२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

नुवाकोटमा खेल पर्यटनको राम्रो सम्भावना रहेको छः प्रधान

    जेष्ठ २० २०७५ ०९:३९

buddhi pradhan nuwakot sports committee
pratik book and stationery center in nuwakot

बुद्धि प्रधान
अध्यक्ष, जिल्ला खेलकुद विकास समिति

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?

नुवाकोट गोल्डकप प्रतियोगिता सञ्चालन गर्नुमा मुख्य तीन वटा उद्देश्य रहेका छन् । पहिलो उद्देश्य हो, नुवाकोट राजधानीसँग जोडिएको जिल्ला हो । राजधानीबाट टाढाटाढा रहेका जिल्लाहरुले ठूला ठूला गेम गरेर राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको छ । नुवाकोटले राजधानी नजिक भएर पनि यस्तो अवसर प्राप्त गर्न सकेको छैन । त्यसैले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु र खेलप्रति रुची राख्नेहरुलाई यसको महत्व अझै दर्शाउनु एउटा कारण हो भने दोस्रो उद्देश्य भनेको नुवाकोट अथाह भौतिक पूर्वाधार भएको खेलकुदको विकासको लागि खेलमैदानहरु हामीसँग प्रशस्त छ । काठमाडौंमा राज्यले प्रशस्त लगानी गरेको छ । तर, त्यहाँ विवादै विवादका सम्पन्न हुन सकेको छैन । गोकर्ण रिसोर्ट नजिकै जुन जग्गा छ, त्यहाँ १८ वर्षदेखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भनेको त्यहाँ १२ वर्षदेखि विवादका कारण बन्न सकेको छैन । हाम्रो नुवाकोटमा त्यो लगानी गर्ने हो यहाँ सरकारी जग्गा नै प्रशस्त छ । हामीले पूर्वाधारमा लगानी गर्ने हो नुवाकोट खेलकुदको क्षेत्रमा माथि उठ्न सक्छ भनेर हामीले खेलप्रेमी र सरोकारवालाहरुलाई बुझाउनु आवश्यक छ । तेस्रो उद्देश्य भनेको नुवाकोट ऐतिहाँसिक, भौतिक, साँस्कृतिकरुपमा असाध्यै महत्वपूर्ण जिल्ला हो । यसमाथि हामी खेल पर्यटनको रुपमा पनि नुवाकोट विकास हुन सक्छ । यहाँ अन्तराष्ट्रियस्तरको स्वीमिङ पुल बनाउन सकिन्छ । क्रिकेट मैदान बनाउन सक्छाँै । हामीसँग एउटा कवर्डहल त निर्माण भइसकेको छ । अहिले हामीले २०÷२२ जिल्लाका फुटवल खेलाडीहरु यहाँ जम्मा भएर फुटवल खेलिरहनु भएको छ । यसैगरी हामी हरेक खेलका अन्तराष्ट्रिस्तरका खेलाडीहरुलाई नुवाकोट भित्र्याउन चाहन्छौँ । अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सकियो भने अन्तराष्ट्रियस्तरको प्रतियोगिताहरु नुवाकोटमा गराउन सकिन्छ । खेल पर्यटनको माध्यमबाट नुवाकोटमा आर्थिक पर्यटन र आर्थिक विकास अघि बढ्न सकिन्छ । यिनै तीन वटा कुराहरुलाई मुख्य उद्देश्य बनाएर हामीले ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप’ प्रतियोगिता सञ्चालन गरेका हौँ ।

फुटबलका लागि अहिले प्रयोग भएको नुवाकोट क्याम्पसको खेलमैदान मापदण्ड अनुसारको छ कि छैन ?

फुटबलको लागि अन्तरािष्ट्रय मापदण्डलाई यो खेलमैदानले मिट गर्छ । ९० देखि १२० मिटर लम्वाई मापदण्ड रहेको छ । यो खेलमैदान १०२ मिटर रहेको छ । ६० मिटर चौडाई भन्ने रहेको छ, हाम्रो ६२ मिटर रहेको छ । काठमाडौंमा अन्तराष्ट्रिय प्रतियोगिता हुने सशस्त्र प्रहरीको हलचोकस्थित खेलमैदानको मापदण्ड अनुसार नै यो खेलमैदान तयार पारिएको छ ।

खेलमैदान तयार पार्न कति खर्च लाग्यो ?

यो खेलमैदान एकदम कडा थियो । यहाँ खेलाडीहरु यसो लडे भने चोटपटक लागि हाल्ने गर्दथ्यो । खेलाडीहरु घाइते भइहाल्ने अवस्था थियो । कतै दुवो (चौर) थिएन । हामीले ९ लाख रुपैयाँमा खेलमैदान तयार हुन्छ भन्ने अपेक्षा राखेका थियौँ तर, लागत बढेको छ । यसको वास्तविक हिसाव निकालीसकेका छैनौँ ।

अहिले बनाइएको खेलमैदान यही फुटबल प्रतियोगिताको लागि मात्र सीमित हुन्छ कि अन्य खेलहरु पनि खेल्न मिल्ने गरी व्यवस्थापन गरिएको छ ?

होइन, हामीले यो खेलमैदानको लागि यति धेरै रकम लगानी गरिसकेका छाँै । १२, १३ लाख रुपैयाँ लगानी भइसकेको छ । यसलाई यतिकै खेर जाने दिने पक्षमा हामी छैनौँ । भोलीका दिनमा यसलाई अझै स्तरोन्नती गर्दै व्यवस्थित गर्दै लैजाने हाम्रो उद्देश्य छ । हुन त यो खेलमैदान नुवाकोट आदर्श बहुमुखी क्याम्प्सको स्वामित्वमा छ । हामीले क्याम्पससँग पनि पनि यो खेलमैदान कम्तिमा १०÷१५ वर्षसम्म खेलकुदको विकासको लागि दिनुहोस् भनेका छौँ । जिल्ला खेलकुद विकास समिति, विदुर नगरपालिकासँग यस्तो खालको सम्झौता हुने भने हामी यसलाई अझै व्यवस्थित र प्याराफुटसहितको फुटवल चौरको रुपमा विकास गर्न सक्छौ । यसले गर्दा नुवाकोटको केन्द्रविन्दु रहेको नुवाकोटको मुटुमा रहेको यो खेलमैदान स्तरीय र दीर्घकालीनरुपमा सञ्चालन गर्ने सोच राखेका छौँ ।

नुवाकोट गोल्डकपको लागि कति खर्च हुन्छ ?

हाम्रो सबै खर्च खेलमैदान निर्माणदेखि खेलाडीको वासस्थान, खानपान, भत्ता, आतेजाते सबै गरेर ५४ लाख २७ हजार रुपैयाँ लाग्ने अनुमान गरेका थियौँ तर, अहिले विभिन्न कारणले गर्दा त्यो लागत बढ्ने अवस्था छ ।

यति धेरै खर्च कसरी व्यवस्थापन भइरहेको छ ?

यसको लागि सुरुमा जिल्ला खेलकुद विकास समितिबाट एक लाख रुपैयाँ यो चौर वरिपरी वार्नको लागि उपलब्ध गराएका थियौँ । त्यसपछि विदुर नगरपालिकाले २५ प्रतिशत रकम अझ केही बढ्ने गरी उपलब्ध गराएर संरक्षकत्व ग्रहण गरेको छ । यसमा विदुर नगरपालिकाको भूमिका र योगदान उच्च रहेको छ । बेलकोटगढी नगरपालिकाले पहिलो पुरस्कार नगद पाँच लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । दोस्रो पुरस्कार तारकेश्वर नगरपालिकाले तीन लाख व्यहोर्ने गरी बोर्डबाट निर्णय गरिसक्नु भएको छ । प्रतियोगिताको लागि मुख्य प्रयोजकको रुपमा विशाल सिमेन्टले ६ लाख र अन्य धेरै दाताहरुले एक लाख, दुई लाख रुपैयाँ सहयोग गर्नु भएको छ । हामीले चन्दा, प्रयोजन र टिकटबाट खर्चको व्यवस्थापन गर्ने सोच बनाएका छौँ ।

नुवाकोटमा टिकेट किनेर फुटबल हेरिदिने दर्शक पनि छन् ?

अव हामीले पहिलो पटक टिकेट सिस्टमबाट फुटबल हेर्ने व्यवस्था मिलाएका छौँ । पहिलो पटक भएपनि उद्घाटनको पहिलो दिन हामीले अपेक्षा गरेभन्दा धेरै दर्शकले टिकेट किनेर खेलकुद प्रतियोगिताको अवलोकन गर्नु भएको छ । दोस्रो र तेस्रो दिन पनि दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको छ । सबैले खेलकुदलाई माया गर्नुहुन्छ । यसले खेलकुद प्रति हामी नुवाकोटवासीको सद्भाव पनि स्पष्ट झल्किन्छ । यो उत्साहले हामी फुटवल आयोजक, खेलाडी र खेलप्रेमीलाई झनै हौसला दिएको छ ।

प्रतियोगिता सञ्चालनको लागि कस्ता चुनौतीहरु देखा प-यो ?

सुरुमा त चौरलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाउन नै समस्या भयो । त्यसमा पनि चौरमा हामीले एक सय ५ ट्रिप पाँगो माटो ओछ्याउनु प¥यो । पाँगो माटोमाथि एक सय १२/१५ ट्रिप दुवो विभिन्न व्यक्तिको जग्गामा पुगेर लेराएर सार्ने काम ग-योँ । सुख्खा मौसम दुवो सार्न पनि पानी हाल्नु पर्ने बाध्यता थियो । एक महिनाको अवधिमा हामीले सबै काम गर्नुपर्ने अवस्था थियो । चुनौतीहरु धेरै नै आयो । एन्फासँगको समन्वयमा नेपालजंग र सर्लाहीको लालबन्दी गोल्डकप प्रतियोगिताको सहमतिलाई आत्मसाथ गर्दै प्रतियोगिताको व्यवस्थापन भयो । प्रतियोगिताको उद्घाटन भव्य रुपमा भयो । दर्शकको उपस्थिति पनि उत्साहजनक भइरहेको छ । हामीलाई परेको चुनौतीमा सबै नुवाकोटवासीले साथ दिनुभएको छ । त्यसमा पनि निकै खुशी भएका छौँ । यी चुनौतीको सामना गर्न सबैले सद्भाव व्यक्त गरिरहनुभएको छ ।

यो प्रतियोगितामा कुन कुन टिमको सहभागिता रहेको छ ?

यो प्रतियोगितामा थ्रिस्टार, नुवाकोट ११, रुपन्देही ११, काठमाडौं ११, कास्की ११, मदनभण्डारी स्पोर्ट एकेडेमी, सशस्त्र, नेपाल प्रहरीसहित १० टिम सहभागी रहेका छन् ।

तपाई जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुनुहन्छ । नुवाकोटमा खेलकुदको विकासको लागि दीर्घकालीन योजना केही बनाउनु भएको छ ?

लिखित रुपमा यस्तो कुनै योजना बनाएका त छैनौँ तर, भौतिक पूर्वाधार निर्माणतर्फका दुई वटा ठूला योजना हामीले खेलकुद मन्त्रालयमा पेश गरेका छौ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसले जिल्ला खेलकुृद विकास समिति, जिल्ला फुटवल संघ वा नगरपालिकालाई यो खेलमैदान उपलब्ध गराउने हो भने तीन वर्षभित्र प्याराफिटसहितको स्तरीय खेलमैदान बनाउने छौँ । यसको लागि विदुर नगरपालिकाले प्रतिवद्धता व्यक्त गरिसकेको छ । वडा नंं २ को कभर्डहल नजिकै २५ रोपनी सरकारी जग्गा रहेको छ । त्यसलाई क्रिकेट खेलमैदान वा अन्य कुनै मैदानको रुपमा विकास गर्न सकिन्छ भने एक करोड १७ लाख रुपैयाँको स्टमेट लागतसहितको खेलमैदान निर्माणको लागि प्रस्ताव पेश गरेका छौँ । जिल्ला खेलकुद विकास समितिको नाममा रहेको १० रोपनी जग्गा विनपा ९ मा सेमी कर्भडहल र अन्तराष्ट्रियस्तर हिटिङ सिस्टमको स्वीमिङ पुल बनाउनको लागि झण्डै दुई करोडको लगानीमा पेश गरेका छौँ । नुवाकोटमा स्वीमिङ, क्रिकेट, फुटबलको विकासको लागि पूर्वाधार निर्माणको लागि कुरा भइरहेको छ । अर्को कुरा स्थानीय तहले खेलकुदको विकासको लागि आवश्यक बजेट विनियोजन गर्नको लागि हामीले भनिरहेका छौँ । तर, त्यो लगानी उपलब्धीमूलक हुनुप¥यो भनेर हरेक तहले हरेक विधाका प्रशिक्षकहरु करारमा लिएर खेलकुदको विकासको लागि लाग्नको लागि प्रेरित गरिरहेको छु । त्यसैले नुवाकोटलाई खेलकुद पर्यटनको माध्यमबाट अन्तराष्ट्रिय स्तरका गेमहरु सञ्चालन गरी विकास र समृद्धितर्फ अघि बढ्न सकिन्छ भनेर हामी अघि बढिरहेका छाँै । त्यसका लागि नुवाकोटले पनि फुटबल, भलिवललगायतका खेलमा राष्ट्रियस्तरका खेलाडीहरु उत्पादनको लागि हामीले लगानी बढाउनुपर्छ जस्तो लाग्छ ।

प्रस्तुतीः भोलाराज पौडेल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top