हुदा नेपाली बस्तुको मुल्य भारतबाट आउने त्यहि प्रकृतिको बस्तुको मुल्यभन्दा बढी पर्न जान्छ र हाम्रो बस्तु भन्दा भारतिय बस्तुले बजार पाउदै आएको छ । नेपालबाट हङकङ आउने खाद्यधन्य पदार्थको गुणस्तरि परिक्षण प्रति पनि शंका गर्ने गरिन्छ ।
नेपालबाट हङकङ निर्यातका लागि मुलतः कोलकत्ता, तातोपानी, केरुङ नाकाको प्रयोग हुने गर्दछ । तर यी मार्गहरु सहज मार्गको रुपमा छ्रैनन् । नेपालको तातोपानी र केरुङ हुदै निर्यात गर्दा करिव १ महिना समय लाग्ने गरेको छ । त्यसैगरी कोलकोत्ता नाका हुदै गरिने नाका पनि सहज छैन । यस नाकाबाट समान निर्यात गर्दा ३५ देखि ४५ दिनसम्म लाग्ने गरेको छ । ढुवानी गर्दा कोलकोत्ताबाट निर्यात गर्दा प्रति कन्टेनर अमेरिकन डलर ५२०० सम्म लाग्ने गरेको छ । त्यसमा पनि डिटेन्सन चार्ज जोडिन्छ । यो र यस्ता कारणहरुले गर्दा हङकङ निर्यात लागतको हिसावले समेत चूनौतीपूर्ण रहेको देखिन्छ ।

अर्को तर्फ नेपालबाट हङकङ समान निर्यातको लागि हङकङको बजारको माग संकलन गर्न सकिएको छैन । त्यो कार्य गरिएको खण्डमा पनि बजारको माग अनुसारको बस्तु निर्यात गर्न सक्ने किसिमको क्षमता छैन । एकातिर उत्पादन नहुनुको पिडा त छदैछ अर्कातर्फ उत्पादीत समानको गुणस्तरियता र प्याकेजिङ, ब्राण्डिङको ठुलै समस्या छ । निर्यातको लागि गुणस्तरिय बस्तु भएपनि प्याकेजिङ कमजोर भएमा त्यसले लागत उठाउन नसकेको उदाहरण धेरै छन् । बिश्व बजारमा ब्रान्डिङको ठूलो महत्व रहन्छ । तर हाम्रा उत्पादनलाई ब्रान्डिङ गरी बजारीकरण गर्न सकिएको छैन । त्यसैगरी निर्यातको लागि पर्याप्त बस्तु उत्पादन हुन आवश्यक हुन्छ । त्यसमा पनि बाहय बजारको मागको आधारमा बस्तु उत्पादन गरिनु पर्छ । उत्पादनमा पनि कृषिजन्य उत्पादन, हयान्डिक्रयाफ्ट, जडिबुढी जस्ता बस्तुहरुको माग भएको हुनाले त्यस्ता बस्तुहरुको उत्पादनमा जोड दिनु पर्छ । तर हाम्रो मन्त्रालयगत समन्वयको अभावले गर्दा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राथमिकतामा राखेको बस्तुहरुको उत्पादनमा कृषि मन्त्रालयले बजेट बिनियोजन गर्ने गरेको छैन । त्यसैगरी बन मन्त्रालयले बनजन्यबस्तु उत्पादनलाई दिने प्राथमिकता निर्धारणमा बाणिज्य मन्त्रालयसंग समन्वय सहकार्य छैन । त्यसकारणले पनि नेपालको निर्यात व्यापारमा बिश्वबजारको मागको आधारमा पर्याप्त मात्रामा उत्पादन हुन सकिरहेको छैन ।

त्यसको अतिरिक्त केही सानो सख्यामा रहेका निर्यातकर्ताहरुले बढी मुनाफा छोटो समयमा नै प्राप्त गर्ने उदेश्यले मिसावट गर्ने गुणस्तरियता परिक्षणमा छलकपट गर्ने गर्दा हङकङको बजारमा नेपाली उत्पादनले बजार पाउन सकेको छैन । नेपालबाट आउने खाद्यान्न लगायतका तरकारी पनि भारतिय बस्तुसंग प्रतिस्प्रर्धा गर्न सकेको छैन । यस्तो अवस्थामा नेपाली बस्तुलाई हङकङको बजारमा बिक्रि बढाउनेको लागि सर्वप्रथम हङकङको बजार बिश्लेषण गरी बजारको माग संकलन गरी गुणस्तरिय बस्तु, उचित प्याकेजिङ, तथा ब्राण्डिङको आधारमा निर्यात गरिनु पर्दछ । साथै पुस सेल गर्न सक्ने बस्तुहरुको समेतको पहिचानको आधारमा बस्तु उत्पादन गरी निर्यात बढाउन सकिन्छ ।
हाल १०० वटा वस्तुमा सीमित रहेको निर्यात व्यापारलाई बढाई देशगत र वस्तुगत विविधीकरण गर्नुपर्छ । निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने, लचिलो श्रम सम्बन्ध कायम गर्ने, औद्योगिक सुरक्षाको वातावरण सिर्जना गर्नुपर्छ । कृषिलाई व्यवसायीकरण गरी कृषिजन्य उत्पादन बढाई कृषिजन्य आयतलाई प्रतिस्थापना गर्ने गरी यस क्षेत्रमा लगानी बढाउनुपर्छ । हङकङमा निर्यात बढाउनको लागि केही कठिनाईको बागजुत पनि बजारको बिश्लेषणले मात्र नेपालको निर्यात व्यापार बढ्न नसक्ने भएकोले मागको आधारमा बस्तु उत्पादन गरिनु पर्छ । औद्योगिक, कृषिजन्य वस्तु उत्पादन र उत्पादनमा मूल्य शृंखला बढाउने प्रयास गरी वस्तु उत्पादन, प्रतिस्पर्धी क्षमता विकास, तुलनात्मक लाभका वस्तु र सेवामा विशेषज्ञता हासिल गरी निर्यात बढाउनु पर्छ । नेपालमा बस्तुको उत्पादन व्याबसायी ढंगबाट हुन नसकेको कारण सानो सानो झुण्डमा हुने उत्पादनले गुणस्तरियता कायममा गर्न कठिन हुन्छ । त्यसकारण पनि ठूलो सख्यामा निर्यातजन्य बस्तु उत्पादनमा अनुदानको व्यवस्था गरेर व्यवसायिक घरानालाई उत्पे्ररित गर्नुपर्छ । यसो गर्न सकिएको खण्डमा नेपालको उत्पादनले हङकङको बजारमा स्थान पाउन सक्ने र नेपाल र हङकङ बीचको व्यापार घाटालाई केही हदसम्म घटाउन सहयोग गर्छ र वैदेशिक व्यापार घाटालाई वाञ्छित सीमाभित्र राखी यसैको माध्यमबाट नेपाल सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानमा थप सहयोग पुग्न जाने देखिन्छ ।

लेखक हङ्ककङ्कमा महावाणिज्यदूतको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top