२०८१, १३ बैशाख बिहीबार

वर्षामा हिलोले खाने समस्याबाट बच्ने उपाय

    श्रावण १३ २०७५ १५:२२

asar ropai
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

छालाका कारण तातो, चिसो, खस्रो, मसिनो, मुलायम जस्ता स्पर्श अनुभूति हुन्छ । प्रतिकूल वातावरणबाट जोगाउँछ । र सावधानी अपनाउन मद्दत मिल्छ । गर्मी मौसम छालाको लागि बढी संवेदनशील हुन्छ । घामको असरका साथै विभिन्न खालका एलर्जी पनि देखा पर्छ ।

हत्केला र पैताला निरन्तर हिलो पानीमा भैरहँदा औंलाका काप चिरिन्छ । वर्षामा धान, कोदो रोप्ने किसानलाई हिलोले खाने तथा पैतालामा कालो कालो दाग आउने हुन्छ । हिलोले खाएर खुुट्टाको औंला नै छिनिएला जस्तो हुन्छ । यस्तो समस्यालाई गाउँले भाषामा ‘हिलोले खाने’ भनेर चिनिन्छ । हिलोबाट हुने समस्या खासगरी क्यान्डिडा नामको एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । निरन्तर हिलो र पानीको सम्पर्कका कारणले आइपर्ने यो समस्याबाट बच्ने पाँच उपयहरु :

१. किटनाशक औषधि मिसिएकको हिलोमा नपस्ने

विकासे मल र कीटनाशक विषादीले छालामा नकारात्मक असर पार्छ । युरिया वा अरू किसिमको गेडा मल हालिएको हिलोजनित बाह्य वातावरण विरुद्ध छालाले सुरक्षा दिन सक्दैन ।

२. लामो समय पानी र हिलोमा नरहने

लामो समय पानी र हिलामा खेल्दा छालाको वाटरप्रुफ क्षमतामा कमी आई ओसिएर चाउरिने हुन्छ । यस्तोबेला रासायनिक पदार्थयुक्त पानी वा हिलो पर्यो भने छालाको छेकबारयुक्त क्षमतामा कमी आई फंगाई एवं व्याक्टेरियाको आक्रमण सहज बन्छ । यसैले हिलोले खाने वा कालो कालो दाग आउने हुन्छ ।

३. तेल वा मोइस्चराइजरको प्रयोग गर्ने

रोपाइँका वेला हिलो पानीमा पस्नैपर्ने हुन्छ । हिलोमा पस्दा सकिने जति सावधानी अपनाउनुपर्छ । हिलो पानीमा पस्नुअघि भ्यासेलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाइदिन्छ ।

४. दहीको सेवन गर्ने

ल्याक्टिक एसिड नामक अम्ल प्रसस्त पाइने दहीले शरीरमा श्वेत रक्तकणिकाको रूपमा काम गर्छ । हुन्छ । हाड खिइने समस्या हटाउने खनिज पदार्थ र क्याल्सियम बढी पाइने दहीमा प्रशस्त कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी–६ र बी–१२ पनि पाइन्छ । गामा इन्टरफेरोन बढी पाइने दहीको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । दूधबाट एलर्जी हुनेले पनि प्रो–बायोटिक आहार भएकोले दही सेवन गर्दा हुन्छ । नियमित दही सेवनले ठूलो आन्द्रालाई क्यान्सरबाट बचाउँछ । दहीले कोलेस्ट्रोलका रोगीलाई पनि फाइदा दिनको साथै मोटोपना पनि घटाउँछ ।

५. व्यक्तिगत सरसफाईमा ध्यान दिने

सामान्य अवस्थामा शरीरलाई मुलायम र सुरक्षित बनाइराख्न छालामुनिका तेलीय ग्रन्थीले चिल्लो पदार्थ उत्पादन गर्छ । तर वर्षामा किसानले हिलोपानीमा काम गर्नैपर्छ । त्यसैले खेती किसानीको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई तेल, क्रिम वा जेल लगाएर सुत्नु पर्दछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top