sujim bazar advert

नुवाकोटको २१ गाविस पहिरोको जोखिममा

    असार २८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट जिल्लामा रहेको ६१ वटा गाउँ विकास समिति र एउटा नगरपालिका मध्ये २५ वटा गाउँ विकास समिति पहिरोको उच्च जोखिममा रहेको आन्तरिक अध्यायनको प्रतिवेदन तयार भईरहेको छ । जिल्ला विकास समिति, जिल्ला दैवी प्रकोप उद्धार समिति र जिल्ला प्रशासन कार्यालयको टोलीको अध्यायनले २५ गाविसलाई यो वार्खामा पहिरो उच्च जोखिमको रुपमा राखेको छ ।

खानी तथा भुगर्भ विभागको अध्यायन पनि जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार विभागले पठाएको प्रतिवेदनले जिल्लाको ११ वटा गाउँ विकास समितिका २८ स्थाालाई पहिरोको उच्च जोखिममा राखेको छ ।

विभागले गरेको अध्यायनका आधारमा नुवाकोट जिल्लाको ११ वटा गाउँ विकास समितिका २८ वटा गाउँ मध्ये तत्कालै बस्ती सारिनु पर्ने गाउँमा घ्याङ्गफेदी गाविसको वडा नं. ३ सेल्जुङ्ग रहेको छ । त्यस बाहेक उच्च पहिरोको जोखिममा विभागले लच्याङ्ग, साल्मे, किम्ताङ्ग, उर्लेनी, कल्याणपुर, महाकाली, घ्याङ्फेदी, शिखरवेशी, गो¥याङ्ग, कुमरी र चाउथे गाउँ विकास समितिका विभिन्न वडाका २८ स्थान हेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखेलले बताउनुभएको छ । अघिल्लो साता मात्रै बुङ्गताङ्ग गाविसमा पहिरोमा घर पुरिएर दुई बालकको ज्यान गएको थियो ।

यो घटनासंगै जिल्लाको सुरक्षित मानिएको स्थानहरु पनि पहिरोको जोखिममा रहेको पुष्ठि भएको छ । त्यसैका आधारमा पनि नुवाकोटको जुनसुकै स्थानमा यो पाली पहिरो जाने सम्भावना देखिएको छ । पोहोरको भुकम्पले बेस्करी हल्लाएको जमिनलाई यो वर्खामासमा परेको पानीले गलाउन थालेको छ । गलेको जमिनका कारण पहिरोको उच्च जोखिममा रहेका नागरिकहरुको विषयमा सरकारले पनि चनाखो भएर बस्ने गरी योजना बनाएको छ । पहिरोका कारण कसैको बास गुमेमा अहिले तयार भएको सामुहिक आवास गृहमा स्थानात्रण गरिने योजना तयार भएको छ । जिल्लाको विभिन्न् चार स्थानमा सम्पन्न भएको र बाँकी हरेको तीन स्थानको सामुहिक आवास गृह पहिरोबाट घर गुमाएकाहरुका लागि प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ ।

दैबी प्रकोपमा परेकोहरुलाई उद्धार गर्नका लागि र विशेष गरी यो वर्खामा पहिरोबाट हुने जोखिम र क्षती न्युनिकरणका लागि योजना सहित जिल्ला दैवी प्रकोप उद्धार समिति नुवाकोट तयारी अवस्थामा रहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार घटनामा परेकाहरुको तत्कालै उद्धार गर्ने देखि राहतका कार्यमा तयारीका साथ स्थानीय प्रशासन चनाखो भई बसेको छ ।

आफ्नो बसोवास रहेको स्थान असुरक्षित रहेको महशुस भएका नगरिकहरुले जिल्ला प्रशासन कार्यालय तथा प्रहीलाई खबर गरे सुरक्षित स्थानमा पुर्नथापना हुन सक्ने छन् । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्वर अन्ठाननब्बे पाँच एधार चार चारवटा सात, अन्ठाननब्बे पाँच एधार चार चारवटा सात र प्रहरी प्रमुखको मोवाइल नम्वर ९८५१२९५५५५ मा सम्पर्क गर्न सकिने छ ।

 

गमला लामा

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top