२०८१, १४ बैशाख शुक्रबार

लकडाउनमा युवाको भूमिका, कर्तव्य र सामाजिक सक्रियता

डबली खबर     बैशाख १२ २०७७ ०८:३१

rameshwor gajurel youth responsibility on coronavirus lockdown period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

म कल्पना गर्थे २०७२ साल बैशाखमा गएको महाविनाशकारी भुकम्पभन्दा ठुलो कुनै बिपत्ति नि हुन्छ होला र ? त्यतिबेला सोच्नेसम्म गर्ने कुनै प्रखर आधार थिएन । जतिबेला मानिसले घरसँग सम्बन्धविच्छेद गर्दै खुल्ला आकाश ओढि धर्ती विछ्याइ डर र त्रास नजर अन्दाज गर्दै बिपनिमै सपनाको कल्पना गरेको थियो । आज ठिक उल्टो कल्पना भन्दा बाहिर अकल्पनीय बिपत्ति भोग्नु परेको छ । कालोदिन आज, भुकम्पले घर छोडिएको थियो आज घर नछोडी या भनुम घरभित्रै संसार परिकल्पना गर्दै संयमित भै आफु, परिवार, समाज, जिल्ला र राष्ट्रको सुरक्षामा हामिले आफ्नो जिम्मेवारीता वहन गर्दैछौँ ।

coronavirus affected in Nepal

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको तथ्यांक

आज विश्व कोरोना (कोभिड-१९) भाइरसबाट आतंकित भैरहेको छ । डिसेम्बर, २०१९ देखि चीनको वुहान प्रान्तबाट शुरु भएको यो भाइरसले आज विश्व भ्रमण गर्दै हर मानिसको मनमा सन्त्रासको धड्कन बढाएको छ । हालसम्म विश्वभर १ लाख ९० भन्दा बढीको ज्यान गैसकेको भने करिब २७ लाख मानिसमा भाइरसको सङ्क्रमण पुष्टि भैइसकेको छ। विश्व आक्रमित भैइरहदा नेपाल पनि अछुतो रहन सकेन । हालसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको छ। अझ अर्को सवल पक्ष नेपाल जस्तो स्वास्थ्य अवस्था नाजुक स्वास्थ्य सामाग्री अभावै अभावका बाबजुद पनि ९ जनाले कोरोना परास्त गर्दै घर फर्किसकेका छन् । सम्मान ती स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी एवम् तमाम आमनेपाली प्रती ।

कोरोनाको संक्रमण फैलन रोक्न र जोखिम न्यूनीकरणको लागि जारी गरिएको लकडाउनले निम्त्याएको आम नागरिकको असहज जीवनयापनमा सहजीकरणमा युवाको तल्लीन रहनु आजको आवश्यकता छ।

यस बाध्यकारी अवस्थामा आमनेपालीले हजारौं चुनौती सामना गर्दै लकडाउनलाइ महिना दिनसम्म पूर्ण पालना गर्न सफल भएका छौ । यस विषम समयमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा युवाको भुमिका र कर्तव्य उल्लेखनीय रुपमा देख्न पाएका छौ । नेपालको कुल जनसंख्याको ६५ % युवाले रहेको छ । भनिन्छ, युवा देशका मेरुदण्ड हुन जसमा देशका सम्पुर्ण अङ्ग उभिन तत्पर हुन्छ । उर्जनशिल सोच, शारीरिक रुपमा तन्दुरुस्त, सकारात्मक सोच, पुर्ण निर्णय गर्ने सामर्थ्य भएका उमेर समुहको मानिस नै युवा हुन् । युवा ति हुन जस्ले ब्यक्तिगत स्वार्थ भुली समाज, समाजभन्दा माथि क्षेत्र र क्षेत्रभन्दा माथि राष्ट्रको स्वार्थको बारेमा सोच्ने गर्दछ भने त्यो युवा हो । कोरोना सङ्क्रमण नियन्त्रणमा होस् या कोरोनाको संक्रमण फैलन रोक्न र जोखिम न्यूनीकरणको लागि जारी गरिएको लकडाउनले निम्त्याएको आम नागरिकको असहज जीवनयापनमा सहजीकरणमा युवाको तल्लीन रहनु आजको आवश्यकता छ।

कोरोनाको भयावहस्थिति भोग्दै गर्दा यी बिचमा युवाको भुमिका उल्लेख्य रुपमा रहेको छ । युवाले आज मुलुक लकडाउनमा रहदाँ त्यसको पुर्ण रुपमा पालना गराउन आफ्नो क्षेत्रमा समुदायमा सचेतना प्रदान गरि मुलुकलाइ जोखिमबाट मुक्त गर्न अटुट प्रयत्न गर्न सकिन्छ। हामी युवामा भएका सकारात्मक सोचको परिचालन गरि हामीभन्दा साना भाइबहिनी, आफुभन्दा माथिल्लो उमेरका आमाबुबा र वृद्ध बाआमासँग नरम भाषाशैली प्रस्तुत गरि एक अर्कामा मानसिकस्थितिमा ताजा किरण स्थिर राख्न उल्लेख्य भुमिका खेल्न सकिन्छ ।

आज यस स्थितिमा युवाले आफु र आफ्नो समुदायका सम्पुर्ण मानिसलाई तदारुकताका साथ आवश्यक परेको सहयोग गरि मानवीयता प्रकट गर्ने समय खडा भएको छ । हामि युवाले गर्न सक्ने आफ्नो दक्षता, क्षमताले गर्न सक्ने कार्य निर्वाह गरि आफ्नो कर्तव्य पुरा गर्नु पर्दछ ।
आशा छ यि भयावह स्थितिले भाइचाराको सम्बन्ध प्रगाढ पार्न सफल भने पक्कै हुनेछ ।

संक्रमणकालीन अवस्थामा हामी युवाले सामाजिक संजालमार्फत सहि र उचित समाचार सम्प्रेषण गर्नु जरुरी छ । गतल सुचना सम्प्रेषणले आमनागरिकमा त्रासपूर्ण र भयभित तुल्याउछ, विक्रनान्त बनाउँछ ।

आज तल्लीन रुपमा कोहि युवा सेता कपडा लगाइ आफ्नो ज्यान जोखिममा मुसेर डाक्टरको रुपमा दिनरात कडा मिहिनेत गरि बिरामीको सेवामा तल्लिन छ्न। कोहि युवा पुलिस बर्दी लगाइ दिनरात सुरक्षा को निमित्त सकृय भैरहेका छन्। कोहि युवा मिडियाले प्रदान गरेको प्रेस कार्ड काँधमा भिरी जनताको घरमै पुगी, सडक, सदन र समुदायको सत्य तथ्य सुचना प्रभाव गरिरहेका छन् । समग्रमा कोहि सामाजिक अभियान्ता, कोहि युवा नेता त कोहि आम युवा जो कोहि भएतापनि कोरोना संक्रमणको नियन्त्रणमा लागी परि सक्रियता जनाएका छन् । युवा नै समाज परिवर्तनको बाहक हो जसले जस्तोसुकै कठिन अवस्था सामना गर्नु पर्दा पनि पछि हट्दैन। यो भनिरहदा नेपालको ६५% युवा आज बन्द कोठामा ईन्टरनेटको सुविधा नपाउने हो भने मानसिक सन्तुलन गुमाउने खतरा बढ्दो छ युवाले आफुले आफुलाई आफुभित्रै सक्रिय बनाउनु आवस्यक छ । इन्टरनेटको माध्यमबाट अहिलेको संसारमा सूचना प्रवाह गर्न द्रुत रुपमा भएको छ । अहिलेको संक्रमणकालीन अवस्थामा हामी युवाले सामाजिक संजालमार्फत सहि र उचित समाचार सम्प्रेषण गर्नु जरुरी छ । गतल सुचना सम्प्रेषणले आमनागरिकमा त्रासपूर्ण र भयभित तुल्याउछ, विक्रनान्त बनाउँछ । कुन समाचार, सूचना सहि छ सेयर गर्नुभन्दा पहिले आधिकारिक रुपमा पत्ता लगाई सम्प्रेषणग गर्नुपर्छ । इन्टरनेटमार्फत कुनै पनि समाचार, सूचनाको यथार्थ जानकारीको तथ्य, सत्य पत्ता लगाउनु हामी युवाको दायित्व हुन्छ । सहज रुपमा निराधार सूचना, समाचार सम्प्रेषण नगरौं सभ्य समाजको विकासमा तल्लिन रहौं । संयमित भइ सरकारको निर्देशन पालना गरौँ, गर्न लगाऔं, सामाजिक सद्भाव बढाई भौतिक दुरी कायम गरी जनजीवन सहजीकरणमा लाग्नुपर्ने देखिन्छ ।

अन्ततः आज विश्वभरका सिप, ज्ञान र संस्कारसँग जोडिएको किर्तिम प्रतिस्पर्धा हार्दैछ त्यो पनि लज्जास्पद पराजय कोरोना दिनानु दिन जितको उल्लास मनाइरहेको छ । रामले आएर सिताको सतित्व बचाए जस्तो कोरोनाबाट मुक्त गर्ने अचुक ओखती मुलो आउला नआउँला त्यो त विज्ञान र अनुसन्धानले नै बताउँला तर हालसम्म भयावह रहेको बिपत्ति कम गर्न नेपाल एवम् विश्वले लकडाउनको पुर्ण रुपमा पालना गर्नु नै एक कोरोना ढाल्ने धारिलो हतियार हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top