sujim bazar advert

एकै महिनामा १३ सय बढीलाई नागरिकता

डबली खबर     पुस ३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

nepali citizenship certificates-sample-2
Big Education Consultancy Nuwakot
global ime bank flash loan

३ पुस, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालुआर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणमा कार्यालयले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

प्रशासनले २०८२ मंसिर महिनाको कार्य सम्पादन प्रगति विवरणमा १ हजार ३७७ जनाले नागरिकता सम्बन्धी सेवा लिएका छन्। जसमा नयाँ नागरिकता (वंशज) ५४९ जना, प्रतिलिपि नागरिकता ८२७ जना र गैर-आवासीय नागरिकता १ जनाले लिएका छन् ।

यसैगरी, कार्यालयले २ हजार ५८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरेका थिए । जसमध्ये ५०३ वटा परिचयपत्र वितरण गरिएको जनाएको छ।

राहदानीतर्फ ५५८ नयाँ आवेदन संकलन हुनुका साथै ६६० वटा राहदानी सेवाग्राहीको हातमा पुगेको छ।

सेवा प्रवाहसँगै प्रशासनले राजस्व संकलनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ। महिनाभर कुल ३१ लाख ७ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। सबैभन्दा बढी राहदानी दस्तुरबाट ३० लाख ८२ हजार ५ सय रुपैयाँ संकलन भएको छ। एजेन्सी दर्ताबाट २२ हजार ८ सय र प्रशासनिक दण्ड जरिवानाबाट २ हजार ६ सय रुपैयाँ उठेको छ।

कानुनी प्रक्रियातर्फ ‘अभद्र व्यवहार’ सम्बन्धी ४ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने हाल २० वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्।

उपभोक्ताको हितलाई ध्यानमा राखी प्रशासनले बजार अनुगमनलाई पनि निरन्तरता दिएको छ। महिनाभरमा ९ वटा पसलको निरीक्षण गरिएको र बजारको अवस्था सामान्य पाइएको प्रतिवेदनमा उल्लेख छ। साथै, सुशासन प्रवर्द्धनका लागि जिल्लाका ४ वटा सरकारी कार्यालयहरूको आकस्मिक निरीक्षण समेत गरिएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top