२०८१, १८ बैशाख मंगलवार

बालिका शिक्षा र साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा

सुनील श्रेष्ठ     मंसिर २० २०८० ११:२०

padhnko lagi kotha room to read education program supervision in bhimsen secondary school nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जिल्लामा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको छ । भीमसेन माध्यमिक विद्यालयमा रुम टु रिड नेपालको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोगको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा र साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको हो । जिल्ला परियोजना सल्लाहकार समितिले अनुगमन तथा समीक्षा गरेका हुन् ।

साक्षरता कक्षाको अनुगमनपछि जिल्ला समन्वय समितिका समन्वय अधिकारी शान्तिराजा प्रसाईंले साक्षरता कार्यक्रमले विद्यार्थीहरुको सिकाई उपलब्धि वृद्धि गर्न सहयोग पुर्‍याएको र आगामी दिनमा जिल्लाका थप सामुदायिक विद्यालयमा विस्तार गर्नुपर्ने बताए ।

यस्तै, मङ्गलबारनै जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापा, जनप्रतिनिधि, पत्रकारलगायतले पढ्नको लागि कोठाद्वारा सञ्चालित अन्य त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमामा छुट्टाछुट्टै बालिका शिक्षा र साक्षरता कार्यक्रमको अनुगमन गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख बोगटीले साक्षरता कार्यक्रमलाई विस्तार गर्नका लागि आफु समन्वयका लागि तयार रहेको र स्थानीय सरकारबाट पनि पहल गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले आगमी दिनमा नगरभित्रका सामुदायिक विद्यालयमा उक्त कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्नका लागि प्रतिबद्ध रहेको बताईन् ।

कार्यक्रममा पढ्नका लागि कोठाका जिल्ला कार्यक्रम संयोजक राधाकृष्ण हुमागाईंले नुवाकोट जिल्लामा सञ्चालित जीवनउपयोगी सीप शिक्षा कार्यक्रमको बारेमा जानकारी एवं उपलब्धी, चुनौती र आगामी योजनाका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला तथा स्थानीय सरोकारवालाहरुले रुम टु रिडको सहयोग र पढ्नको लागि कोठाको प्राविधिक सहयोगले नै विद्यार्थीहरुको सिकाईकामा सकारात्मक परिवर्तन सुरु भएको र अनुगमनको लागि मात्र अनुगमन नभई समय सापेक्ष शैक्षिक सुधारका कार्यक्रम र जिवनपयोगी शिक्षाको खाँचो रहेको बताएका थिए ।

टोलीले विद्यालय–विद्यालयमा पुगेर विद्यालयको भौतिक अवस्था, शैक्षिक अवस्था तथा जनशक्ति, विद्यार्थी संख्या, विद्यार्थीको नियमितता, विद्यालय खाजाका साथै विद्यालयले गरिरहेका शैक्षिक अभ्यासहरुबारे शिक्षक तथा प्रधानाध्यापकसँग प्रश्नोत्तर गर्ने गरेका छन् । 

संस्थाले नुवाकोट जिल्लाको १० स्थानीय तहका एकसय ४६ विद्यालयमा बालिका शिक्षा र साक्षरता कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top