sujim bazar advert

गल्छी–मैलुङ–स्याफ्रुवेशी सडक योजना, बजार क्षेत्रमा चार लेनको सडक निर्माणको तयारी

    मंसिर २९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Galchhi Mailung Road Expand
Big Education Consultancy Nuwakot
global ime bank flash loan

– राष्ट्रिय गौरवको आयोजनाः १६ महिनामा १० प्रतिशत काम

– नौ अर्वको लगानीः ४६ किमी सडक

– जग्गा अधिग्रहण, विजुलीको पोल र वन क्षेत्रका कारण आयोजना निर्माण सुस्त

– यातायात नै बन्द गरेर सडक निर्माणको काम

भोलाराज पौडेल, नुवाकोट / राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक योजनाले बजार क्षेत्रमा चार लेनको सडक विस्तार गर्ने भएको छ ।

सडक योजनाले दिएको जानकारी अनुसार दुई लेनमा निर्माण भइरहेको अन्तराष्ट्रिय मापदण्डको यो सडक योजनामा पर्ने विदुर नगरपालिकाको बट्टारदेखि ढुंगेसम्म चार लेनको सडक निर्माण हुने योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए । ‘नगरपालिका क्षेत्रमा चार लेनको सडकसहित, फुटपाक, पेटी, नालीसहित निर्माण हुनेछ, देवकोटाले भने– ‘सडक सीमा कायम गरी अहिले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ ।’ उनले जग्गाको अधिग्रहणको लागि जग्गाधनीहरुको एकीन गर्ने, नापजाँच गर्ने र अन्य तथ्याङ्क लिने काम भइरहेको छ । विदुर नगरपालिकाको बजार क्षेत्रमा चारलेनको सडक विस्तार गर्दा जग्गाधनी र धरधनीलाई यथोचित मूल्यांकन गरी अधिग्रहणको काम अघि बढ्ने उनले बताए । चीनसँगको व्यापारलाई सहज बनाउनको लागि सञ्चालनमा ल्याइएको गल्छी– त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारसँगै नुवाकोटको आर्थिक विकासले पनि फड्को मार्ने स्थानीयवासीहरु बताउँछन् ।

नौ अर्व ५० करोड लगानी रहेको योजना अन्र्तगत सडकको दायाँवायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म विहान ६ बजेदेखि ९ बजेसम्म र ११ बजेदेखि ४ बजेसम्म पिपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द्र हुने आयोजना प्रमुख देवकोटाले बताए ।

२०७२ साल मंसिर ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्री परिषद्को वैठकले निर्णय गरेअनुसार यो योजना ७ मे २०१६ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भएपनि जग्गा अधिग्रहण, विजुलीको पोल र वन क्षेत्रका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको छ । आयोजनामा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग समन्वय भइरहेको योजनाले जनाएको छ ।

सडकमार्ग निर्माणको लागि आवश्यक जग्गा अधिग्रहणको लागि तथ्याङ्क संकलन लिने, लगत संकलन गर्ने काम भइरहेको आयोजना प्रमुख देवकोटाले बताए । आयोजना १७ फेब्रुअरी २०१९ मा सकिने लक्ष्य राखिएपनि लक्ष्य अनुसारको काम नहुँदा केही समय लम्बिन सक्ने उनले बताए ।

धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाई रहेको यो सडकमा अहिले ४६ किलोमिटर दूरीमा काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुवेशीसम्मको १८ किलोमिटरमा नेपाली सेनाले ट्याक खोल्ने काम गरिरहेको छ भने स्याफुवेशीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले बनाउने योजना रहेको छ । योजनाको निर्माण चाइना ठेकेदार एमएस कन्भेग, तुँदी र रसुवा जेभीले निर्माणको काम भइरहेको छ । दुई वर्षको अवधिमा योजनामा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजना नामाकरण गरी काम भइरहेको योजना अन्र्तगत धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुवेशीसम्म ८२ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको आयोजना देवकोटाले बताए ।

यो सडक तीन वटा देश जोड्ने सामरिक महत्व बोकेको योजना हो । यो सडकले चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने र पछि भारतसँग सीमा जोडिएको ठोरी नाका जोड्ने व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सरकारी योजना रहेको छ । यसलाई व्यापारिक, अन्तराष्ट्रिय र त्रिदेशीय मार्ग जोड्ने महत्वपूर्ण नाकाको रुपमा लिइएको छ ।

सडकमा पर्ने घर जग्गाको क्षतिपुर्ती

मापदण्डमा बनेका घर र जग्गा दुवैको क्षतिपुर्ती दिइने गरी तयारी भइरहेको सडक आयोजनाले जनाएको छ । घर र जग्गाको छुट्टाछुट्टै प्रक्रियाबाट मुआव्जा र क्षतिपुर्ती दिने तयारी सरकारले गरेको छ । जग्गाको हकमा एकीन गरिसकेपछि सरोकारवालाहरुको वैठक तय हुने आयोजनाले जनाएको छ । नेपाल सरकारको जग्गा प्राप्ती ऐन–२०३४ अनुसार सडकलाई आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजना प्रमुख देवकोटाको भनाई छ । सडकको केन्द्रविन्दुबाट १५ मिटर दायाँवायाँ परेका सबै जग्गा र सबै घरहरु भत्काउने योजना सरकारले बनाएको छ । १५ मिटर दायाँवायाँ परेका सबै सबै घर र जग्गाको क्षतिपुर्ती दिइने छ । तर, सहरी क्षेत्र बट्टारदेखि ढुंगेसम्मको सडक चार लेनको हुनेछ । चार लेनमा ७/७ मिटर दुई तर्फ हुन्छ । त्यो बाहेक फुटपार्क, चार मिटरको खाली हुन्छ । यहाँ सडकको चौडा तीस मिटरको हुनेछ ।

यातायात नै बन्द गरेर सडक निर्माण

सडक निर्माणलाई तिब्रता दिन योजनाले भोलीदेखि सडक बन्द गरेर स्तरोन्नतीको कामलाई अघि बढाउन लागेको छ । अहिले यो सडकमा सवारीको चाप बढी भएका कारण काम गर्न असहज भएको निष्कर्ष निकाल्दै सडक सुधार गर्न सवारी बन्द गर्न लागिएको हो । गाडी पनि चल्ने काम पनि जारी राख्दा समस्याहरु धेरै आएपछि कामलाई एकनासले अघि बढाउन सवारी रोकेर बाटो खन्ने काम अघि बढाउन लागिएको हो । ‘सवारी साधन सञ्चालन भइरहेको बेला काम गर्न निकै जोखिम हुन्छ । योजना प्रमुख देवकोटाले भने– एकातिर काम गर्ने वातावरण नै हुँदैन भने अर्कोतिर सडक खन्नेक्रममा ढुंगालगायत अन्य बस्तु खसेर क्षति हुन सक्छ ।’ पुस १ गतेदेखि फागुन मसान्तसम्म विहान ६ देखि ९ बजेसम्म र ११ बजेदेखि ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको देवकोटाले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top