२०८०, १६ मंसिर शनिबार
social securities awareness bidur municipality

प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु

    कार्तिक २४ २०७४ १०:४९

pratik book and stationery center in nuwakot

प्रशोधित पानी समेत प्रदुषित भएको भेटिएपछि सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागु गरेको छ । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले नयाँ निर्देशिका मार्फत प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु गरेको हो ।

नयाँ मापदण्ड अनुसार अब पानी उद्योगले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटलहरूको भण्डारणको लागि पर्याप्त ठाउँ सहितको उद्योग व्यवस्था गर्नुपर्नेछ ।

प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि विकास मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को क बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयास पछि मन्त्रालयले हालै पानीसँग सम्बन्धित निर्देशिका जारी गरेको छ ।

के छ निर्देशिकामा ?

नयाँ निर्देशिका मार्फत खानेपानीको गुणस्तर सुधारका लागि विभिन्न मापदण्ड तोकिएको छ । निर्देशिकामा गरिएको मुख्य मुख्य मापदण्ड निम्न छन् :

  •  पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने लुगा छुट्टै हुनुपर्ने
  • उद्योगबाट आउने फोहोर पानीको राम्रोसँग व्यवस्थापन हुनुपर्ने
  • कामदारलाई अनिवार्य रूपमा ६ महिनामा एक पटक तालिमको व्यवस्था गर्नुपर्ने
  • महिनामा कम्तिमा एकपटक उद्योगको मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने
  • हरेक चार महिनामा विभागको प्रयोगशाला वा विभाग मातहतका प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने
  •  प्रशोधित पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरीन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेक्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्नुपर्ने

मापदण्ड पूरा नगर्ने उद्योग बन्द गरिने

अबको ६ महिनामा मापदण्ड पूरा नगर्ने पानी उद्योग पाइएमा बन्द गरिने भएको छ । पुराना उद्योगहरूले निर्देशिका अनुरूपको मापदण्ड पूरा गर्नुपर्नेछ भने नयाँ उद्योगले मापदण्ड पालना गरेपछि मात्र उत्पादनको लागि अनुज्ञापत्र पाउनेछन् ।

अब खानेपानी उद्योगले असल उत्पादन अभ्यास (जीएमपी) लाई आधार मानेर मापदण्ड अनुसारको पूर्वाधार, सरसफाइ, स्वच्छता, गुणस्तर आदिलाई ध्यान दिएर मात्र पानीको उत्पादन गर्नुपर्नेछ । नेपालमा २ सय ५० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन् । -वासखबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top