५ पुस, नुवाकोट । त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारणसभा सम्पन्न भएको छ ।
प्रतिवेदनअनुसार सहकारीमा हाल १ हजार ८ सय ५२ जना शेयर सदस्य आबद्ध छन् । सहकारीमा महिला ५ सय ७५ र पुरुष १ हजार २ सय ५२ जना रहेका छन्। सहकारीमा ८ जना कर्मचारी कार्यरत छन्।
सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले संस्थामा वित्तीय अवस्था सन्तोषजनक देखाएको बताए । गत आर्थिक वर्ष २०८१/८२ मा कुल चुक्ता शेयर पुँजी करिब ४ करोड १९ लाख ५२ हजार ८०० रुपैयाँ पुगेको जानकारी दिए ।
त्यस्तै, सहकारीले आफ्ना सदस्यलाई विभिन्न शीर्षकमा ३ करोड ४४ लाख ५० हजार ६९५ रुपैयाँ कर्जा प्रवाह गरेको प्रतिवेदनमा जनाइएको छ। गत आवमा सहकारीले करिब ४७ करोड रुपैँया कारोबार गरेको उल्लेख छ ।
कर्जा लगानीतर्फ हेर्दा कृषि, व्यापार, व्यवसाय, घरायसी तथा उपभोग्य क्षेत्रमा कर्जा प्रवाह गरिएको देखिन्छ। कर्जा असुलीको अवस्था पनि तुलनात्मक रूपमा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ ।
लेखापरीक्षण प्रतिवेदनले सहकारीले तोकिएको कानुनी मापदण्ड, नीति तथा निर्देशनअनुसार सञ्चालन हुँदै आएको निष्कर्ष निकालेको छ। व्यवस्थापन, वित्तीय अनुशासन र सदस्य सेवामा थप प्रभावकारिता ल्याउन केही सुधारात्मक सुझावसमेत प्रतिवेदनमा समेटिएको छ।
सहकारीले आगामी दिनमा संस्थाको दिगोपन, पारदर्शिता र सदस्य हितलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
सहकारीले साधारणसभाको अवसरमा विभिन्न विधामा सदस्य र सदस्यका छोराछोरीहरुलाई सम्मान र छात्रवृत्ति प्रदान गरेको छ ।




















प्रतिक्रिया