२६ मङ्सिर, नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभाको अवसरमा आयोजित जिल्लास्तरीय अन्तर विद्यालय ‘संगम एकल लोक नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ ।
बट्टारमा आयोजित प्रतियोगितामा १३ विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको कार्यक्रम संयोजक सुचित श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा त्रिशूली सामुदायिक बोर्डिङ स्कुलकी काशिस मलेखु श्रेष्ठ प्रथम भईन् । उनीले कुल १४५ अंक प्राप्त गर्दै विजेता बनेका हुन्।
अर्किड एकेडेमी नुवाकोटकी आयुशी श्रेष्ठ द्वितीय रहिन् । उनले १४२ अंक प्राप्त गरेकी थिइन्।
त्यसैगरी, तृतीय स्थान आस्मा तामाङले हात पारिन्। १३८ अंक प्राप्त गर्दै उनले सुभेनियर बोर्डिङ स्कुललाई तेस्रो स्थान दिलाइन्।
सान्त्वना पुरस्कारमा सिम्रना कुमाल भईन् । उनले १३६ अंक ल्याउँदै चन्द्रज्योति माध्यमिक विद्यालयका तर्फबाट प्रतिस्पर्धा गरेका थिइन्।
प्रतियोगिताको मुल्यांकन तथा निर्णय कल्पना राजचल श्रेष्ठ र प्रेम श्रेष्ठले गरेका थिए ।
विजेताहरुलाई सहकारीको साधारणसभाको समारोहमा पुरस्कृत गरिने संस्थाका अध्यक्ष केशव मिश्रले जानकारी दिए ।




















प्रतिक्रिया