sujim bazar advert

‘मल्टिपल डेस्क’को प्रिमियम भर्सन सार्वजनिक

डबली खबर     कार्तिक २०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

MultipleDesk
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२० कात्तिक, काठमाडौं । रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इङ्कले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । 

अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इङ्कका प्रमुख कार्यकारी अधिकृत अपार थेबेले बताए । निःशुल्क पनि चलाउन सकिने मल्टिपल डेस्क यदि प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए शुल्क तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सकिने उनले बताए ।

सफ्टवेयरको निःशुल्क भर्सनमा सिंगल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, AES-256 इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् । तर तपाईलाई यी सुविधाले पुग्दैन् भने प्रिमियम भर्सन लिन सक्नुहुन्छ ।

प्रिमियम भर्सन पनि बिजनेस र कर्पोरेट गरी दुई वटा छन् । साना तथा मध्यम व्यवसायका लागि ‘बिजनेस भर्सन’ र ठूला ठूला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ छ ।

बिजनेस भर्सनको शुल्क मासिक ६५० रूपैयाँ छ । यसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् ।

यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रूपैयाँ तोकिएको छ । निःशुल्क र बिजनेस भर्सनका सुविधा बाहेक अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा छन् । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ ।

मल्टिपल डेस्कको आधिकारिक वेबसाईट वा प्रत्यक्ष विस्तृतमा जान्न चाहनुहुन्छ भने नास आईटी एक्सपो २०२५ भिजिट गर्न सक्नु हुनेछ ।

यही शुक्रबार र शनिबार ललितपुरस्थित सानेपाको हेरिटेज गार्डेनमा हुने नास आईटी एक्सपोमा जुनेली इंक समेत सहभागी हुँदैछ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top