२०८१, १४ बैशाख शुक्रबार

फेरि वर्खाको त्रास

    असार १६ २०७३ १३:३०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – भुकम्पबाट घर भत्किएका नुवाकोट जिल्लाको आठ गाउँ विकास समितिका नागरिकहरु एक वर्ष देखि विदुर नगरपालिका वडा नं. १ इन्द्रेणीचौरमा बसीरहेका छन् । दुई/चार दिनयता आकाशमा कालो बादल मडारिएर गड्याङगुडुङ गर्दै अलिअलि पानी पर्न थालेसँगै नुवाकोट भाल्चेका श्रीमाया तामाङलाई आउन लागेको बर्खा च्यातिएको पालमा कसरी कटाउने चिन्ताले सताउन थालेको छ । भूकम्पपछि एक वर्षयता पालमा बसिरहनुभएको उहाँलाई धुजाधुजा भएको पालले बर्खा कसरी थेग्ला भनेर राति निद्रा समेत पर्न छाडेको छ । भुकम्प पछी अस्थाई आबास निर्माणको लागी त्रिपाल अड्याउन राखिएको खामो समेत अब काम नलाग्ने भएको छ ।

श्रीमाया तामाङ जस्तै अर्का दिलमान तामाङलाई पनि बर्खाभर अस्थायी टहरामा कसरी सुत्ने चिन्ताले खाएको छ । दुई/चार दिनयताको टापटिप पानीले पनि उहाँलाई चिन्तित बनाएको छ । भूकम्पमा भत्केको घर बनाउने रकम आफ्नो हातमा नभएको र सरकारले दिने अनुदानबाट जसोतसो जोहो गर्ने प्रतीक्षामा उहाँ हुनुहुन्छ ।

भुकम्पले घर लडाएपछि घर बनाउन सुरु गर्नु त टाढाको कुरा, घरको भग्नावशेष हटाउन पनि नागरिकहरु गाउँ जान सकेका छैन । भुकम्प लगत्तै गाउँबाट नगरपालिकाको इन्द्रायणी चौरमा झरेको पनि वर्ष दिन वितेको छ । सरकारले अनुदनामा दिने दुई लाख रुपैयाँले घर निर्माणको सोच बनाएका साल्मेका पेम्बर तामाङ यसपालिको वर्खामा सुरक्षित बसाईको आश कम हुँदै गएको सुनाउनुहुन्छ ।

घर भत्किएपछि लालाबाला टिपेर विदुर नगरपालिका वडा नं. १ को इन्द्रेणीचौर झरेर कष्टकर जीवन विताइरहुनभएका डाबन तामाङसंग यत्तिबेला प्रश्नै प्रश्न मात्रै छन् । कहिलेसम्म टहरामा बसिरहने देखि घर बनाउन किलो गाढ्ेन कता जाने भन्नेसम्मको अनुत्तरित जिज्ञासा उहाँसंग छ ।

भुकम्पले घर भत्किएर अझै टहरो र त्रिपालमुनी साँगुरिएकाहरु अहिले वर्खा नआइदिए पनि हुन्थ्यो जस्तो गरिरहेका छन् । झन् यसपाली बैशाख देखि नै सुरु भएको वर्खाले उनीहरुको सात्तो लिएको छ । हावाहुरीले च्यातेको थोत्रा त्रिपाल समातेर बसिरहेकाहरुलाई यस बर्ष बर्खा नआईदिए हुन्थ्यो जस्तो भएको भन्नुहुन्छ डावन तामाङ ।

वर्ष दिनदेखि त्रिपाल र टिनले बारेर बनाएको अस्थायी आवास नै स्थायी जस्तै भएको नुवाकोटका घर भत्किएका नागरिकहरुलाई अहिले सुरक्षित बासस्थान तयार गर्ने हत्तारो छ । तर, पानीबाट सुरक्षित रहने अर्को आवास तयार गर्न पनि धेरै नै खर्च लाग्ने भएकोले सरकारबाट उपलब्ध हुने रकमबाट पक्की घर नै निर्माण थाल्ने सोचमा यहाँका नागरिकहरु रहेका छन् । सरकारी रकम कुर्दा कुर्दै फेरि अर्को वर्खा पनि त्रिपाल र चौरमा विताउने अवस्थामा आइपुगेका विस्थापित नागरिकहरु भन्छन् ः यो बर्खामा बचाइदेउ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top