२०८१, १४ बैशाख शुक्रबार

विदुर नगरपालिकाद्वारा डस्टविन वितरण

डबली खबर     कार्तिक २५ २०७७ १४:४५

dustbin distribution bidur municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – विदुर नगरपालिकाले “एकीकृत फोहोरमैला व्यवस्थापन अभियान रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन” अन्तर्गत वातावरण सफा राख्न नगरमा १४२ वटा डस्टविन वितरण गरेको छ ।

मङ्गलबार बट्टारमा आयोजित कार्यक्रममा नगरभित्र उत्पादित फोहोरलाई व्यवस्थापन गर्न डस्टविन वितरण गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले “विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर” नाराका साथ टोलटोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने बताए । कुनै पनि स्थानको पहिचान सरसफाईमा आउने भएकोले आफ्नो र स्थानको पहिचान दिलाउनको लागि टोल, समाज र नगरको सरसफाईमा लाग्नुपर्ने उनले बताए । दैनिक १२ टन फोहोर सङ्कलन भइरहेको हुनाले उक्त फोहोरलाई कम गर्न र नगरको सरसफाईलाई ध्यान दिनको लागि कुहिने र नकुहिने फोहोरलाई रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन कार्यक्रमको सुरुवात आजैबाट भएको उनले जानकारी दिए ।

डम्पिङ साईड नजिक केन्द्रीय कारागार बनेको हुनाले गृह मन्त्रायलबाट स्थान्तरण गर्नुपर्ने निर्देशन अनुरुप अर्को स्थान पहिचानको लागि खोजी गर्नको लागि वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको जानकारी दिए । बढ्दो शहरीकरणले नगरमा फोहोरको मात्रा पनि बढ्दै गईरहेको हुनाले शहर सफा र सुन्दर राख्नको लागि नगरबासी स्वयम्ले नै फोहोरलाई वैधानिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । सुरुवाती चरणमा नगरका वडा नम्बरहरु १, २, ४, ५, ६, ८, ९ र १० मा यस अभियान सञ्चालन गरिने छ भने कुहिने फोहोरलाई घर, करेसाबारीमै प्रयोग गर्नुपर्ने र नकुहिने फोहोरबाट मोहोर आम्दानी उठाउनको लागि नगरबासीलाई अनुरोध गरे ।

कार्यक्रममा उपप्रमुख गीताकुमारी दाहालले फोहोर गर्ने हातहरुबाटै सरसफाई सुरु गरे मात्र नगर स्वच्छ र सफा हुने बताईन । नगरलाई सफाई राखेर नमुना शहरको परिकल्पना गर्नुपर्ने र नगरको सरसफाई अभियानमा सबै नगरबासीहरुले सहभागी भइ साथ दिनुपर्ने बताईन्। उनीले फोहोर निस्कने स्रोतमै फोहोर छुट्याइएर वर्गीकरण गरेर व्यवस्थापन गर्न सेग्रिगेसन हाउस निर्माणको योजना कार्यन्वयनको पक्षमा रहेको जानकारी दिईन् ।

नगरपालिकाको यस वर्षको नीति तथा कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापनको लागि ४१ वटा टोल विकास समिति पनि गठन भईरहेको छ । उक्त नीति र कार्यक्रम अनुसार स्तरीय विधिको माध्यमबाट आफ्नो टोल सरसफाई राखेमा उत्कृष्ट टोल विकासलाई पुरस्कृत पनि गरिने भएकाले उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरिन्।

कार्यक्रममा वडा नम्बर ४ वडाध्यक्ष टलकमान श्रेष्ठले फोहोर भनेको स्वास्थ्य, चेतना र सभ्यतासँग जोडिएको हुनाले २१ शताब्दीमा महत्वपूर्ण विकासको मेरुदण्डको रुपमा रहेको हुनाले सरसफाईलाई अघि लिएर बढ्नुपर्ने बताए। नगरका विकासलाई सूचकिंत गर्न फोहोरले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले नगरपालिकाले लिएको अभियानमा नगरबासीले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका वातावरण तथा सरसफाई शाखाका संयोजक सुबास पाण्डेले नगरले कुहिने र नकुहिने फोहोरलाई वैधानिक रुपमा सङ्कलन गर्न नगरपालिकाले पहिलो चरणमा बट्टारको पुरानो बजार स्थित एक सय ४२ घरधुरीलाई पुग्ने गरि स्थानीय टोल सुधार समिति मार्फत उक्त डस्टविन वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार “यो नियम लागू भइसकेपछि नगरपालिकाको क्षेत्रअन्तर्गतका बासिन्दाले आफ्नो घर भित्रै फोहोरलाई २ भागमा विभाजन गर्नुपर्ने छ ।” वितरण गरिएको डस्टविन निलो रङ्गको बाल्टिनमा नकुहिने (अजैविक) र हरियो रङ्गको बाल्टिनमा कुहिने (जैविक) फोहोर नगरबासीले राख्नुपर्ने छ भने फोहोर संकलनकर्ताले रङ्ग अनुसार बारमा आधारित फोहोर सङ्कलन गरिने छ।

नगरले आईतबार, मङ्गलबार, बिहिबार र शनिबार नकुहिने फोहोर (निलो रङ्गको बाल्टिन) सङ्कलन गर्नेछ भने सोमबार, बुधबार र शुक्रबार कुहिने फोहोर (हरियो रङ्ग बाल्टिन) सङ्कलन गर्नेछ ।

वितरण गरिएको दुई डस्टविन (निलो र हरियो)मा एउटा विदुर नगरपालिकाले नि:शुल्क र अर्को टोल सुधार समितिले टोलका प्रत्येक घरधुरी अनुसार ४५० रुपैंयाँमा उपलब्ध गराएको विदुर नगरपालिकाका वातावरण तथा सरसफाई शाखाले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top