sujim bazar advert

समापन बाटोको राप्रपा: रामचन्द्र भट्ट

    मंसिर २६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Ramchandra Bhatta
Big Education Consultancy Nuwakot
global ime bank flash loan

आइतबार बिहानै राप्रपाका अध्यक्ष कमल थापाले ट्विटरमा राजेन्द्र लिङदेनलाई बधाई दिँदै ट्विट गरे । उनले बडो निर्लज्ज ढंगबाट लिङदेनलाई बधाई मात्र दिएनन्, झापाका मतदाता तथा सहयोगी दललाई धन्यवाद पनि त्यही ट्विटर मार्फत ज्ञापन गरे ।

थापा आफू चाँहि मकवानपुरमा नेपाली कांग्रेसको बुई चढेर चुनाव लडे । चुनावको केही दिन अघिमात्र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि पूर्ब–पश्चिम राजमार्गलाइनै हेटौँडाबाट बाहिर्याए । तर यी कुनै पनि बुटी काममा आउन सकेनन् । सत्ताधारी दलसँगको संसर्ग थापाका लागि प्रत्युत्पादक हुनपुग्यो ।

नेपाली कांग्रेसले अरु सबै ठाउँमा थापाको राप्रपासँग सहकार्य गर्न तयार भएपनि झापा–३ छाड्न चाहेन । जसका कारण राजेन्द्र लिङदेन एमाले अर्थात बाम गठवन्धनको नजिक पुगेका थिए । थापालाई कांग्रेससँगको साथ जुन रुपले प्रत्युत्पादक ठहरियो, ठीक त्यसको उल्टो लिङदेनलाई बामपन्थीको साथ निकैनै उपलव्धिमुलक प्रमाणित भयो । उनी गणतन्त्र ल्याउनमा नेपाली कांग्रेसमा मुख्य भूमिका खेल्ने कृष्ण सिटौलालाई साढे १३ हजारको भारी मतले पराजित गर्दै विजयी भए ।

यसपटकको चुनावमा नेपालको राजनीतिलाई दुर्गन्धीकरण गर्ने एउटा शक्ति पाँच वर्षको लागि सखाप भएको छ । त्यो शक्ति भनेको राप्रपा हो । राप्रपाको एउटैमात्र बीउ यसपटक संसदमा बाँकी रहेको छ । त्यो पनि वाम गठवन्धनको सद्भावले गर्र्दा ।

पञ्चायतको अवशेषका रुपमा राप्रपा चिनिन्छ । पञ्चायतको अन्त्यपछि २०४८ को चुनावमा चार सिट जितेको राप्रपा त्यसपछि सत्ता गठन र बिघटनको खेलमा सधैँभरि साँचोका रुपमा चिनिइरह्यो । घरि नेपाली कांग्रेससँग मिल्ने त घरि एमालेसँग मिलेर देशमा राजनीतिक अस्थिरताको एउटा मुख्य साँचो पनि बनिरह्यो । त्यही क्रममा यो दल अनेक टुक्रामा बिभाजन पनि भइनै रहेको थियो । घरि लोकेन्द्रबहादुर चन्दको इगो त घरि सूर्यबहादुर थापाका कारण यो दल बिभाजन भैरहेको थियो ।

राजाको सकृय शासनकालमा कमल थापा हर्ताकर्ता भएपछि राप्रपा फेरि चोइटियो । जसले गर्दा थापा राजा निकट हुन पुगे । बाँकी चन्द र थापाले नेतृत्व गरेको राप्रपा त उसै चोइटानै थिए ।

२०७० को संबिधान सभाको चुनावमा आइपुग्दा कमल थापाले बोकेको हिन्दूत्व र राजतन्त्रले त्यो दललाई निकै महत्वपुर्ण सिट दिलायो । प्रत्यक्षतर्फ एक सिट ल्याउन नसकेपनि कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक प्रणालीले गर्दा २५ सिट ल्यायो । जुन संख्या अस्थिरताका लागि पावरफुल हुनपुग्यो । घरि एमालेसँग मिल्ने त घरि माओवादीसँग । कहिले काँंग्रेससँग मिलेर यो संख्यात्मक शक्तिलाई कमल थापाले पंगु बनाए । कमल थापाका लागि २५ सिटको यो संख्या भस्मासुरले पाएको बर जस्तो हुनपुग्यो ।

अगाडि राप्रपा झुण्डिएको पूर्ब पञ्चहरुको तीन टुक्राहरु गत वर्षको मंसिरमा एक भएको घोषणा पनि गरे । एक हुँदा राप्रपा नेपाल र राप्रपाकोको सांसद संख्या ३७ पुग्यो । तर कमल थापाको चरित्रले गर्दा यो एकीकरण तीन महिना पनि टिक्न सकेन । संबिधान संशोधनको विवादमा राप्रपा दुई होइन तीन चिरा भयो । एकातिर पशुपति शमसेर, अर्कातिर कमल थापा र अर्कातिर डा. प्रकाशचन्द्र लोहनी पुगे ।

२०५१ साल र २०५६ को चुनावले तेस्रो राजनीतिक शक्ति बन्न पुगेको राप्रपा त्यसपछि क्रमशः क्षयीकरण हुँदै गएको छ । यो चुनावले त राप्रपाको अस्तित्वनै पूर्ण रुपमा नामेट गर्ने अवस्था देखिएको छ । पशुपति शमसेर, कमल थापा, सुनिल थापा, दीपक बोहोरा लगायतले नेपाली कांग्रेससँग मिलेर चुनावमा होमिएका थिए । उता डा. लोहनीको राप्रपा राष्ट्रवादीले केही क्षेत्रमा एक्लै लडेपनि उपस्थिती शून्य जस्तै हुन पुगेको छ । माथिनै उल्लेख गरिसकियो वाम गठवन्धनको सहयोग र सद्भावले मात्र कमल थापा नेतृत्वको राप्रपाले झापामा एक सिट जितेर बीउ जोगाउन सफल भएको छ । तीन प्रतिशत मत ल्याउनै पर्ने संबैधानिक प्रावधानले गर्दा संभवतः कमल थापाले नेतृत्व गरेको लगायत कुनै पनि राप्रपाले समानुपातिकमा एक सिट पनि जित्ने अवस्था छैन । जसले गर्दा अब राप्रपाले राष्ट्रिय दलको हैसियत गुमाउने अवस्था छ ।

Kamal Thapa Cartoon RaPraPa Nepal

कुनै बेला सत्ता र शक्तिको निकट राप्रपा किन यस्तो भयो ? यसको निर्मम विवेचना गर्ने ल्याकत र बुद्धि समेत तिनका नेताहरुमा छैन । नभए एकाध सिटका लागि आफ्नो सारा अस्तित्व नेपाली कांग्रेसजस्तो ठूलो दलसँग गएर मिलाउने थिएनन् । राप्रपा दल भँड््खारोमा जाओस्, आपूmले भने जसरी पनि जित्नैपर्छ भन्ने मानसिकताले त्यसका नेता भनिएकाहरुसँग देखियो । जसले गर्दा राप्रपा अब घाटमा पुगेको छ ।

राप्रपा यस्तो दल हो जसमा युवापिढीको पटक्कै आकर्षण छैन । अधिकांश यसका नेताहरुको उमेर ५० वर्षभन्दा तल छैन । अझै धेरैको उमेर ७० कटिसकेको छ । पञ्चायतकालमा मन्त्री, राष्ट्रिय पञ्चायतको सदस्य भएको भरमा राप्रपाको केन्द्रमा रहेका छन् । तिनैले पटक पटक टिकट पाउँछन् । युवाहरु यो दलमा आकर्षित हुन नसक्नुले यो दलको औचित्य अब लगभग समाप्त हुन लागेको छ ।

यो दल समापनको अवस्थामा जानुको अर्को कारण चाहि यो दलको स्पष्ट एजेण्डा पनि देखिएन । घरि हिन्दू देश, घरि राजतन्त्रको भुमरीले यो दलको एजेण्डा के हो भन्ने पनि स्पष्ट छैन । अघिल्लो चुनावमा हिन्दूत्वकै कारण समानुपातिकमा २५ सिट जितेको तथ्यलाई कमल थापाले चटक्कै भुलेर सरकार गठन र बिघटनको साँचो हातमा लिएर हिँडेपछि पूर्ब पञ्चहरुको दल समापनतिर पुगेको हो ।

राप्रपासँग स्पष्ट एजेण्डा पनि छैनन् । हिन्दु देश, राजतन्त्रका विषयमा आफैँभित्र पनि यी दलहरुबीच स्पष्टता छैन । अघिल्लो चुनावमा यसले पाएको मत हिन्दुत्वलाई उरालेकै कारणले मात्र थियो ।

 अबको पाँच वर्षसम्म राप्रपाका सबै धारका अधिकांश नेताहरु उम्मेदवारनै हुन नसक्ने उमेरमा चढिसक्नेछन् । एकातिर पुराना नेताहरु राजनीतिबाट बिदा हुनुपर्ने र अर्कातिर नयाँ युवाहरु यो दलप्रति आकर्षित नहुनुले गर्दा राप्रपाको अवस्था पाँच वर्षपछिको चुनावमा उम्मेदवारनै नरहने संभावना पनि त्यत्तिकै छ । त्यस्तो अवस्थामा जे जति संभावना भएका राप्रपाका नेताहरु छन् तिनीहरुमध्य अधिकांश विचारधारा मिल्ने नेपाली कांग्रेसमा समाहित हुनेछन् । बाँकी केही एमाले र नयाँ दलहरुमा प्रवेश गर्नेछन् ।

यो चुनावले दिएको स्पष्ट संकेत के हो भने अब नेपालमा धेरै दलहरुको औचित्य छैन । जति धेरै दलहरु हुन्छन् त्यतिनै धेरै अस्थिरता र सरकारी स्रोतको सत्यानाशमात्र हुने हो । आपूmलाई ‘प्रगतिशील’ भनाउन चाहने वामपन्थी र ‘लोकतान्त्रिक’ दावी गर्ने दक्षिणपन्थी मात्र अब अस्तित्वमा रहनेछन् ।  जसका कारण राजनीतिक स्थिरता हुनेमा विश्वास गर्न सकिन्छ ।

यो चुनावमा सखाप भएको राप्रपा लगायत दलहरुको मतले देखाएको संकेत पनि यो हो कि–‘अति गर्नु अत्याचार नगर्नु ।’ कांग्रेस र एमालेले बहुमत नपाएको अवस्थामा राप्रपाले जे जति राजनीतिक अत्याचार गरेको गरेको थियो त्यसको हिसाब किताब बल्ल चुक्ता हुँदैछ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top