२०८१, १४ बैशाख शुक्रबार

खुला दिसामुक्त क्षेत्र र चुनौती

    असार २७ २०७५ २३:११

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

के हो खुला दिसामुक्त भनेको?

सरसफाई गुरु योजना २०६८ का अनुसार “खुला दिसामुक्त भन्नाले खुला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिसामा झिँगा बस्न नसक्ने गरी खाल्डोमा ढक्कन लगाइएको अवस्थाले (चर्पीमा) खुला दिसामुक्त जनाउँदछ । तर ढक्कन नभएको खाल्डोमा दिसा संकलन गरेपछि त्यस अवस्थाले चाहीँ खुल्ला दिसायुक्त अवस्था नै जनाउँदछ ।”

-०-

सन् २०१८ सम्म नेपाललाई खुला दिसामुक्त अभियान क्षेत्र घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ । अभियान अनुरूप नुवाकोट जिल्लालाई आजको दिनमा खुला दिसामुक्त जिल्ला घोषणा गरिंदैछ । पटकपटक घोषणा मिति तोक्दै र सार्दै सरकारको निर्धारित समय अगावै घोषणा हुँदैछ । दुप्चेश्वर गाउँपालिका २०७४ असार १६ गते खुला दिसामुक्त घोषणा गर्ने पहिलो गाउँपालिका र अन्तिममा बेल्कोटगढी नगरपालिकाले २०७५  असार २१ मा खुला दिसामुक्त घोषणा भएको हो। घोषणा अभियान सुरु भएको एकवर्षपछि जिल्ला घोषणा हुँदैछ । जिल्ला खुला दिसामुक्त घोषणा हुनु अगावै स्थानीयतहका दुई नगरपालिका र दश गाउँपालिका क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुगमन र प्रमाणीकरण पश्चात् खुला दिसामुक्त घोषणा भइसेकेका छन् । महाभूकम्पका कारण पुनर्निर्माणमा ढिलाई हुन गई सरसफाइको अवस्था र जनचेतना, स्थानीयतहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनले समेत खुला दिसामुक्त घोषणामा ढिलाई हुन पुगेको हो ।

जिल्ला घोषणा र स्थानीयतह खुला दिसामुक्त घोषणामा क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवास–सीसी) र स्थानीयतहका जिल्ला खानेपानी तथा सरसफाई एवम् स्वच्छता समन्वय समिति (डि-वास-सीसी), सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र सरोकारवाला निकायको पहलमा नुवाकोट जिल्ला ५८ औं  जिल्ला घोषणा हुन लागेको हो ।

No automatic alt text available.

महाभूकम्पपछि यथास्थानमा बसोबास गर्न र जीविकोपार्जन गर्न कठिनाई भएकै कारण कयौं मानिसहरु जिल्लाका विभिन्न भूभाग र छिमेकि जिल्लामा स्थान्तरण हुन पुगेको अवस्था रहेको छ । नुवाकोट जिल्लामा ३ लाख ६६ हजार ५ सय ८४ जनसंख्यामा कूल ६८ हजार ६ सय १८ घरधुरी खुला दिसामुक्त घोषणा अन्तर्गत रहेको छ । अधिकांश मानिसहरुले भवन निर्माणको साथ शौचालयको निर्माण गरिनुपर्ने ज्ञान भएको सरकार र दातृ संस्थाको भनाई छ । तीन वर्षको अवधिमा हामीलाई दिसापिसाब शौचालयमै गर्न लगाउनु र गर्नुपर्ने, शौचालय गएपछि साबुनपानीले हात धुनु पर्ने व्यवहार, घरवरपर सरसफाई, खानेपानीको आपूर्ति जस्ता सामाजिक उत्तरदायित्व र स्व:व्यवहार सिकाउन समेत दातृ संस्थाको लगानी रहेको छ ।

सरकारबाट भूकम्पपिडितहरुको लागि दिईएको राहतको अनुदान प्राप्त गर्न अनिवार्य रुपमा ‘एक घर एक शौचालय’को निर्माण गरिनुपर्ने नीतिले गर्दा पनि जनाताबासीले शौचालय बनाएका छन् । सरसफाइ गुरु योजना २०६८ अन्तर्गत नै शौचालयमा पानीको सुविधा, शौचपछि साबुनपानीले हात धुनु पर्ने, घरवरपर सफा राखिनुपर्ने रहेको छ । घरपछि समाज, समाजपछिको वडा, गाउँपालिका/नगरपालिका र जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पुर्वमन्त्रिको अगुवाईमा भएको स्थानीयतह घोषणामा अनुगमन गरी प्रमाणीकरण गर्नु पनि सोचनीय प्रश्न हो । क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुगमन र प्रमाणीकरण भइसक्दा पनि नगर र गाउँमा अझै पनि घरहरुमा शौचालयको निर्माण नभएको आकंडा रहेको छ । कतै शौचालय बनाउनको लागि मात्र पनि रहेको, कतै शौचपछि साबुनपानीले हात धुने बानीको विकास अझैपनि टड्कारोको रुपमा रहेको छ । जिल्लामा संचालित केहि उद्योगहरुले अभियानलाई धज्जी उढाएको छ । उद्योगमा काम गर्ने बाहिर जिल्लाबाट आएका कामदारहरुले खुला क्षेत्र र खेतबारीमा दिसा गरिदिंदा खेती गर्न असहज र खेती गर्न छाडेका गुनासो भेटिएको छ । केहि क्षेत्रमा स्थलगत निरीक्षण नगरी मौखिकको आधारमा पनि अनुगमन गरिएको थियो ।

अनुगमनकै क्रममा ‘साबुन भए साबुन, नभए माटोले हातधुने’ गरिएको भेटिएको छ । नगरका केहि घरहरुमा शौचालय नै नभएको र भएपनि सेफ्टीट्यांकी नभएको र सोझै ढलबाट खोलामा मिसाईएको अवस्था विद्यमान छ । तसर्थ, नीति बनिसकेपछि कार्यान्वनमा लाग्नु हामी सबैको उत्तरदायित्व बहन हुन जान्छ । सरसफाई अभियानको अर्को चुनौतीको पाटोमा रुपमा रहेको सार्वजनिकस्थलमा पिसाब गर्ने, मदिरा धुम्रपान सेवन, सामान उपभोगपछि जताततै फ्याँकिनु जस्ता क्रियाकलाप रहेको छ ।

Open Defecation Free (ODF)

अधिकांश क्षेत्रहरूमा पानीको स्रोत सुक्ने क्रमले गर्दा पनि अभियानमा असहजता भएको हो । खुला दिसा अभियानसँगै पानीमा पहुँच अभियान, सार्वजनिकस्थल वा शौचालय बाहिर दिसा गर्ने जो कोहीलाई पनि कारबाही गरी दण्डित गर्ने र सूचना दिनेलाई पुरस्कृत गर्ने नीतिलाई कार्यान्वनमा ल्याई स्थानीयतहका गाउँपालिकाले सञ्चालनको सुरुवात गरीसकेको र अरु पालिकाले पनि कारबाही अभियान गर्न सके मात्र खुला दिसामुक्त जिल्ला घोषणा अभियान सफल हुन देखिनेछ । भवन निर्माण गर्दा नक्सा पास कागजीभरमा स्वीकृत नगरी स्थलगत निरीक्षणको साथै अनिवार्य रुपमा शौचालय, सेफ्टीट्यांकी, घरबाट निस्कने फोहोरको व्यवस्थापन, घरबाट निस्कने पानीको बग्ने ढल व्यवस्था र बायोग्याँसको अवधारणा कार्यान्वनमा ल्याईए जिल्लाले वैकल्पिक इन्धनको साथै आर्थिकभार, सडक तथा ढल व्यवस्थापन र सरसफाईमा समेत टेवा पुग्नुको साथै सुन्दर समाजको सिर्जना हुने थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top