sujim bazar advert

बेकामको इन्जिनियर !

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बिदुर –  भूकम्प गएको १३ महिना बिते पनि पीडितका घर बनाउन गाउँ गएका इन्जिनियर कामविहीन भएका छन् । सरकारले पीडितलाई राहत रकम उपलब्ध गराउन नसक्दा घर बनाउने काम नै रोकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १ हजार २६ जना इन्जिनियरका साथमा सब इन्जिनियर र असिस्टेन्स सबइन्जिनियरसमेत गरी २ हजार २ सय ५१ प्राविधिक गाउँ पुगिसकेका छन् ।

प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरि शर्माका अनुसार भूकम्पबाट करिब सात लाख घर भत्केको अनुमान रहेकोमा अहिलेसम्म करिब ३८ हजार धुरीले मात्रै आवास बनाउन अनुदान सम्झौता भएको तर ती ३८ हजारले पनि रकम पाउन नसकेकाले पुनर्निर्माणको काम सुरु नै हुन सकेको छैन ।

पीडितले घर बनाउन अनुदान नै नपाएको अवस्थामा प्राविधिक सहयोग आवश्यक नभएपछि कामविहीन भएका एक इन्जिनियरले बताएका छन् ।

यस्तै नुवाकोटमा खटिएका प्राविधिक अहिलेसम्म गाउँ पुगेका छैनन् । वैशाख चौथो साता गाउँमा परिचालन भएका उनीहरू अहिलेसम्म कहाँ छन् भन्नेबारे अन्योल नुवाकोटका नागरिकहरुलाई भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटले ६१ गाविस र १ नगरपालिकाका लागि गत वैशाख २७ गते प्राविधिक टोली भूकम्पपीडित क्षेत्र पठाएको थियो ।

उनीहरूलाई सदरमुकाम विदुरमा एकदिने अनुशिक्षण दिएर गाउँ पठाइएको हो । ७४ जना प्राविधिक गाउँ र नगरपालिकामा खटिएका थिए । तर, उनीहरूको अहिलेसम्म गाउँ र नगरपालिकामा समेत अत्तोपत्तो छैन ।

इकाईले जिल्लाका लागि १ सय ३४ जना प्राविधिकको माग गरेको थियो । नुवाकोटमा ७० हजारभन्दा बढी घर भूकम्पले ध्वस्त भएका छन् । भूकम्पमा परी १ हजार १ सय १२ जनाको मृत्यु भएको थियो भने एक हजार स्थानीयवासी घाइते भएका थिए ।

यस्तै रसुवा जिल्लमा पनि काम नपाएपछि इन्जिनियर सहितको प्राविधिक टोली अलमलमा परेको छ । ‘पीडितले घर बनाउन अनुदान नै नपाएको अवस्थामा प्राविधिक सहयोग आवश्यक नभएपछि कामविहीन भएका एक इन्जिनियरले बताएका छन् ।’

रसुवामा ४१ जना इन्जिनियर खटाइएको छ । सबओभरसियर र ओभरसियर पनि त्यति नै संख्या खटाइएको छ । उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसारको घरको मोडल र डिजाइनसमेत जानकारी दिनुपर्ने हुन्छ ।

मापदण्डअनुसार पीडितले घर बनाउन नथालेको अवस्थामा उनीहरू सदरमुकाम, राजधानी र आफ्नै घरमा भौंतारिन बाध्य भएका छन् । पीडितसँग घर बनाउने सम्झौता सुरु हुन थाले पनि अनुदान वितरण भएको छैन । पुनर्निर्माणसम्बन्धी जिल्लास्तरीय कार्यान्वयन इकाईका आयोजना प्रमुख राजेन्द्र खतिवडाले रकम वितरणका लागि सम्झौताको तयारी भइरहेको जानकारी दिए ।

आवास निर्माणसम्बन्धी सम्झौता गर्ने गाउँ विकास समितिमा कर्मचारी दरबन्दीको अभाव छ । पुनर्निर्माणका काम अघि बढ्न समस्या भएको छ । सबै जिम्मेवारी एउटै व्यक्तिले सञ्चालन गर्नुपर्ने बाध्यताले पुनर्निर्माण सम्झौतामा नै ढिलाइ भएको राम्चे गाविस सचिव शोवराज अधिकारीले बताए ।

जिल्ला इन्जिनियर मदनमोहनलाल श्रेष्ठका अनुसार अझै ११ गाविसका भूकम्पपीडितको सूची सार्वजनिक हुन नसकेकाले पुनर्निर्माणको काम तत्काल सुरु हुने सम्भावना छैन ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top