२०८१, १४ बैशाख शुक्रबार

किन अपमान गर्यो सरकारले अस्थायी करार शिक्षकलाई?

    चैत्र ३ २०७५ १९:५२

bharat santoshi lama shivapuri nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

-भरतसन्तोषी

आफ्नो ब्यक्तिगत स्वार्थ र काम भन्दै आन्दोलनमा जादैनन गए पनि फर्केर घरायसी काममा नै लिप्त भैहाल्छ्न । हामीले आन्दोलनमा सम्पुर्ण शिक्षकको आधा शिक्षक मात्रै काठमाडौ एकदिन उत्रियौ भने सरकारले एक दिनमै घुँडा टेक्नु पर्छ ।

अस्थायी करार शिक्षकहरु लामो समयदेखि आन्दोलनरत छन् । उनीहरुको मुख्य मुद्दा २०७५ असारमा लिईएको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षामा २०७२ असोज २ पछि नियुक्त सरकारी दरबन्दीका शिक्षकलाई किन छुट्याइएको भन्ने रहदै आएको छ। मन्त्रीदेखि ठेकेदारसम्मलाई यो सरकारको सौतेनी व्यवहारको कुरा सुनाइए पनि उनीहरु तपाईहरु माथि कत्रो अन्याय भएछ, कठै! भन्दै हिड्छ्न । तर पहल कसैले गर्दैनन् । १३ हजार अस्थायी करार शिक्षकको हकहितका निमित्त लड्ने संघर्ष समितिको अध्यक्ष हरिबंश पराजुली दिनरात नभनी खटिरहेको देखिन्छ । त्यसो त १३ हजारको हकहितको लागी लड्ने हरिबंशलाई १३ हजार अस्थायी शिक्षकले नै साथ नदिनु नै छुट अस्थायी करार शिक्षकहरुको दुर्भाग्य भन्नुपर्छ। हरेक जिल्लामा १ सय ५० देखि ३ सयसम्म छुट अस्थायी करार शिक्षकहरुको दरबन्दीको डाटा केन्द्रसँग छ तर उनीहरु आफ्नो ब्यक्तिगत स्वार्थ र काम भन्दै आन्दोलनमा जादैनन गए पनि फर्केर घरायसी काममा नै लिप्त भैहाल्छ्न ।

छुट अस्थायी करार शिक्षक प्रदेश नम्बर ३ का संयोजक बहादुर लामा वाईबाका अनुसार हामीले आन्दोलनमा सम्पुर्ण शिक्षकको आधा शिक्षक मात्रै काठमाडौ एकदिन उत्रियौ भने सरकारले एक दिनमै घुँडा टेक्नु पर्छ । तर अस्थायी करार शिक्षकको बेमत्लवीपना र सरकारले आफुहरुप्रति गरेको तिक्ततापुर्ण व्यवहारले आन्दोलनमा अग्रसर शिक्षकहरुको समेत पछिल्लो समय अनुपस्थिति देखिन्छ। जस्ले गर्दा घरबार नभनि अहोरात्र खट्ने संघर्ष समितिका हरिबंश पराजुली, अनिता थापा मुकुन्द पोखरेल जस्ता ब्यक्तिहरुलाई धेरै नै घाटा छ। त्यो घाटाभन्दा कयौं घाटा आन्दोलनमा सहभागी नहुनेलाई छ।

शिक्षककै पसिना खाएर शिक्षककै खिलापमा दिनरात सोची हिड्न महासंघका पदाधिकारीलाई कस्ले छुट दियो?

यता अस्थायी शिक्षकहरुको आन्दोलन नजिकबाट नियालीरहेको शिक्षक महासंघले समेत पीडित शिक्षकहरुलाई खेलौनाको रुपमा प्रयोग गरिरहेको आन्दोलनरत शिक्षक महेश्वर कार्कीको दावी छ । हालै फाल्गुण अन्तिम साता आन्दोलनरत अस्थायी करार शिक्षकहरुको तीन दिने आन्दोलन अन्तर्गत २८ गतेको कार्यक्रम बानेश्वरमा भइरहदा महासंघका एक पदाधिकारी स्वयं बानेश्वर पुगि भोलि बार्तामा आउन आन्दोलनरत शिक्षक नेतृत्वलाई अनुरोध गरे । तर उनको छुट अस्थायी करार शिक्षक प्रतिको बेइमानी त्यतिबेला स्पष्ट भयो उनले सरकारसँग समन्वय गर्नुको सट्टा आफै छलफलमा अनुपस्थित हुने, वार्ता भोलि हुन्छ जस्ता मुख बोली फेरिरहे । शिक्षक कमन तामाङका अनुसार शिक्षककै पसिना खाएर शिक्षककै खिलापमा दिनरात सोची हिड्न महासंघका पदाधिकारीलाई कस्ले छुट दियो?

अस्थायी करार शिक्षकलाई किन यत्रो उपेक्षा?

सरकारले दरबन्दी दिनसक्ने तर स्थायी दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकलाई भने यति धेरै सौतेनी व्यवहार किन?

अस्थायी करार शिक्षकहरु पछिल्लो तथ्यांक हेर्दा प्रायः महिला शिक्षक नियुक्ति ज्यादा छ्न । उनिहरु आन्दोलन सभा कम जान्छन। सरकारले महिला बर्चस्व रहेको यो समुहलाई सजिलैसँग विस्थापित गर्न सकिन्छ भनेर नै वेवास्था गरेको छ । त्यसो त पछिल्लो समयमा विभिन्न जिल्लाबाट पुरुष शिक्षकसमेत रोजिरोटी गुम्दैछ भन्ने विषयमा अवाक छ्न । विश्लेषण गरेर हेर्दा आम करार शिक्षकहरु कतिपयलाई आफ्नो रोजगारी गुम्ने खतरा समेत हेक्का छैन । यो उनीहरुको लागि भविष्यमा ठुलो भुल हुनेछ ।

यता सरकारले अस्थायी करार शिक्षक नियुक्तिमा कुनै रोक लगाएको छैन । निर्वाध नियुक्ति अनि मन दुखाएर अवकाश यो अन्याय पुर्ण देखिन्छ । अन्तर्राष्ट्रिय श्रम नियम अनुसार ६ महिनासम्म मात्रै करारमा राख्न पाउने र त्यसपछि योग्यता र सेवा हेरेर स्थायी गर्नुपर्ने कानुनतः स्पष्ट उल्लेख छ । तर नेपाल सरकारले यस्लाई कुनै महत्त्व ठानेको देखिन्न ।

के यतिबेला पनि अस्थायी करार शिक्षकहरु हातमा दहि जमाएरै मेरो घरायसी काम नै ठुलो भनेर गाउँमै आफ्नो खाई पाई आएको जागीर गुमाएर बसिरहला? हेर्न बाँकी छ ।

बिगतमा लामोसमय देखि आन्दोलनरत करार शिक्षकको मुद्दालाई आन्दोलनमा सहभागी संख्या गनेर उपेक्षा गरेपनी हालै राहत र बालबिकासलाई भने दरबन्दी स्थापना गरि आन्तरिकको ब्यवस्थापन गर्ने सहमति जनाएको छ । जानकारहरु भन्छन् शिक्षक कोटा नै नभएकोलाई सरकारले दरबन्दी दिनसक्ने तर स्थायी दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकलाई भने यति धेरै सौतेनी व्यवहार किन? यसको जवाफ भने अनुत्तरित छ । अन्यायमा परेका अस्थायी करार शिक्षकहरुले माइतीघर मण्डलामा प्रदर्शन, शिक्षा तथा मानव विकास स्रोत विभागमा धर्ना, रिले जस्ता धेरै कार्यक्रम धेरै पटक गरिसके । तर उपस्थिति संख्या कम्जोर भन्दैमा अन्यायमा परेकालाई वार्तामा छलफलको विषय समेत नबन्नु जतिको अराजकता के हुनसक्ला । सरकारले हाल छिटोभन्दा छिटो संघीय शिक्षा ऐन लगाएर अस्थायी करार शिक्षकलाई अवकाश दिने तयारीमा लागेको देखिन्छ । के यतिबेला पनि अस्थायी करार शिक्षकहरु हातमा दहि जमाएरै मेरो घरायसी काम नै ठुलो भनेर गाउँमै आफ्नो खाई पाई आएको जागीर गुमाएर बसिरहला? हेर्न बाँकी छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top