sujim bazar advert

मगर पुरेतको भूमिकाबारे विस्तृत छलफल

डबली खबर     पुस ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

magar purohit
Big Education Consultancy Nuwakot
global ime bank flash loan

६ पुस, लिखु । नुवाकोटमा मगर पुरेतको भूमिकाबारे विस्तृत छलफल भएको छ । नेपाल मगर बौद्ध सेवा समाज तथा नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा नेपाल मगर बौद्ध सेवा समाजको ९औँ घुम्ती बैठकसँगै मगर वापा तथा मापा (मगर पुरेत) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भएको हो ।

लिखु गाउँपालिका वडा नम्बर २ र ३ का मगर समुदायको सक्रिय सहभागितामा भएको कार्यक्रममा मगर समुदायको संस्कार, परम्परा र पहिचान संरक्षणमा मगर पुरेतको भूमिकाबारे विस्तृत छलफल गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष रामकुमार थापामगरले जानकारी दिए।

कार्यक्रम नेपाल मगर बौद्ध सेवा समाज बागमती प्रदेश समितिका अध्यक्ष राजु दर्लामी मगरको अध्यक्षता र लिखु गाउँपालिका वडा नम्बर २ का प्रेमबहादुर थापामगर प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश समिति सदस्य कविता थापामगर, लिखु गाउँपालिका मगर संघ अध्यक्ष कृष्ण थापामगरलगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बागमती प्रदेशका ललितपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुरलगायत जिल्लाबाट आएका मगर वापा तथा मापा प्रतिनिधिहरूले आफ्ना अनुभव साझा गर्दै मगर समुदायका संस्कार, धार्मिक विधि र सामाजिक अभ्यासमा मगर पुरेतको आवश्यकता र महत्त्वबारे धारणा राखेका थिए।

कार्यक्रममा वक्ताहरूले मगर संस्कारलाई मौलिक रूपमा संरक्षण र प्रवर्द्धन गर्न पुरेत प्रणालीलाई व्यवस्थित र सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

मगर समुदायभित्र सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै परम्परागत पहिचान जगेर्ना गर्न सामूहिक प्रयासको आवश्यकता रहेको कार्यक्रमले सन्देश दिएको आयोजकले बताएका छन्।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top