२०८१, १४ बैशाख शुक्रबार

पुस्तक पठन मेला सम्पन्न

    श्रावण १७ २०७५ १२:५७

room to read book reading
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / मान्द्रेढुंगा आधारभूत विद्यालयमा एक दिवसीय पठन मेलाको आयोजना भएको छ । मेलामा विद्यार्थीहरुका बिचमा प्रतियोगितात्मक स्वतन्त्र पढाइ क्रियाकलाप, सस्वर पढाइ क्रियाकलाप, अक्षर अनुलेखन प्रतियोगिता र पढाइ दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

मेलामा स्वतन्त्र पठन प्रतियोगितामा ४३ सेकेन्डमा १०४ शब्द भएको “नीमा” नामक पुस्तक पढेर जाल्पादेवि माविका कक्षा ४ मा अध्यनरत छात्रा भूमिका चालिसे प्रथम र ९४ शब्द पढेर सोहि विद्यालयका छात्र आयुष प्याकुरेल द्वितिय भएका थिए । अनुलेखन प्रतियागितामा ४ मिनेटको समयमा सवैभन्दा शुद्ध र राम्रा अक्षर लेखेर मान्द्रेढुंगा आविका कमला राई प्रथम भएका थिए । स्वतन्त्र पठनमा मान्द्रेढुगाकै मुना राइले प्रथम र पढाइ दौढ प्रतियोगितामा कक्षा ४ का छात्रा संचिता राईले “रातो रंग”को पुस्तक छिटो पढेर प्रथम भएका थिए ।  विजयी विद्यार्थीहरुलाई रुडेक नेपालका अध्यक्ष मीन कुमार केसीले पुरस्कार वितरण गर्नुभएको थियो ।

पहाडी क्षेत्रमा गर्मीको समयमा दिईने विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको पुस्तक मेलामामा जाल्पादेवि माविका कक्षा ४ देखि ८ सम्मका १२४ विद्यार्थी, प्रधानाध्यापक तथा शिक्षकहरु, मांद्रेढुंगा आधरभुत विद्यालयका विद्यार्थी, अभिभावक लगायतले एकैपटक एक घण्टा पुस्तक श्रवण गरेको विद्यालयका प्रधानाध्यापक सान्नानी सापकोटाले बताउनुभयो ।

कार्यक्रमलाई जाल्पादेवी माविका प्रधानाध्यापक एवं प्याब्सन नुवाकोटका अध्यक्ष श्रीबुद्धिसागर रिजालले आजको व्यस्त समाजमा पठन मेलाले घरैमा बसेका बालबालिकाहरुका लागि ज्यादै उपयोगी रहेको बताउनुभयो । एउटा विद्यालयमा भएका पुस्तक अर्को विद्यालयमा नहुन सक्दछ । बालबालिकाले नयाँ पुस्तकहरु र तिनका प्रकारहरुबारे पनि थाहा पाउन यस कार्यक्रम अत्यन्त उपयोगी भएको अध्यक्ष रिजालले बताउनुभयो ।

विद्यार्थीहरुकाको मानसिक विकासका लागि पुस्तक पठन सँस्कृतिको विकास अपरिहार्य भए तापनि समाजले अंगिकार गरिसकेको अवस्था नरहेको रुम टु रिडक बरिष्ठ कार्यक्रम सहायक बटुराम भण्डारीले बताउनुभयो । विद्यार्थीहरुलाई पाठ्यक्रमले निदिृष्ट गरेर निर्माण गरेको पाठ्यपुस्तक सँधै पढ्नु रुचिको विषय हुँदैन । यो ज्यादै पट्यार लाग्दो हुन्छ । उनीहरुको बृद्धि र विकासका लागि नयाँ पुस्तक र त्यसभित्र भएका रमाइला, फरक विषयवस्तुहरु, त्यसमा पनि उनीहरुको रुचि र क्षमता अनुसारको पुस्तक हुनुपर्ने भण्डारीले बताउनुभयो । त्यस्तै, रुम टु रिडले संचालन गरेको विद्यालय केन्द्रित बालमैत्री पुस्तकालय बाहेक अन्य कुनै सार्वजनिक बालमैत्री पुस्तकालय पनि छैनन् । त्यसैले बालबालिकालाई विदाको समय बिताउनु सजाय दिए बरावर हुन्छ । बालबालिकाको मनस्थिर बस्न सक्दैन । उनीहरु अत्यन्त चन्चल हुन्छन । त्यस अवस्थामा उनीहरु अतिरिक्त क्रियाकलाप गर्न चाहने, समाजले राम्रो नमानेका कामहरु गर्ने लगायतक कार्य गर्न चाहन्छन । त्यसका लागि असल प्रशिक्षक र मार्गनिर्देशन नभएकाले दुर्घटना निम्त्याईएको हुन्छ । यस्ता गतिविधिलाई बालबालिकाहरुको पठनपाठन अभिरुचिलाई केन्द्रित  गर्न रुम टु रिडले पुस्तक मेला आयोजना गरिएको भण्डारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top