२०८१, १४ बैशाख शुक्रबार

वामपन्थी शक्ति अग्नीपरीक्षाको घडीमा उभिएको छ : माधवकुमार नेपाल

    आश्विन २० २०७४ २०:४३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

वामपन्थी शक्तिहरुबीचमा सुरु भएको चुनावी तालमेल र पार्टी एकता प्रक्रियाले निकै चर्चा पाइरहेको छ । यसैसम्बन्धमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरर्वार्ताको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंहरुले गर्नुभएको वाम एकताको प्रयास केका लागि हो ?
जनता र देशको माग अनुसार हामीले एकता प्रक्रिया अगाडि बढाएका हाँै । हाम्रो एकताप्रक्रियाले देशभक्त जनता खुशी छन् ।

पुष्पकमल दाहाल र केपी शर्मा ओलीबिचमा एकता हुँदैमा सबै वामपन्थी शक्ति मिलेको भन्न मिल्छ ?
मुख्य शक्तिहरुकोबीचमा एकता भएको छ । अरु शक्तिहरु पनि क्रमशः एकताबद्ध भएर आउँछन् । सैद्धान्तिक रुपमा सहमति भएर एकताको आधार तय भएको छ । वामपन्थी शक्ति एक हुनुपर्छ भन्ने नारा अब साकार हुँदैछ ।

तपाईहरु वामपन्थी नै होइन भन्ने आरोप मोहन वैद्यले लगाउनुभयो । यसबारे के भन्नुहुन्छ ?
उग्र वामपन्थीहरुले त्यस्तो भन्ने कुरा स्वभाविक हो । उहाँहरुले भन्दैमा आत्तिनुपर्ने कुनै कारण छैन ।

तपाईंहरुको तालमेलको उद्देश्य के हो ? शासनसत्ता कब्जा गर्ने वा अरु केही योजना छ कि ?
हामी त सबैभन्दा पहिले जनताको बहुदलीय जनवादलाई अंगिकार गरेर अगाडि बढ्छौँ । एक दलीय शासन व्यवस्था ल्याउने कुनै उद्देश्य छैन । हामी बहुदलीय प्रतिस्पर्धाको पक्षमा छौँ । प्रतिस्पर्धाको आधारमा जनताले जे निर्णय गर्छन्, त्यसलाई नै स्विकार गरेर जानुपर्छ भन्ने मान्यतामा छौँ ।

नेपाली राजनीति ध्रविकृत भएर दुई कित्तामा गएको छ । यसले कस्तो प्रभाव पार्ला ?
यो त राम्रो कुरा हो । भारतमा पनि त यस्तै छ नि । अरु धेरै देशमा पनि दुईवटा मात्रै दल छन् । त्यसैले नेपालको राजनीति दुई कित्तामा विभाजन भयो भनेर आत्तिनु पर्दैन । यो त खुशीको कुरा हो । अब वामपन्थी र लोकतान्त्रिक शक्तिमध्ये एउटालाई जनताले साथ दिनेछन् । कुनै एक शक्तिलाई बहुमत दिएर पाँच वर्ष एउटै शक्तिले शासन गर्न पाउने अवस्था ल्याउनुपर्छ । राम्रो काम गरे पुरस्कृत र नराम्रो गरे दण्डित गर्ने काम जनताले गर्छन् ।

अब तपाईहरुले दुई तिहाई बहुमत ल्याउन सक्ने आधार केके छन् ?
एमाले र माओवादीको भोट जोड्ने हो भने ६४ सालको संविधान सभाको चुनावमा ६३ प्रतिशत मत आएको थियो । दोस्रो संविधानसभाको चुनावको नतिजा हेर्दा पनि बहुमतभन्दा बढि मत हामीले प्राप्त गरेका छौँ । वामपन्थीहरुलाई जनताको अपार समर्थन छ । वामपन्थीहरु देशभक्त र लोकतन्त्रप्रति निष्ठावान हुने भएकाले जनताले दुई तिहाई बहुमत दिन्छन् । अग्नीपरीक्षाको घडीमा हामी उभिएका छौँ ।

तपाईं पनि पार्टी अध्यक्ष बन्ने हैसियतको नेता । अब केपी ओली प्रधानमन्त्री र पुष्पकमल दाहाल पार्टी अध्यक्ष बन्ने हल्ला छ । यसले तपाईलाई पछि पार्दैन ?
पदको निम्ति म चुर्लुम्म डुब्ने काम गर्दिन । देश र जनताले सुख पाओस् । म त पार्टीको नेतृत्व र सरकारको नेतृत्व दुवै गरिसकेको मान्छे हुँ । अब मलाई केही लोभ छैन । अर्को कुरा राजनीतिमा म यस्ता निजी कुरालाई सुन्न चाहन्न । इमानदारिता र निष्ठा भएपछि पछि पर्ने कुरै आउँदैन ।

अबको महाधिवेशनमा अध्यक्षमा तपाईको उम्मेदवारी….
हैन हैन । यस्ता कुरा नगर्नुस् । एमालेको सूर्य चिन्हमा चुनाव लड्ने वामपन्थी सबैलाई चुनाव जिताउने अभियानमा लाग्ने हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top