२०८१, १४ बैशाख शुक्रबार

घलेको ‘कला र जीवन’ मौलिक रचना

    जेष्ठ २८ २०७५ २२:३५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/राजनीतिकर्मी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेको अंग्रेजीमा अनूदित कृति ‘आर्ट एण्ड लाइफ’(कला र जीवन) मा समेटिएको कलाबारे आज यहाँ समीक्षा गरिएको छ ।

अरुपण आर्ट ग्यालरी र नेपाल कला परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार शंकरनाथ रिमालले कलाकार घलेले राजनीति र समाजसुधारका साथै कला क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु-याउनु भएको बताउनुभयो ।

कला समीक्षक मुकेश मल्लले कलाकार घलेले बत्तीको ध्वाँसोलाई प्रयोग गरी सिर्जना गर्नुभएका कला नौलो भएको र यस्तै सिर्जना गर्नु कठिन हुने बताउनुभयो । कला क्षेत्रमा योगदान पु¥याउने त्यस्ता स्रष्टा सम्मानयोग्य भएको उहाँले बताउनुभयो ।

कला समीक्षक केशवराज खनालले पुराना कलाकार घलेले अत्यन्त दुःख र पीडाको अवस्थामा पनि टुकीको कालो जम्मा गरी अमूल्य कला सिर्जना गरेको तथा आफ्नो सिर्जनामा नारीका कथा तथा भोगाइ तथा विसंगतिका विरुद्ध आफ्ना भावना व्यक्त गरेको बताउनुभयो ।

अरुपण आर्ट ग्यालरीका निर्देशक तथा कलाकार रमेश खनालले कलाकार घलेको कलामा योगदानबारे विवरण प्रस्तुत गर्दै घले मौलिक नेपाली माध्यम (रङ) प्रयोग गरी कला सिर्जना गर्ने एक मात्र कलाकार भएको बताउनुभयो । उहाँले घलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सुझावका आधारमा कलामाथि गद्य र पद्य समेटिएको रचना अंग्रेजीमा अनुवाद गरी प्रकाशनमा ल्याउनु भएको पनि उल्लेख गर्नुभयो ।

कलाकार खनालले घलेको सो पुस्तकलाई महिलाको सुख, दुःख, आधुनिकताको प्रभाव, जनावर र पक्षी, प्रकृति प्रेम, राजनीति तथा साहित्यका महान् व्यक्तित्वको चित्र गरी विभिन्न भागमा विभाजित गर्न सकिने बताउनुभयो । तीन सय अन्ठानब्बे पृष्ठ तथा तीन किलो तौल भएको सो पुस्तकमा घलेका १९१ चित्र समेटिएको छ । पुस्तकको अंग्रेजी अनुवाद पत्रकार तीर्थ भट्टराईले गर्नुभएको हो । कार्यक्रममा कला समीक्षक ज्ञानेन्द्र विवशले लेख्नुभएको घलेको सपना, समाजसेवा, साहित्य र कलासाधना समीक्षा पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top