२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट सहकारी संघको २७औं बार्षिक साधारणसभा सम्पन्न

डबली खबर     पुष १४ २०७६ २३:१७

27th agm district cooperative union nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको २७ औं बार्षिक साधारणसभा सोमबार विदुरमा सम्पन्न भएको छ ।

leader hiranath khatiwada speaking on 27th agm of district cooperative union nuwakot
समारोहमा बोल्दै प्रदेशसभा सदस्य सांसद् हीरानाथ खतिवडा

साधारणसभाको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य सांसद् हीरानाथ खतिवडाले कृषिको विकास नै राष्ट्रको पहिलो खाँचो रहेको र यसले रोजगार सिर्जना गरिरहेको हुनाले सरकारले कृषिमा वैज्ञानिककरण, आधुनिकीकरण र व्यवसायीकरण कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण अनुदान प्रदान गर्दै आईरहेको बताउनुभयो । कृषि पेशा एकोहोरो खेतीमा लागेकाहरु अहिले कृषिका विभिन्न क्षेत्रमा लागिरहेका कृषकहरुलाई सरकारले सहजीकरण गर्न लागि परिरहेको बताउनुभयो ।

leader keshav raj pandey speaking on 27th agm of district cooperative union nuwakot
समारोहमा बोल्दै प्रदेशसभा सदस्य सांसद् केशवराज पाण्डे

प्रदेशसभा सदस्य सांसद् केशवराज पाण्डेले सहकारीमा भएको पुँजीलाई उत्पादन क्षेत्रमा लगानी गरिनुपर्ने बताउनुभयो । सहकारीले उर्जा, पर्यटन, कृषिमा लगानी गरिनुपर्ने धारणा राख्नुभयो ।

chairman rajesh shrestha speaking on 27th agm of district cooperative union nuwakot
समारोहमा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ ।

साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले सदस्य विस्तार तथा शेयर पुँजी विस्तार गरेकोमा हाल संघमा २ सय ६८ सँस्था सदस्य रहेको जानकारी दिनुभयो । सहकारीको पाँचौ सिद्धान्त शिक्षा तथा तालिम र सूचनालाई संघले संधै आत्मसात गर्दै आएको र सूचना तथा तालिमहरु संचालन गर्दै आईरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सहकारी बजार विकास कार्यक्रम संचालन भैईरहेको जानकारी दिनुभयो । कार्यक्रमले फलफुल तहत तरकारी उत्पादक कृषकहरुको आयस्तरमा वृद्धि तथा जीविकोपार्जनमा सुधार ल्याउन सहकारी बजार प्रणाली विकास गर्ने उद्देश्य लिएको छ ।

स्थानीयस्तरका प्रारम्भिक सहकारी संस्था व्यवस्थित विधिबाट जिल्लाका १ नगरपालिका र २ गाउँपालिका छनौट गरी पकेट क्षेत्र घोषणा गरी कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । जसमा बेल्कोटगढी, शिवपुरी र ककनीका प्रत्येक पालिकाबाट ४/४ सहकारी छनौट गरिएको जनाएको छ । हालसम्म १० सहकारीमा सहकारी व्यवस्थापन, लेखा व्यवस्थापन, व्यवसायिक र मुल्यशृंखला तालिम सम्पन्न गरिसकेको छ । संघले पाँच सहकारीलाई हाते ट्याक्टर, एक सहकारीमा साना सिँचाईको लागि पाईक र ट्यांकी सहयोग गरेको छ । त्यस्तै, पकेटस्तरका तरकारी सङ्कलन केन्द्रमा तरकारी चिस्यान केन्द्र निर्माण, ढुवानी गर्ने साधनको व्यवस्था र जिल्लास्तरीय तरकारी बजारको निर्माण गरिने रणनीति रहेको छ ।

संघले जिल्लाका नगरपालिका र नगर आसपासका स्थानीयतहमा सहकारी कर्जा सूचना केन्द्र स्थापना गरि प्रत्यक्ष रुपमा संस्थाको कर्जा, लगानी र अशुली कार्यमा सहजीकरणको साथै जोखिम न्यूनीकरण गर्न टेवा पुर्‍याउने, सहकारी क्षेत्रको सम्भावना अवसर र चुनौती लगायतका बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले पेश गर्नुभएको थियो ।

ex chairman purnal lal shrestha speaking on 27th agm of district cooperative union nuwakot
समारोहमा बोल्दै जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठ ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठले सहकारी अनुदान सहकारी सदस्यहितमा नभएको हुनाले त्यस्ता अनुचित कदमलाई सहकारी संघ तथा सरकारीस्तरबाट नै उचित अनुगमन गरी सहकारीको मर्म अनुसार वितरण गरिनुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “आफु संघको अध्यक्ष हुँदाको समय अगाडीदेखि नै अहिलेसम्म एकमात्र सहकारीको सदस्य रहेको छु ।” सहकारीको सिद्दान्तमा रहेर सहकारीको अवधारणालाई साकार पार्न सबै सहकारीकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले नुवाकोट निष्कृय रहेको जिल्ला सहकारी संघ सक्रिय गराउनुभएको थियो।

ex chairman baikuntha mishra speaking on 27th agm of district cooperative union nuwakot
समारोहमा बोल्दै जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्र ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्रले व्यवसाय र स्वार्थको पदलोभनले गर्दा जिल्लामा सहकारी मर्जर हुन नसकेको ठोकुवा गर्नुभयो । सहकारीलाई मर्जरमा लैजान सरकारले एकिकरण कार्यविधि बनाउने योजना रहेकाले अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउनको लागि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको भनाइ राख्नुभयो। ऋणमा भएको सहकारीलाई एकिकरणको दायरा ल्याउन नसकिने हुनाले प्रक्रिया अनुरुप ऋण चुक्ता गरि मर्जरमा आउन आव्हान गर्नुभयो । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीयतहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप जिल्लास्थित स्थानीयतहले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत (मर्ज) गर्न लग्नुपर्ने धारणा राख्नुभयो ।  सहकारीको कारोबार पारदर्शी र व्यवस्थित गर्न लेखा प्रणालीमा सरल र एकरूपता ल्याउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । सहकारीमा सदस्यहरुको सम्पत्ति शुद्दिकरणमा पारदर्शिता तथा अनुगमन हुनुपर्ने र सहकारी कर्मचारीहरु स्थायी हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संघका लेखा समिति संयोजक नारायण श्रेष्ठले आव २०७५/०७६ मा शेयर पूंजीतर्फ रु २० लाख ६९ हजार र संस्थागत शेयर भवन रु १ करोड ९१ लाख ८८ हजार ५ सय रहेको जानकारी दिनुभयो ।

गत आवभित्रमा संघद्वारा संचालित सहकारी छापाखानालाई विभिन्न संघ/संस्था, बैंक/वित्तीय, राजनैतिक दल/व्यक्ति,  विद्यालय लगायतकाले रु.३ लाख ३५ हजार ६ सय ३५ रुपैंया तिर्नुपर्ने प्रतिवेदनले देखाएको छ ।

जिल्लामा ६६ बहुउद्देश्यीय सहकारीसहित २ सय ६७ सहकारी सङ्घ/सँस्था सक्रिय रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top