२०८१, १४ बैशाख शुक्रबार

वाम गठबन्धनको घोषणापत्रमा खानेपानी सरसफाइ र स्वच्छता

    कार्तिक १९ २०७४ ११:४२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ, लिखिता बराल : नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा खानेपानी, सरसफाइ र स्वच्छतालाई प्रमुखताका राखिएको छ । घोषणापत्रमा सरसफाइतर्फ प्रत्येक घरमा अनिवार्य शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा सुविधा सम्पन्न निशुल्क शौचालयको व्यवस्था गर्ने उल्लेख छ ।

नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाउने देखि प्राङ्गारिक मल तथा जैविक उर्जाको माध्यमबाट फोहोरको दिगो व्यवस्थापन गरी स्वच्छता कायम राख्ने घोषणापत्रमा उल्लेख छ ।

बाम गठबन्धनको घोषणापत्रमा समेटिएका खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी व्यवस्था

कृषि भूमिमा पानी : सिचाईमा लगानी

भूमिगत सिंचाइ सम्भाव्य भएका तराई मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्यबूवेल र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेसी तथा टारमा सौर्य उर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिचाई सञ्चालन गरिनेछ ।

आकाशेपानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिंचाइ, प्लाष्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्धारा कृषियोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराइनेछ ।

विद्युत उर्जा बृद्धि:  राष्ट्रको आर्थिक समृद्धि

आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत उत्पादन गरिनेछ ।

गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार : राष्ट्र निर्माणको आधार

सामुदायिक विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्राबास, खेलकुदको व्यवस्था, सरसफाइ आदिको उचि प्रबन्ध गरिनेछ ।

सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा

प्रत्येक घरमा अनिवार्य शौचालय र धुँवारहित चुलोको व्यवस्था गरिनेछ । धुँवा, धुलो र रसायनको उचित व्यवस्थापनका लागि मापदण्ड निर्धारण गरिनेछ ।

प्राकृतिक सम्पदा र वातावरणको रक्षा

नदी, खोला, पोखरी, ताल तलैया, धार्मिक स्थल, खानेपानीको मुहान, खुला क्षेत्र, सडक, टोल वा अन्य सार्वजनिक स्थलहरुमा सफाइ गरिनेछ ।

सार्वजनिक स्थलमा सुविधायुक्त सार्वजनिक शौचालय निःशुल्क सञ्चालन गरिनेछ । सार्वजनिक स्थलहरुलाई अतिक्रमण हुन नदिने नीति कडाइका साथ लागु गरिनेछ ।

जैविक उर्जा र प्राङ्गारिक मल उत्पादनका माध्यमबाट फोहोरलाई दिगो व्यवस्थापन गरिनेछ ।

मापदण्ड विपरीतका प्लाष्टिक झोला र वातावरणमा प्रतिकुल असर पार्ने सामग्रीको प्रयोगलाई निषेध गरिनेछ ।

सक्षम प्रदेश : अधिकार सम्पन्न स्थानीय सरकार

आगामी ५ बर्ष भित्रमा सम्पूर्ण नागरिकलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खेलकुद, मनोरञ्जन, पर्याप्त स्वच्छ पिउने पानीको सुनिश्चितता हुने गरी आवश्यक पूर्वाधारको विकास गरिनेछ ।

विद्युत, टेलिफोनका तार, ग्याँसका पाइप, खानेपानी पाइप लगायत सबै भूमिगत राखिनेछ । ढलको समुचित व्यवस्थापन गर्नुका साथै शहरमा उत्पादित जैविक फोहोरबाट विद्युत र प्राङ्गारिक मल उत्पादन गरिनेछ ।

स्वच्छ, सुन्दर आधुनिक राजधानी

वागमती उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा शहरका रुपमा विकास गरिनेछ । काठमाडौ, भक्तपुर, ललितपुर जिल्लालाई एकीकृत शहरका रुपमा विकास गरिनेछ । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमुना बनाइनेछ ।

वागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी र खोलाहरु सफा गरिनेछ । वागमती नदीको मुहानदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिनेछ ।

राजधानीलाई फोहोर, धुलो, हिलो र प्रदुषणमुक्त गरिनेछ । राजधानीका नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइनेछ । पशु छाडा छोड्न पाइने छैन । राजधानी वरिपरि हरियाली विकास गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top