२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

“लकडाउनको कारण पोल्ट्री व्यवसाय नै धरासायी”: विष्णु रिमाल

डबली खबर     बैशाख १३ २०७७ १०:४४

bishnu rimal member of nepal hatchery organization nuwakot dabali khabar
pratik book and stationery center in nuwakot

लकडाउन भएपनि पोल्टीको काम गर्ने भएकाले नियमित काम भइरहेको छ । पहिलाको जस्तो काम भएको छैन । तनावका वीच काम भइरहेको छ । अहिले पोल्टी व्यवसायमा उत्पादन भएका कुखुरा विक्री मै समस्या रहेको छ । सरकारले विहान ६ बजेदेखि ८ बजेसम्म मात्रै विक्री गर्न दिन्छ । दुई घण्टा मात्रै पसल खुल्ने भएकाले उत्पादित कुखुरा विक्री हुन सकेको छैन । विहान मात्रै पसल खुल्ने भएकाले मासु खान खोज्नेहरुले पनि सहज रुपमा बजार पाउन सकेका छैनन् । नुवाकोटमा लकडाउन अघिसम्म एक सातामा एक लाख ५० हजार चल्लाको माग थियो । अहिले त्यो घटेर २०/२५ हजारमा झरेको छ । तयार भएको कुखुरा विक्री हुन नसकेको कारणले गर्दा चल्लाको माग थोरै भएको हो । अनि अहिले दानाको पनि समस्या छ । दाना बनाउनको लागि चाहिने कच्चा पदार्थ पाइँदैन । दानाको लागि कच्चा पदार्थ बाहिरबाटै आउने गर्दछ । नेपालको मकै, भट्टमास र पिना कुनै पनि कच्चा पदार्थले पुग्दैन, नपुग्ने भएकाले भारतबाट लेराउनुपर्ने बाध्यता रहेको छ । फेरी कुखुरा समयमा विक्री नहुने समस्याका कारणले गर्दा दाना कम खुवाएर दानाको वचत गर्नुपर्ने बाध्यता छ । विक्रीको कुरा गर्दा धेरै कम विक्री हुन्छ । अहिलेसम्म मासुको मूल्यमा गिरावट आएको छैन । दाना ढुवानी, कुखुरा ढुवानीमा कुनै समस्या छैन । तर, बेलुकी पसल नखुल्ने र विहान मात्र पसल खुल्ने भएकाले खरिद गर्ने व्यक्तिले चाहे अनुसार खरिद गर्ने समय पाउँदैनन् । त्यसैले बजार छैन । मान्छेलाई आफूलाई आवश्यक परेको बेलामा बजारमा गएर खरिद गर्ने वातावरण नभएपछि बजार विग्रने गर्दछ ।

अण्डाको कुरा गर्नुपर्दा कुखुराको अण्डाको मूल्य विगत पाँच महिनादेखि घटिरहेको छ ।

नुवाकोटमा प्रत्यक्ष रुपमा पाँच हजार जनशक्तिले लाभ लिइरहेका छन् । घरको परिवारको संख्या समेत जोड्ने हो भने २० हजार भन्दा बढीले रोजगार पाइरहेका छन्–पोल्ट्री व्यवसायमा । अण्डाको कुरा गर्नुपर्दा कुखुराको अण्डाको मूल्य विगत पाँच महिनादेखि घटिरहेको छ । लागत मूल्य भन्दा निकै कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको छ । ह्याचरीमा धेरै घाटा व्यहोर्नु परेको छ । दैनिक ५० लाख रुपैयाँको घाटा नुवाकोटका पोल्ट्री व्यावसायमा परेको छ । लकडाउनको कारण मानिस सामान लिन जानै समस्या भएपछि दैनिक उपभोग्य सामान भन्दा बाहेक अरु सामानमा मान्छेको ध्यान पनि कम जान्छ । बजार सहज रुपमा नखुलेका कारण उत्पादित अण्डाले बजार पाउन नसकेको हो ।

साना किसानको लागि यो लकडाउनको बेलामा चल्लामा अनुदान, दानामा अनुदान, विजुलीमा छुट दिने लगायतका कार्यक्रम ल्याएर व्यवसायलाई निरन्तरता दिलाउनु राज्यको दायित्व हो । पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको व्यवसाय हो, त्यसैले पनि राज्यले हेर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

जिवितको व्यावसाय भएकाले उत्पादन भएपछि विक्री गरि हाल्नु पर्दछ । एक दिन बजार लैजान सकिएन भने पनि ठूलो खर्च बढ्न जान्छ त्यसैले ठूला उद्योगलाई वैंकको व्याज मिनाहालगायतका कार्यक्रम ल्याएर बचाउन सकिन्छ । साना किसानको लागि यो लकडाउनको बेलामा चल्लामा अनुदान, दानामा अनुदान, विजुलीमा छुट दिने लगायतका कार्यक्रम ल्याएर व्यवसायलाई निरन्तरता दिलाउनु राज्यको दायित्व हो । पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको व्यवसाय हो, त्यसैले पनि राज्यले हेर्नुपर्छ भन्ने मेरो मान्यता हो । देशको अर्थतन्त्रमा चार प्रतिशत जिडिवी यसले ओगटेको छ । अहिले पनि लकडाउन भएको महिना पुगिसक्यो । चल्ला हालेर कुखुरा विक्री गर्ने समय नै लकडाउन वित्यो । त्यसैले जति किसानले यो समयमा चल्ला हाल्नु भएको थियो, सबैले घाटा व्यहोरिसक्नु भएको छ । अहिले दुई हजार कुखुरा पाल्ने किसानले कम्तिमा ३ लाख रुपैयाँ घाटा व्यहोर्नुपर्ने बाध्यता रहेको छ । त्यसैले पनि राज्यले किसानको पक्षमा सोच्ने बेला आएको छ ।

हामीले कृषि मन्त्रालय मार्फत हाम्रा समस्याहरुको बारेमा जानकारी गराएका छौँ । हामीले भने अनुसारको सहजता पनि भइरहेको छ । हाम्रो महासंघले पनि यसबारेमा पहल गरिरहेको छ ।

आन्दोलन लगत्तै कुखुराको मासु र अण्डाको मूल्यवृद्धि

कुखुराको मूल्यमा आएको गिरावटसँगै १० दिन चल्ला उत्पादन नहुने

लकडाउनको पालना सबैले गर्नुपर्छ । सम्पन्न देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि हामीले लकडाउनको पालना गर्नु अपरिहार्य रहेको छ । तर, सरकारले दैनिक उपभोग्य वस्तुको विक्री वितरणको समय तालिका विहान ६ बजेदेखि ८ बजेसम्म मात्र दिएकाले समस्या भएको छ । एउटा निश्चित समयमा मात्रै पसलहरु खुल्ने भएपछि त्यो समय बढी भीड लाग्ने गर्दछ । त्यसैले पसलहरु नियमित सञ्चालनमा ल्याएदेखि भीड घट्छ भन्ने हाम्रो बुझाई हो ।

सरकारले गरेको तयारी सन्तोषजनक रहेका छन् । जनसंख्या अनुसारको स्वास्थ्य संस्थाहरु थप गर्नुपर्छ भन्ने मेरो सुझाव हो । नुवाकोटमा भएका अस्पतालहरु पूर्ण रुपमा सञ्चालन गर्नुपर्छ जस्तो लाग्छ । क्वारेनटाइनको लागि स्कुललगायतका सार्वजनिक भवनहरु पनि लिनुपर्छ । जिल्लामा सामान लेराउने सवारी साधनमा सुरक्षा विधी अपनाएर मात्रै जिल्ला भित्रने वातावरण मिलाउनुपर्ने देखिन्छ । यसतर्फ सरोकारवालाले ध्यान दिनु आवश्यक छ । सामान ढुवानी गर्ने सवारी साधनमार्फत पनि यसको संक्रमण फैलिन सक्ने भएकाले सबै सवारी साधनमा सुरक्षित तवरले ढुवानीको व्यवस्था मिलाउनुपर्छ भन्ने सुझाव मेरो रहेको छ ।

(कुराकानीमा आधारित )

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top