२०८१, १४ बैशाख शुक्रबार

नेपालमा निर्वाचन र सञ्चारमाध्यम: नारायण नेपाल

    बैशाख ६ २०७५ २२:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

संसारभरका सञ्चारमाध्यम सधैँ आर्थिक र राजनीतिक मिसनबाट स्थापित भएका इतिहास छन् । त्यही मिसनबाट परिचालित हुने गरेको पाइन्छ । अनेकौँ शङ्का र आशङ्काहरूको बीच स्थानीय तहको निर्वाचन पहिलो चरणमा समाप्त भएको छ । नेपालको संविधान २०७२ जारी भएपश्चात् राजनीतिक मधेसकेन्द्रित दलहरूले त्यसमाथि विरोध र संशोधनको मागसहित आन्दोलनमा छन । दश वर्ष जनयुद्धको प्रक्रियामा आएको माओवादी पार्टीको एउटा हिस्सा यो प्रक्रियाप्रति सशक्त विरोध गर्दै गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

यस्तो समयमा नेपाली सञ्चारमाध्यमको गतिविधिले उत्साह, आशङ्का र त्रास फैलाउन पुगेको देखिन्छ । सञ्चारको सिद्धान्तले शुद्धता, सन्तुलन र विश्वसनीयताको नाराका सुगा रटान कहिल्यै छाडेको देखिँदैन र व्यवहारमा त्यसको ठीक विपरीत देखिन्छ ।

आजभोलि सामाजिक सञ्जाल तथा मिडियामा लाइक, कमेन्ट धेरै पाउने होडमा विषयलाई सनसनी बनाउने नाममा अतिरञ्जित भ्रामक विषय सम्प्रेषण गर्ने कार्य व्यापक छ । यस्तो हर्कतले अडियन्समा परेको आधात र त्यसको क्षतिपूर्ति कसरी मिल्ला सनसनी मच्चाउने नाममा जिउँदै भएका मानिस मरेको भन्नेदेखि अश्लील शब्दको प्रयोगसम्मका प्रचारबाजी मिडियामा छाइरहेका छन् । यसमा अनलाइन मिडिया शीर्ष स्थानमा छ ।

मानव समाजको विकासक्रमसँगै युद्धको आवश्यकताले सञ्चारको विकास भएको मानिन्छ । राजनीति र युद्धनीतिमा पूर्वतिर हान्न पश्चिमतिर हल्ला गराउने रणनीतिको साधन बनेका छन् । आजका सञ्चारमाध्यमहरू चाहे नेपाली हुन् वा अन्य । लोकतन्त्रमा सञ्चारमाध्यमलाई स्वतन्त्र र निष्पक्ष विचार र सूचनाको बाहक भनिन्छ ।

यो भनाइ जति आदर्शमय छ, त्यत्तिकै झुटको यथार्थता हो भन्ने कुरा सञ्चारमाध्यमको व्यवहारहरूमा प्रस्टै देख्न सकिन्छ । राजनीतिक सत्ता र कर्पोरेट निगम नियन्त्रित शक्तिको ताबेदारी गरेर पेट पाल्नु र त्यसको शक्तिकेन्द्र खुसी पार्न वेश्याहरूले झँै विवेक बेच्नु व्यावसायिक भनाउँदा सञ्चारगृहरूको मूल प्रवृत्ति बन्ने गरेको छ ।

सञ्चारलाई गुप्तचरीको माध्यम बनाउने, त्यही कालो धन छोप्न मुकुण्डो बनाउने प्रचलनसमेत देखापरेको आजको यथार्थता हो । यहाँ यही चलेको छ ।

नागरिकका विरुद्ध भ्रामक प्रचार गर्दैै जनमत बनाउने कार्यमा दुरुपयोग गर्ने चलन विश्वभरि छ । आज शीतयुद्धको माध्यम नै सञ्चारको साधनहरू बन्ने गरेका छन् । सञ्चार हमलाले युद्धका लागि मनोवैज्ञानिक हमला गरी जनमत निर्माण गर्ने गरेका छन् । स्वविवेकले भन्दा पनि रटाइएको सुगाजस्तो छ । नेपाली सञ्चारमाध्यमहरू उदाहरणका लागि निर्वाचनको केही दिनअघि कालिकोटमा विवाह समारोहमा हस्तक्षेप गर्न प्रहरी गए र गाउँलेहरूबीच झडप भयो । हाम्रा सञ्चारमाध्यम भने झडप गर्न जाने प्रहरीलाई होइन गाउँको नेकपाका समर्थकलाई दोषी देख्छन् र हल्ला मच्चाउँछन् । चितवनमा ४ वर्षका आमा–छोरा पक्राउ, पर्दा मानवीय समवेदनाको दृष्टिकोबाट समेत समाचार सम्प्रेषण गर्न नसक्ने । सरकारको आलोचना गयो भनेर वैद्य माओवादीका उम्मेदवारलाई पक्राउ गर्ने सरकारी रवैयाको बारेमा लेख्न नसक्ने किन होला । रातिराति चोरडाँकाझैं प्रहरीले नागरिकहरू पक्राउ गर्ने, व्यक्तिलाई पक्राउ पुर्जी नदिने ।

राजनीतिसँग सम्बन्धै नभएका–नबुझेका सयौँ जनतालाई सोहोरेर थुन्ने कार्य राज्यआतङ्क हो कि होइन किन भन्न सक्दैनन् स्वतन्त्र भनिएका मिडियाहरू ? लोकतन्त्रमा विचार र अभिव्यक्तिको स्वतन्त्रता हुन्छ कि हुँदैन ?

शान्तिपूर्ण सभा, प्रचारप्रसार र जुलुसबाट राज्य त्रसित हुने, राजनीतिक विरोधको सशस्त्र प्रतिरोध गर्ने अबोध बालबालिकासमेत थुनामा राख्दा समाचार लेख्न तयार छैनन् पत्रकारहरू, अनि त्यस्ता समाचारहरू मिडियाको एजेन्डासेटिङमा परेका छैनन् । के कुनै विचारका समर्थक हुँदैमा उसको बच्चाको बालअधिकार हुँदैन हो ? उनीहरूको पक्षमा बोल्नु र लेख्नु सञ्चारमाध्यमको दायित्व छैन ? के उसले फरक विचार बोक्दैमा आत्मघाती हमला गर्न आउँछ र ? किन यस्ता सवाललाई उठाउन तयार भएनन् नेपाली मिडिया । गम्भीर प्रश्न उब्जिएको छ, यो अझै खतरा बन्दै जाने देखिन्छ ।

आज नेपाली समाज भ्रष्टाचार र विकृतिको पर्याय बनेको छ । राजनीतिक दल र नेताहरू अछुतो छैनन् । सरकारले न्यायालयमा के–के गर्दै छ त ? मिडियाहरू किन देख्दैनन्, लेख्दैनन् । यो जुहारीभित्रको अन्तरनिहित सत्य के हो किन बोल्दैनन् नेपाली मिडिया । उनीहरू मौन रहेका छन् । नदेखेका होइनन्, सब थाहा छ । न्यायालयमा तराजु लिएर उभिएको न्यायमूर्तिसरह । जे भए पनि जस्तो भए पनि बोल्दैनन् ।
यो देश बिगार्ने भ्रष्ट दलाल र तस्कर हुन् । तर, तिनलाई ‘स्कर्टिङ’मा किन राखिरहेको छ सरकार र गाउँहरूलाई आतङ्ककारीको पगरी गुथाउन खोज्छन् नेपाली मिडिया ।

सञ्चारको काम के हो लोकतान्त्रिक मूल्य र मान्यतामा सञ्चारलाई राज्यको चौथो अङ्ग मानिन्छ । तर, किन अर्काे उस्तै अङ्गको मतियारजस्तो मात्र बन्छन् सञ्चारमाध्यम एवम् चौथो अङ्ग । वाचडगको भूमिकामा रहने, खबरदारीको अक्षरले कमी–कमजोरीको उजागर गरेर सचेत पार्नेभन्दा ढाकछोपमा व्यस्त किन छन् हाम्रा मिडिया ? वाच एन्ड सेयर ध्बतअज बलम कजभबच को कार्यमा दौडधुप चलिरहेछ किन होला ?

पौराणिक कथामा व्याख्या भएका पात्र नारदजस्तै बनेर कुराको प्रवाह गराउने दायित्व भएकाहरू त आज कुवेरजस्तो बनेर धनको थुप्रो लगाउँदै छन् । अनि कहाँबाट जनतामा सही सूचनाको प्रवाह होला र ? सञ्चारमाध्यम चौथो अङ्ग र कार्यपालिकाका बीचमा भेद हुँदैन ।

आज नेपाली सञ्चारमाध्यम किन जनता उचाल्छन् मात्र । केवल प्रोपोगाण्डा र क्षणिकताको सस्तो प्रचार गर्ने हल्लाखोर प्रवृत्ति हाबी बनाउन । कुनै पनि विषयमा भावी जोखिम चुनौती र सम्भाव्यताको आकलन दूरदर्शितापूर्ण तवरले समाजलाई सही मार्गनिर्देश गर्न चुक्दै गएका छन् । उदाहरणका लागि संविधान आए के–के न होला भनियो, तर त्यसपछिको चुनौतीबारे बहस समीक्षासम्म गरेनन् । त्यही संविधान शान्ति र समृद्धि होइन अराजकता र द्वन्द्व बोकेर आएको थियो । त्यतिबेला त स्थानीय तह चुनाव भए उत्पातै हुन्छ भन्दै उराल्दै थिए । त्यसपछिको चुनौती र समस्याबारे बोल्न तयार छैनन् । बोल्न चाहँदैनन् । निर्वाचनका समयमा यस्तो हल्ला गराइयो कि देशमा यो १५ दिन अन्य कुनै घटना नै भएनन् जसरी सबै कुरालाई ओझेल पार्ने कार्य किन सञ्चारमाध्यमले गरे । उनीहरू चुनाव बिथोलिन्छ भनेर जनताकै एक समूहले गरेको निर्वाचन बाहिष्कारलाई बाइपास गरे ।

उम्मेदवारको खर्च, आर्थिक हैसियत, त्यसको स्रोतको बारेमा मौन रहे । लगानी खर्च र त्यसको पारदर्शिताबारे किन प्रश्न उठेन कतै पनि । के अब वैधानिक भ्रष्टाचारलाई समर्थन गरेका हुन् हाम्रा सञ्चारमाध्यमले । दाउरे र चाउरे हेर्दाहेर्दै कसरी नवधनाढ्यमा बदलिएका छन् । देश, जनता र आदर्श बोक्नेहरू किन चाउरिएका छन् । यो गम्भीर खोजको विषय छ, बुझेका तथ्य बुझाउनु जरुरी छ यहाँका सञ्चार क्षेत्रमा । समाचार मात्रै लेखेर पेट पाल्नु चुनौती छ धेरै पत्रकारलाई । तर, कोही पत्रकार समाचार लेखेर भात पनि खान सक्दैनन् । एक समूह समाचार लेखेकै भरमा गाडी चढेर दौडन्छन्, महल ठड्याउँदै छन् । किन यो भइरहेको छ, अध्ययन गर्ने कसले । समाचार लेख्नेमाथि नै समाचार लेख्ने कसले ।

जति पनि शान्ति र लोकतन्त्रका कुरा गरे पनि जबसम्म देश स्वाधीन र सम्पन्न बन्न सक्दैन तब सञ्चारमाध्यम कसरी बलियो बन्न सक्छ । ‘जसको नुनतेल खायो उसैको गानबजाना बजायो’ भनेझैँ किन भइरहेछ मिडियाका चरित्र । समाज र राजनीति वर्गीय हुने मिडियाको चरित्र निवर्गीय कसरी सही हुने होला र नेपालमा ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top